खाएर दिसाव पिसाव सही ढंगले बिसर्जन गर्ननसक्दा क्षणिक दु:ख पाइन्छ तर प्रयोग गरिने सामानहरुबाट निस्कने फोहर मैलालाई सही ढंगले टूंगो नलगाए विभिन्न रुपले लामो समय सम्म दु:ख दिने गर्दछ । त्यसैले यो दुईवटै आधारभूत कुराहरुलाई समाजले नैतिकताको दृष्ट्रिकोणले पनि मान्यता दिन सक्नु पर्छ ।
संक्षिप्त शब्दमा भन्नु पर्दा सड्क दुर्घटना कम गराउँन सम्बन्धित सबैले आ-आफ्नो जिम्मेवारी सुरक्षित ढंगले पालना गर्नुपर्छ।
- ✓ गाडी र बटुवाको चाप अनुसार सडकलाई पूर्व प्राथमिकता दिएर निर्माण गरीएको हुनुपर्छ।
- ✓ सडक र सवारी सम्बन्धी आधारभूत नियम कानूनलाई ब्यबहारीकतामा ल्याउँन प्राथमिक बिद्यालय स्तर देखि शिक्षा दिइनु पर्छ।
- ✓ गाडीको लाइसेन्स दिइने प्रकृयालाई प्रशासनिक झंझट भन्दा ब्यवहारीक ढंगमा रुपान्तर गरीनु आवश्यक छ।
- ✓ सडक मर्मत, रेखदेख र सरसफाईमा स्थानियहरुलाई पनि सहभागी गरीएको हुनुपर्छ।
- ✓ ड्राईवर, गाडी मालिकको हेलच्याक्र्याईपूर्वक हुने दुर्घटनालाई दुरुत्साहित गर्न नियम कानून सहित स्तरीय बिमा रकमको क्षतिपूर्तिलाई अनिवार्य गराईनु पर्छ।
- ✓ डिजिटल नम्बरप्लेट आइडेन्टीफिकेशन सिस्टम र सिसि क्यामेराहरु आवश्यक ठाउँमा जडान गरेर अनियमित सवारीलाई कडा निगरानी गर्न सकिन्छ।
- ✓ सडक बत्ती तथा पुर्व चेतना दिने चिन्हहरु, रिफ्लाक्टर, एङ्गल लुकिङ्ग मिरा आदि आवश्यक ठाउमा जडान गरिनुपर्छ।
Follow us on Facebook
Comments
Post a Comment
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।