नेपालमा पनि युवा यूवती बयस्क समारोह एक राष्ट्रिय दिवस हुनुपर्छ। युवा यूवती भनेका देशको सूर्य , तारा , जुन , दियो , बत्ती आदि प्रकाश दिने जस्तै मात्र नभएर हिरामोती पनि हुन। उनीहरु देशका भविष्यका कर्णधार दाजु दिदी, आमा बुबा, हजूरबा हजूरआमा सबै हुन। डाक्टर हुन, इन्जिनियर हुन, कालिगढ हुन, नेता हुन, प्रधानमन्त्रि एवं राष्ट्रपति पनि हुन। यो कुरा धेरैले बुझेसुझेका छन्। तर बुझेर पनि नबुझे झैं गर्ने, देखेर पनि नदेखे झैं गर्ने, सुनेर पनि नसुने झैं गर्ने देशका जिम्मेवार अधिकारीहरु, नेतृत्वबर्ग र सरकार मानौं यिनीहरु निक्को स्राइनका तीन बुद्धिमानी बाँदरहरु मिजारु , किकाजारु, युवाजारु हुन जसले आफ्नो फाइदाको लागि उल्टो हर्कत देखाउँछ। देश बिदेश लगायत जापानमा बर्षेनी क्यालेण्डरमा सार्वजनिक रुपमा बयस्क समारोह उल्लेख गरेर देश , प्रदेश , सीटी , गाउँघर सबै तहमा २० बर्ष पुगेका नव युवा यूवतीहरुलाई सही मार्गदर्शन दिन “युवायूवती बयस्क दिवस” आयोजना गर्ने गरिन्छ। यसलाई अंग्रेजीमा Coming of Age Day र जापानीमा 成人の日 (सेइजिन नो हि) पनि भनिन्छ। यसरी सिंगो राष्ट्रले उर्जाशील उमेरका नव...