हिजोआज मेरो फुच्चे छोरो मासारु पाँच नाघेर छ बर्षमा टेकेकाले होला उ पहिला भन्दा धेरै नयाँ कुराहरु सिक्न र गर्न आफै पनि उत्सुक देखिन्छ। तर केटाकेटीको एक किसिमको आफू भन्दा ठूलाको चञ्चली खेलौंना बनेर खेलौंनासंगै रमाऊँ भन्ने निष्कपट चाल बिचार धेरै कुराहरुमा प्रतिबिम्वित हुन्छ। कहिलेकाही जापानीज भाषाबाट “कोला” भनेर उसको हलुको ख्यालठट्याँईलाई यहाँका अभिभावकले झै शतर्क गराउने बानी मलाई पनि लाग्न थालेको छ। उसो त म पूर्वी नेपालमा हुर्केबढेको मान्छे, यो कोला शब्दसंग निकै सानो देखि परिचित नै थिए। पूर्वी नेपाल र उत्तर-पूर्व भारतमा बसोवास गर्ने नेपाली भाषिक समाजमा कोलाले थम्मा नै गाडेर बगैंचा पनि बनाएको छ। अब कुरोको चुरो “केरा” शब्द ति समाजमा बिस्थापित हुन बाँध्य भएको छ। “ के यि कोला र केरा शब्दहरु विच आन्तरीक द्धन्दको कारणले एकले अर्कालाई आफ्नै बोक्राको छिल्कोले चिप्ल्याए जस्तै भएको त होइन ?” – भन्ने कौंतुहल जो कोहीलाई लाग्नु स्वभाविक छ। भर्खरै भारत गारुहिलबाट हात्ती र साथीको थिचोमिचोले आफैले आर्जेको उर्वराशिलभूमी, घरजग्घा आदि च्वाट्टै छाडेर पुर्ख्यौंली थलो नेपाल प्रवेश गर्न बाँध्य भएको के...