Skip to main content

Posts

लामखुट्टे साँढे छोडौं!!!

Photo: Gates Note - World Mosquito Day विश्वभर लामखुट्टेको टोकाईबाट अन्य कुनै कारणले भन्दा पनि बढी बर्षेनी मानिसको अकाल मृत्यु हुने कुरा बिश्व स्थास्थ संगठनको ठहर छ। यो तरिकाले हिसाब गर्दा परापूर्वकाल देखि हाल सम्म लामखुट्टेको टोकाईबाट मानिसको अकाल मृत्यु हुनुमा प्रमुख दोषी लामखुट्टे हुनआउँछ। लडाई र अन्य रोग भन्दा पनि मानिसलाई युगै युग दुःख दिने पुरानो रोग मलेरियाले धेरैको परिवार सुन्य बनाएको हुनुपर्छ। मलेरियाको उन्मूलन भएबाट यसले दक्षिण अमेरिकन क्षेत्रतिर जिका र एशियन देशहरुमा डेन्गुको रुपमा म्यूउटेसन रोग फैलाएको छ। अफ्रिकामा धेरै तर युरोपियन देशहरुमा थोरै भएपनि जिका र डेन्गु दुबै रोगले धेरैथोरै सताएको छ। यसरी ति रोगका किटाणु मानसिले प्रयोग गरेका औषधीको कारण म्यूउटेसन भई फैलाउने माध्यम भनेकै लामखुट्टे हुन। बिश्व स्वास्थ संगठनको खोज अनुसार संसारभर बर्षेनी मानिस धेरै डराउने जनावर बाँघ, सार्क तथा क्यान्सर रोगले भन्दा पनि धेरै बढी मानिसको मृत्यु लामखुट्टेको टोकाईबाट लाग्ने रोगले हुनेगर्छ। केही बर्ष यता बायोलोजिकल जिनलाई परवर्तन गरेर होस या स्वस्थ्य अङ्गको सेललाई बढाएर होस...

आमा, म जापान जाँदैछु

तिम्रो सपना पूरा गर्ने मेरो बर्षौ देखिको अपुरो/अधुरो सपना पूरा गर्नलाई। तिम्रा फुटेका कुर्कुचामा मल्हम अनि बाको दमको औषधी छर्नलाई। भाइ बहिनीका सुन्दर सपनाहरु चैत वैशाखमा फुल्ने लालीगुराँसझैँ ढकमक्क फुलाउनलाई। म आफूलाई आफैसँग सपनाको एकादेश लाँदैछु । आमा , म जापान जाँदैछु   । मलाई थाहा छ आमा। गरिबीको रापमा उभिएर पनि । वीर बलभद्र , भक्ति थापा र ती बुढा अमरसिंह थापाले पानीसमेत नखाई प्याकप्याक भई । भोक्कै तिर्खै आफ्नो शरीर। घर , श्रीमती , बाआमासम्म नभनी। आफ्नो अन्तिम एकमुठी श्वास रहेसम्म। धर्तीबाट एक मुठी माटो हातमा लिएर। रगत पसिना चुहाई गुलेलीको भरमा नालापानीको युद्ध लडेर। अंग्रेजसँग स्वतन्त्र भई ल्याएको मेरो देशको स्वाभिमान र बिरता आज। कठै ! बहत्तर सालको भुइँचालोसँगै, गल्र्याम गुर्लुम लडेको देख्दा पनि मुकदर्शक बनेर तिनैको सन्तती म फेरि आज। गुलाम बनी परिस्थितीको दासी हुँदै , पासपोर्टमा भिसा लाउँदैछु । आमा , म जापान जाँदैछु । म सानो छँदा। बाले सदरमुकामबाट नूनको भारीसँगै ल्याउनु भएको रेडियोले । आज एकाबिहानै यही समाचार फुक्दै गर्दा। रे...

जापानको बोनेनकाई तथा नोमिकाईले बिकास गरेको नोमिनिकेसन कल्चर र सडकबाँस

Yahoo News 写真:アフロ जापानीजहरु झट्ट संगत गर्दा होस् वा पाहुनालाई स्वागत गर्दाको समय होस; कलात्मक रुपमा निकै सभ्य तरिकाले पेश हुने गर्दछन्। तर यो पाटो भनेको तालिम प्राप्त ब्यवसायिक पक्ष हो जसलाई “ओमोतेनासी ( おもてなし :Hospitality) ” पनि भनिन्छ। अन्य मुलुकमा जस्तै जब २० बर्ष उमेर पुगेर सेजिनशिकी गरिन्छ, त्यसपछि बयस्क सरह जिम्मेवारी सहित खानपिन र उठबस देखि लिएर कानूनी रुपमा सबल भएको ठहरिन्छ। भनिन्छ सकारात्मक कुराहरु गर्न र सिक्न निकै मिहेनत गर्नुपर्छ जबकी नकारात्मक बानी-ब्यहोराहरु देखासेखीबाटै शुरु गरी लतमा परिणत हुन्छ। धेरैले पहिले लुकी लुकी खाने गरेका जाँडरक्सी चुरोट पनि २० बर्ष उमेर पुगेपछि खुलेआम अभिभावकले थाहा पाउँने गरी खाने गर्छन्। कानुनी रुपमा चुरोट तथा मादकपदार्थ आफैले किनमेल गरेर उपभोग गर्न जोकोही स्वतन्त्र हुन्छन्। नेपाली तथा एसियन मंगोलियन आदिवासीहरुले जस्तै धेरै जसो प्राकृतिक पूजारी रहेका जापानीजहरुको आधारभूत बिश्वास पुर्खाहरुलाई देवीदेवताको रुपमा पूजा गरिने “जिनज्या ( 神社 :Shinto Shrine )” मा अडेको हुन्छ। त्यसपछि धार्मिक रुपमा भित्रि आत्मालाई शुद्धपार्न होस वा मर्दापर्द...

बिश्व लैंगिक समानताको सूचांङ्क २०२० मा नेपाल १०१औं स्थानमा

Mind the 100 Year Gap भन्ने मुल नाराका साथ  वर्ल्ड इकोनोमिक फोरमले जारी गरेको The Global Gender Gap Index Ranking 2020 (बिश्व लैंगिक समानताको सूचांङ्क २०२०) रिपोर्ट अनुसार नेपालमा महिलाको स्थान १०१औं मा परेको छ। सूचक स्तर हिसाब गर्दा अपनाइने मुख्य चार गतिबिधिहरु मध्ये नेपालका महिलाको स्थान आर्थिक गतिबिधि सम्बन्धि अवसरमा १०१ , शैक्षित सफलतामा १३३ , राजनीतिक शसक्तिकरणमा ५९ र स्वास्थ्य तथा बचाउँमा १३१ रहेको छ। बिश्वको १५० भन्दा बढी सूचित देशहरु मध्ये १०१औं स्थानमा आइपुग्दा नेपालमा महिलाहरुको औसत सहभागिताको सूचांङ्क 0.680 अंक देखिएको छ जो बिश्वको औसत सूचांङ्क ६९% (0.690) अंकसंग मिल्दोजुल्दो छ। यो तथ्यले के बुझाउँछ भने नेपाल अविकसित मुलुक भएतापनि करिब ३२% प्रतिशत जति लैंगिक भेदभाव बिधमान रहेको छ जसमा महिलाहरु पिडित रहेका छन्। बिश्वको आर्थिक गतिबिधि सम्बन्धि अवसरमा महिलाको सहभागिता ५८% (0.580) अंकले पाइएकोमा नेपालमा भने १०१औं स्थानमा रहेर 0.632 अंकले सहभागिता जनाएको देखिएको छ जुन बिश्वब्यापी औसत भन्दा केही राम्रो देखिन्छ। नेपालमा अझपनि करिब ३७% को हाराहारीमा आर्थिक गतिबिधि सम्ब...

जापानमा चालकले मोबाइलफोन प्रयोग नियम उल्लङ्घन गरेमा साविक दण्ड सजाय भन्दा तीन गुणा बढी हुने

हालसालैको सडक यातयात घटनाक्रमलाई समेटर नयाँ सडक ट्राफिक नियम जारी गरिदैछ। यो नियम सन् 2019 डिसेम्बर 1 तारिक देखि लागूहुने कुरा नेशनल पुलिस एजेन्सीले सर्वसाधरणको सूचनाको लागि सार्वजनिक गरेको छ। खास गरीकन ड्राइभिंग गर्दा बढ्दो मोबाईल तथा नाभिगेसन, टिभि आदि प्रोटेबल डिभाइसको जताभावि प्रयोगले गर्दा बढी रहेको दुर्घटनाले धेरैको जिउधन नोक्सान गरेको तथ्यलाई बिचार गरेर ड्राईभरको ध्यान सडक ड्राभिंगतर्फ एकत्रित गर्न बनेको पुरानो नियमलाई अझ शसक्त कडा र ब्यवहारिक बनाईएको छ। पुरानो नियममा नियम उल्लङ्घन वापत ब्यवस्था भएको हलुको सजाय र सामान्य जरिवानालाई बढाएर ठूला ट्रक बस, साधरण कार, मोटरसाइकल, गेन्चुकी बाइक बर्गीकरण गरी नियम उल्लङ्घन को मूल्यांकन अनुसार सजाय तथा जरिवाना लागू गरिने भएकोछ। दुर्घटना हुने खतरा भएमाः नयाँ नियमानुसार यदि गाडी चलाई रहेको समय मोबाईल फोन या यस किसिमको डिभाईसको लापरवाहीपूर्ण प्रयोगले गर्दा सडकमा खतरा उत्पन्न हुने अवस्था देखिएमा वा दुर्घटना भएमा नियम उल्लङ्घन गर्ने चालकलाई १ बर्ष सम्म जेल सजाय वा ३० मान सम्म जरिवाना लाग्नेछ वा दुबै दण्ड हुनेछ।   यो सजाय पाउँने...

क्योटो शिष्टाचार नियम (Kyoto Etiquette)

Photos: Kyoto City '&  Kyototourism.org कुनै पनि देशको भ्रमण गर्न अघि आफ्नो गन्तब्य र काम अनुसार त्यहाँको जानकारी राख्नु अति आवश्यक हुन्छ। यस बारे पूर्व तयारी रहन सकिएन भने "कुकुरले नपाउँने दुःख पाइन्छ" भने झै स्थिति पैदा हुन बेर छैन। अझ जापानको कुरा गर्दा नेपालीपनसंग केही कुरा मिल्ला जस्तो देखिए पनि धेरै कुरामा अपत्यारीलो ढंगले फरक छ। नेपालमा धेरै जसो बहुभाषिक भएर पनि बहुरुपी अनुहारले मात्र होइन, धेरै ठाउँ एवं जातजाति अनुसार चालचलनको स्तरियतामा खाँचो छ त त्यसमा एक रुपता पनि छैन। तसर्थ जापान आउँन अघि यहाँको आधारभूत जानकारी लिएर पूर्व तयारी अपनाउँन सके,  बिना झंझट आफ्नो सभ्यताको प्रकट गर्न सकिन्छ। आफ्नो सानातिना गल्तिले अन्य ब्यक्तिलाई हुन सक्ने दुःख र त्यसबाट उत्पन्न हुन सक्ने ट्रबुलबाट बच्च यि शिष्टाचार/म्यानरलाई पालना गर्नै पर्छ। धेरै बिदेशी पाहुनाहरु बढी भ्रमण हुने जापानको पुरानो राजधानी क्योटोसिटीले यस बारे केही आधारभूत शिष्टाचार तथा म्यानरको नियम उल्लेख गरेर बनाएको शब्द चित्र (Info-graphic) यहाँ देखाइएको छ।  यस पोस्टरमा जापानीज ...

Visit Nepal 2020

Visit Nepal 2020 Official Site


Top