Skip to main content

Posts

Showing posts with the label sahitya

लघुकथा: संवेदनशील मुद्दा

पिपलबोटे कान्छीले बरबोटे साइली विरूद्द गाउँमा उजुरी गरी । गाउँभरीका मान्छेहरू सयौंको संख्यामा भेला भए । पिपल बोटे कान्छीको आरोप बरबोटे साइलीलाई यस्तो थियो -'सामान्य भनाभन भइरहेको थियो । एक्कासी बरबोटे साइलीले पेटिकोट सारेर मलाई उसको गुप्तांग देखाइदिई । बरोबोटे साइलीलाई सजाएँ होस् । न्याए नपाएसम्म म यसलाई त्यसै छोड्ने छैन ।' यसरी ऊ चर्कि चर्कि न्याए माग्न थाली । गाउँलेहरू अचम्ममा परे । ऊनिहरू एक अर्कामा मुखामुख गर्न थाले । अरू वेलाको जस्तै समाज पक्ष विपक्षमा विभाजित भयो । पिपलबोटे कान्छी पक्षकाले बरबोटे साइलीलाई दन्ड गर्नै पर्ने भनेर ठूल्ठूलो आवाजमा बहस गर्न थालेपछि बरबोटे साइली पक्षकाले भने - अरूलाई त्यसै आरोप लगाउन पाइन्छ ? कसरी देखाउँछे बरबोटे साइलीले आफ्नो गुप्तांग आफै ? लाज लाग्दैन त्यसो गर्न ? नहुने कुरा गर्नुहुन्छ ? तपाई देखाउन सक्नुहुन्छ ? कसरी देखाइ ल भन्नुहोस् त ? कसरी देखाई ? विपक्षीले कसरी देखाई कि कसरी देखाई भने पछि पिपलबोटे कान्छीको रिसले पारो तातेर आयो । अब कसरी देखाई भन्नु ? एकछिन संकोच मानी तर विपक्षीले कसरी देखाई भनेर निरन्तर प्रश्न गरिरहे पछि ऊसको दिम...

मुसा र घरधनीको कथा

एउटा मुसा किसानको घरमा दुलो बनाएर बसेको रहेछ । एकदिन मुसाले देखेछ कि किसान र उसको पत्निले झोलाबाट केही निकालीरहेको छ , मुसाले सोचेछ केही खानेकुराको सामान होला ।  उत्सुकतावस नियाल्दा खेरी उसले देख्यो कि त्यो एउटा मुसा मार्ने मुसादानी रहेछ । खतराको महसुस गरेर उसले पछाडी गएर परेवालाई बतायो कि घरमा मुसा मार्ने मेसिन  आइसकेसकेको छ । ... परेवाले मजाक उडाउदै भनेछ कि मलाई के को टेन्सन ? म थोरै न त्यसमा फस्छु । निराश मुसाले यो कुरा भालेलाई बतायो ।  भालेले खिल्ली उडाउदै भनेछ , जा ! भाइ यो मेरो समस्या होइन ।  फेरि हतास मुसाले गोठ मा गएर खसीलाई गएर यो कुरा बताएछ । र खसी पनि हाँस्दै खिल्ली उडाउन थालेछ ,  त्यही रातमा मुसा मार्ने त्यो मेसिनमा खटक खटक आवाज आयो । जसमा एउटा विषालु सर्प फसेको रहेछ । अँध्यारोमा मुसा सम्झेर त्यसको पुच्छरलाई किसानको पत्निले निकाल्दा सर्पले उनलाई डस्न पुगेछ । स्वास्थ्य खराब भएपछी किसानले वैधलाई बोलाए , वैधले उनलाई परेवाको सुप पिलाउनको लागि सल्लाह दिए ।  परेवा अब भाँडामा उम्लिरहेको थियो । खबर सुनेर किसानको कयौ नातेदारहरु पनि भेट्न भनी आए । ...

केरा र कोलाको जम्काभेट

हिजोआज मेरो फुच्चे छोरो मासारु पाँच नाघेर छ बर्षमा टेकेकाले होला उ पहिला भन्दा धेरै नयाँ कुराहरु सिक्न र गर्न आफै पनि उत्सुक देखिन्छ। तर केटाकेटीको एक किसिमको आफू भन्दा ठूलाको चञ्चली खेलौंना बनेर खेलौंनासंगै रमाऊँ भन्ने निष्कपट चाल बिचार धेरै कुराहरुमा प्रतिबिम्वित हुन्छ। कहिलेकाही जापानीज भाषाबाट “कोला” भनेर उसको हलुको ख्यालठट्याँईलाई यहाँका अभिभावकले झै शतर्क गराउने बानी मलाई पनि लाग्न थालेको छ। उसो त म पूर्वी नेपालमा हुर्केबढेको मान्छे, यो कोला शब्दसंग निकै सानो देखि परिचित नै थिए। पूर्वी नेपाल र उत्तर-पूर्व भारतमा बसोवास गर्ने नेपाली भाषिक समाजमा कोलाले थम्मा नै गाडेर बगैंचा पनि बनाएको छ। अब कुरोको चुरो “केरा” शब्द ति समाजमा बिस्थापित हुन बाँध्य भएको छ। “ के यि कोला र केरा शब्दहरु विच आन्तरीक द्धन्दको कारणले एकले अर्कालाई आफ्नै बोक्राको छिल्कोले चिप्ल्याए जस्तै भएको त होइन ?” – भन्ने कौंतुहल जो कोहीलाई लाग्नु स्वभाविक छ। भर्खरै भारत गारुहिलबाट हात्ती र साथीको थिचोमिचोले आफैले आर्जेको उर्वराशिलभूमी, घरजग्घा आदि च्वाट्टै छाडेर पुर्ख्यौंली थलो नेपाल प्रवेश गर्न बाँध्य भएको के...


Top