Skip to main content

Amazon Flex डेलिभरी

 


सन् 1994 तिर A for First letter and Biggest river Amazon को नामले म्यूउजिक सिडी, अनलाइन किताब पसलबाट शुरु गरेर Get Big Fast रणनीति अनुसार अहिले सम्म Online All in All Supermarket देखि IT Cloud service, Device and appliance maker, Flex Delivery Service आदि सेवा बिस्तार गर्दै एक दशक अघि देखि “आमाजोन” बिश्वमा ग्राहकमुखि सेवा एवं रोजगार प्रदायक एक प्रमुख कम्पनी बनिसकेको छ।

 

Flex शब्द Flexible को छोटो रुप हो जसको मतलब आफुलाई “पायक हुने गरी” भनेर बुझिन्छ। डेलिभरी ड्राईभरले आफ्नो समयानुकुल डेलिभरी एरिया “ब्लक साइज” र डेलिभरी समय छनौट गरी डेलिभरी सेवा दिन सक्नेछ।  केही बर्ष पहिले अमेरिका तथा यूरोपमा शुरु भएको फ्लेक्स डेलिभरी सेवा आमाजोन बिजनेसको परिपुरक भएर जापानका ठूला शहरुमा पनि बिस्तार हुने क्रम जारी छ। यो सेवा शुरु हुन अघि यामाटो, सागावा, जापानपोस्ट आदि माध्यमद्धारा कस्टमरको अर्डर डेलिभरी गर्दै आएको आमाजोन जापानले सेवालाई आफ्नै बिजनेस इन्टाइटी भित्र राखेर ग्राहकलाई छिटो, सस्तो, भरपर्दो ढंगले अर्डर डेलिभरी गर्ने रणनीति अबलम्बन गर्दै  कस्टमर अब्सेसन बिजनेस वनरसिप (customer obsession business ownership) बिस्तार गर्दै आएको छ। वास्तवमा Amazon Flex डेलिभरी सानोतिनो ब्यवसायीको लागि खालि समय सदुपयोग गरेर दोहोरो आर्जन गर्ने अवसरको रुपमा पनि लिन सकिन्छ।

Amazon Flex Delivery Driver भनेको के हो?

Reserve block (ब्लक रुट रिजर्भ गर्ने ) Þ Make Deliveries (सामान डेलिभरी गर्ने) Þ Get paid, enjoy life & repeat (पारिश्रमिक कमाउँने, खुशीसाथ बाँच्ने र कामलाई निरन्तरता दिने)।

Amazon ले Flex Delivery Driver लाई आफ्नो शब्दमा DSP (Delivery Service/Station Partner) भन्ने गर्छन।यो ग्राहकलाई अर्डर डेलिभरी सेवा दिने तर्फको पार्टनरसीप हो भनेर बुझिन्छ जसका लागि आमाजोनले नीजी ब्यबसायीबाट डेलिभरी सेवा लिने गरी “ब्लकसाइज र समय” को आधारमा पारिश्रमिक उपलब्ध गराउँने करार संझौता गर्नेछ।

ग्राहकको कल्पना साकार गर्न सगै मिलेर डेलिभरी गरौं
お客様の想いのため共に配達しましょう!

 

Amazon Flex Delivery शुरु गर्ने ३ स्टेपः

१)       ड्राईभरको लागि चाहिने शर्तहरु रुजु गर्ने

२)       मोबाईलमा डेलिभरी एप डाउनलोड इन्सटल गर्ने

३)       आवश्यक डकुमेन्ट स्क्यान गरी एप मार्फत दर्ता गर्ने

 

Amazon Flex Delivery Driver का लागि के के चाहिन्छ?

१)       जापानीज सामान्य ड्राइभिंग लाइसेन्स,

२)       नीजी ब्यबसायका लागि दर्ता भएको कालो नम्बरप्लेट कार्गो लाइट भ्यान(के कामोचस्या).....*,

३)       हालसालको साक्केनस्यो

४)      आमाजोन डेलिभरी-नाभिगेसन एप चल्नसक्ने इन्टरनेट जोडिएको स्मार्टफोन

५)      नीजी ब्यबसाय गर्न सकिने इजजात भिसा (जाईरियू सिकाकुः बिदेशीको हकमा)

६)       बैंक खाता

७)      सामान्य जापानीज बिजनेस भाषागत ज्ञान

केही समय देखि जापानमा पनि ब्यवसायिक रुपमा दर्ता भएका कार्गो लाइट भ्यान बाहेकका लाइट भ्यान वा के जिधोस्या प्रयोग गरी डेलिभरी दिन सकिने भन्ने सूचना सार्वजनिक भएपनि आमाजोन डेलिभरी स्टेशन अनुसार उपलब्ध नहुन पनि सक्छ। बिदेशीको हकमा नीजी ब्यबसाय गर्ने इजजात पाएको भिसा हुन जरुरी छ। यस बाहेक सामान्य जापानीज भाषा लेखपढ गर्न सक्ने तथा लोकल म्याप नाभिगेसन बारे ज्ञान भएको, बढीमा २० किलो वजन भएको प्याकेज सार्न सक्ने तथा छिटो हिड्न सक्ने ब्यक्तिका लागि यो ब्यवसाय उत्तम हुनेछ।मोबाईलको हकमा iPhone भए iOS 15 भन्दा माथि Android 7.0 भन्दा माथि 2 GB RAM माथि, GPS, Internet, Bluetooth, iOS Car Play or Android Auto बिशेषता भएको हुनुपर्छ। यि बिशेषता भएको मोबाईल प्रयोग गरेमा डेलिभरी नाभिगेसन, फोनकल, डेलिभरी मेसेजींगका लागि सहयोग पुग्नेछ। बिधमान भिसा भित्र रहेर अन्यकाम गर्न बन्देज भएकाले就労資格証明書 (स्युउरोउ सिकाकु स्योमेस्योः वर्क परमिट सर्टिफिकेट)लिन आवश्यक छ जसका लागि आवेदन दिन यहाँ जान सक्नुहुनेछ। https://www.moj.go.jp/isa/applications/procedures/16-9.html

 

जापानीज भाषाको लेभेल कति हुनुपर्छ?
जापानीज भाषा र अंग्रेजी प्रस्ट नजान्ने साउथ अमेरिकन, चाइनीज, बंगाली, भियतनामी आदिले पनि फ्लेक्स डेलिभरी बिजनेस गर्दैछन्। फ्लेक्स स्मार्टफोन सिस्टमले अटोमेटीक नाभिगेसन गर्ने भएको र सो एप्लिकेसन धेरै जसो विश्वका मुख्य भाषाहरुमा समेत उपलब्ध हुनुले खान्जी नजान्नेले समेत जापानमा डेलिभरी सर्भिस गर्दैआएका हुन।  जति राम्रो जापानीज भाषा जान्न सक्यो त्यसको फाइदा ड्राईभर आफैलाई हुनेकुरामा भने कुनै शंका छैन। तर पनि डेलिभरीको लागि अति आवश्यक जापानीज भाषा लेखपढ, बिजनेस लेबेलको बोलचाल भए उत्तम ठहरिने छ।

 

जापानमा आफुलाई पायक पर्ने आमाजोन डेलिभरी स्टेशन कसरी पत्ता लगाउँने?

जापानमा पनि फ्लेक्स डेलिभरी सेवा बिस्तार क्रम जारी भएको हुनाले बर्षेनी डेलिभरी स्टेशनको संख्या बढ्दो छ। अहिले सम्ममा जापानका धेरै जसो मेजर सिटी भित्र आमाजोनले ग्राहक अर्डर फ्लेक्स डेलिभरी मार्फत पुर्याउँन थालिसकेको छ। आमाजोन फ्लेक्स एप डाउनलोड इन्सटल गरेपछि प्रिफरेन्समा गएर आफु नजिकको आमाजोन डेलिभरी सर्भिस स्टेशन खोज्न सकिन्छ।  अहिले सम्म जापानमा कुन कुन ठाउँमा यो काम उपलब्ध छ भनि मोटामोटी थाहा पाउँन यो https://flex.amazon.co.jp/recruiting-cities  लिंकमा जानुहोला।

 

घण्टा र महिनामा कति कमाई हुन्छ?

सरदर घण्टामा १,९०० भन्दा बढी कमाई हुने कुरा अनुभवी ड्राइभर बताउँने गर्छन्। प्रति दिन प्याकेज संख्या, डेलिभरी लोकेसन, वजन साइज फरक हुन सक्ने भएको हुनाले ८ घण्टाको ब्लकसाइज भएपनि ६ घण्टा भित्रै डेलिभरी गर्न सकिने उदाहरण मनेग्गे छ। महिनामा धेरै पटक डेलिभरी गर्ने अनुभवी विश्वास भएका ड्राईभरलाई पालैपालो रेस्क्यू मिसनमा राखि थोरै काम गराएर वा आधा दिन रिजर्भमा राखि पुरा दिनको भुक्तान पनि पाउँन सक्नेछ।सरदर दैनिक ८ घण्टा  महिनामा २२ दिन मात्र डेलिभरी गरे ४० मान येन भन्दा बढी कमाउँन सकिने आमाजोनले जानकारी दिने गरेतापनि समयानुसार ब्लकको साइज थपघट अनुसार आर्जन बढ्न वा घट्न भने सक्नेछ।

 

कसरी कस्टमरको सामान डेलिभरी गरिन्छ?
आमाजोनले फ्लेक्स मार्फत सामानको अर्डर डेलिभरी गर्न
Amazon Flex App बिकास गरेको छ। Amazon server & AI Navigation system बाट संचालन हुने यो एप आईफोन तथा एण्ड्रोइड दुबै भर्सनमा उपलब्ध  छ। फ्लेक्स ड्राईभरले यो एप मार्फत शुरुमा कोजिन जिग्यो बारे ब्यक्तिगत बिबरण दर्ता गर्ने देखि प्रत्येक पटक रुट डेलिभरी गर्दा आवश्यक पर्ने अन्तिम सम्मको सबै एक्सन कार्य एप मार्फत गर्नुपर्छ।  केही डेलिभरी सेन्टरको लागि छाडेर यो एप डेभलपर भर्सनमा उपलब्ध हुने भएको हुँदा डाउनलोड इन्सटल गर्दा विशेष ध्यान भने दिनुपर्छ। विचारणिय कुरो, समयानुसार “डेलिभरी फ्लेक्स एप” अपडेट हुनेहुँदा डेलिभरी गर्ने तरिकामा केही फरक पर्नसक्ने छ। डेलिभरी एप मार्फत गर्न सकिने डेलिभरी एक्सन बारे क्रमानुसार यहाँ उल्लेख गरेकोछु।

१)       आफ्नो कन्भेनियन्स अनुसार रुट प्रिफरेन्स सेटींग गर्ने,

२)       उपलब्ध रुट रिभ्यू हेरेर सो मध्येबाट छनौट गर्ने,

३)       छनौट गरेको रुटबारे पूर्वजानकारी लिने (रजिस्ट्रेसन शुरु हुने समय, अन्त हुने समय, लाग्ने समय,  पारिश्रमिक आदि)

४)      आफुले लिएको रुट ब्लक डेलिभरी स्टाट समय भन्दा १५ मिनेट अघि स्टेशनमा चेक-इन गर्ने,

५)      प्रत्येक पटक चेक-इन डेलिभरी एटेण्डेन्स रजिष्ट्रेसन गर्ने (Driver license show, Alcohol test, QR Code scanning and reading),  

६)       प्याकेज रिसिब गर्ने (QR Code scanning and reading),

७)      प्याकेज Delivery Route Mapping हेर्ने,

८)      डेलिभरी एप शुरु गरेर Amazon Package Delivery Navigation रुट गाईड अनुसार ड्राईभ गर्ने,

९)       कस्टमरले जानकारी उपलब्ध गराएको ठाउँमा सामान राख्ने,  

१०)   प्याकेज डेलिभरी कमप्लिसनको लागि प्याकेजको (QR Code scanning and reading),

११)    डेलिभरी फोटो रिपोर्टिंग गर्ने

१२)    डेलिभरी हुन सकेन भने कारण छनौट गरी रिपोर्टींग गर्ने  

१३)    डेलिभरी हुन नसकेको प्याकेजमा साइहाइटाच लेवल(再配達ラベル)टाँसी मिति र समय लेख्ने,

१४)   हेण्ड-डेलिभरी निर्देशन भएको घरमा मान्छे उपस्थित नभए फुजाईह्यो (不在票) लेखेर कस्टमरको पोस्टबक्समा राखि जानकारी दिने,

१५)   कस्टमर तथा ड्राईभर सेन्टरसँग आवश्यक संचार गर्ने

१६)    आफ्नो अनुभव तथा केस रिपोर्टिंग गर्ने,  आदि ।

 


डेलिभरी हुन नसकेको प्याकेज के गर्ने?

डेलिभरी हुन नसकेको प्याकेज एपलिकेसन मार्फत लोकेसनबाटै कारण उल्लेख गरी अन्तमा सोहि दिन समय डेलिभरी स्टेशनमा लगेर फिर्ता दिनुपर्छ। यसरी फिर्ता भएको प्याकेजलाई RPS (Return Parcel to station)  र जापानीज भाषामा मोचिमोडरी (もち戻り) भनिने गरिन्छ। लोकेसन डेलिभरीको लागि निर्देशन दिए अनुसार कारण मुनासिब नभएको प्याकेज फिर्ता भएमा कमाईमा कटौती हुन सक्ने छ।

 

गाडीमा लाग्ने खर्च ग्यास, मेन्टिनेन्स, इन्सुरेन्स कसले ब्योहोर्छ?

आमाजोनसँगको करार सेवा संझौतामा उल्लेख भए अनुसार त्यस रुटको ब्लकसाइजमा लाग्ने डेलिभरी समय अनुसार पारिश्रमिक बाहेक अन्य खर्च आमाजोनले प्रत्यक्ष रुपमा ब्योहोर्देन। तर पनि आमाजोनले कस्टमर सेवामा सहयोग पुर्याउँने फ्लेक्स ड्राइभरको अनुहारमा खुशी ल्याउँने राहत छुट कार्यक्रमहरु भने ल्याउँने गरेको छ। डेलिभरी भ्यान लिज सेवा,  ग्यासलिन छुट कार्ड,  मेन्टिनेन्स छुट(स्याकेन, टायरचेन्ज, गाडी कण्डिसनिंग), सहुलियत दरमा कार इन्स्योरेन्स आदि बिशेष सहुलियतदरका सेवा अन्य ब्यबसायीसँग मिलेर प्रदान गर्नेछ।यस बाहेक सेफ्टी तथा सेवालाई भरपर्दो बनाउँने उपकरणको लागि सहयोग पनि दिन सक्नेछ।

 

आमाजोन ड्राइभरको लागि कसरी दर्ता गर्ने?

आमाजोन ड्राइभरको लागि चाहिने कुरा पुरा भएका इच्छुक ब्यक्तिले आमाजोन एप्लिकेसन डाउँनलोड ईन्सटल गर्नुपर्नेछ।यो आमाजोनको ब्यबसायिक एप्लिकेसन भएको हुनाले हालसाल सम्म एपस्टोर वा प्लेस्टोर उपलब्ध हुनसकेको छैन। आमाजोन लिंक https://logistics.amazon.co.jp/app/download-app मा गएर APP APK डाउँनलोड गर्न सकिनेछ। सही तरिकाले डाउँनलोड गरिसकेपछि एप्लिकेसन चलाएर दर्ता प्रक्रिया अघि बढाउँन सकिने छ।पुरानो आमाजोन एकाउन्ट प्रयोग गरेर वा नयाँ  एकाउन्ट साइनअप गरेर दुबै तरिकाले फ्लेक्स डेलिभरी ड्राइभरको लागि दर्ता गर्न सकिने छ।दर्ता गर्दा माथि उल्लेखित आवश्यक डकुमेन्ट पनि स्क्यान कपी गरेर पेश गर्नुपर्ने भएको हुनाले डिजिटल बनाएर राख्न आवश्यक देखिन्छ।


Amazon Flex Delivery Driver बारे पहिलो आधारभूत तालिम

यसलाई आमाजोन फ्लेक्स किहोङ्ग सेचुमेइकाई(Amazon Flex 基本説明会) भनिन्छ। कतिपय अवस्थामा आमाजोनले अनलाइन सेचुमेइकाई गरेर पनि ड्राईभरलाई तालिने दिने गर्छ। भर्खरै डेलिभरी ड्राईभरको लागि दर्ता गरिसकेका नयाँ डेलिभरी पार्टनरलाई सजिलो तरिकाले काम कुरो शुरु गर्न सकुन भनेर यो तालिम दिने गरिन्छ। एक एक जनालाई अघि राखेर चेक-इन गर्ने तरिका, डेलिभरी गर्नु भन्दा अघि र डेलिभरी गर्दा बखत एप चलाउँने तरिका,  नचिताएको भैपरी आएको समय समस्या कसरी हेण्डलिंग गर्ने हो सो बारे छलफल गरिनेछ। यो तालिम गरेका ब्यक्तिले आङ्केत (आफुले बुझेकुराको टेस्ट) भरेमा २- ३ हप्ता भित्र ९ हजार येन शुरुवातको पारिश्रमिक वापत दिइने कुरा सम्बन्धित होमपेजमा उल्लेख छ। यसका लागि आफुले रोजेको एरिया डेलिभरी सेन्टरको पेजमा गएर हेर्नुहोला। https://flex.amazon.co.jp/flex-marketing-lego/flex-marketing-lego/flex-marketing-lego/flex-marketing-lego/delivery-partner-info

 

Amazon Flex Delivery App APK कसरी मोबाईलमा ईन्सटल गर्ने?

१)       स्मार्टफोनको तयारीः iPhone iOS 15 वा सो भन्दा माथि or Android 7.0 वा सो भन्दा माथिका लागि निर्देशित छुट्टाछुट्टै लिंकबाट App APK डाउँनलोड गर्ने,

२)       टाइप URL or scan the QR code: https://logistics.amazon.com/app/download-app बाट एप एपिके डाउनलोड गर्ने or scanning the QR code on Download App page.

३)       Download the Amazon Flex app: माथिको लिंकबाट एप एपिके डाउनलोड गर्दा App APK फरम्याट फायल ईन्सटल गर्ने? भनि मोबाईलमा प्रोम्ट हुनेछ ok गर्ने।

४)      Download कन्मफर्म गर्नेः  यो एपिके फायल गुगलफ्लेस्टोर वा एप्पल एपस्टोरको नेटिभ एप नभएको हुनाले Download anyway गर्ने।

५)      Allow installation of unknown apps: यो फायल ईन्सटल गर्न फोनसेटको सिस्टमबाट बिशेष अनुमति लिनुपर्ने भएकोले Settings > Biometrics and Security > Install unknown apps ok गर्ने।

 

Pro Driver (Green vest) को काम के हो?
अनुभवी फ्लेक्स ड्राइभरबाट अरु ड्राईभरलाई तालिम तथा निर्देशन गर्न
Pro Driver (Green vest) नियुक्त गरिएको हुन्छ। यिनले फ्लेक्स ड्राईभरलाई डेलिभरी सम्बन्धी समस्या बारे जानकारी दिने देखि कुन ब्यक्तिले कसरी डेलिभरी गरी रहेको छ भनि रुट म्यापिंग लाईभ हेर्ने र निर्देशन दिने काम पनि गर्नेछ। गाडीमा अट्न नसकेको प्याकेज समय र निर्देशनको आधार कुन लिने कुन नलिने (क्यूब आउट) गर्ने बारे पनि यिनले सहयोग गर्नेछ।यिसँग आफुलाई परेको अप्ठ्यारो बारे प्रत्यक्ष रुपमा छलफल गर्न सकिनेछ। Pro Driver ले ड्राईभरका सबै समस्याहरु सम्बन्धित आमाजोन मेनेजर समक्ष पेश गर्नेछ। वास्तवमा प्रोड्राइभरले फ्लेक्स ड्राइभरको लागि लिडरसीको काम गर्नेछ।


फ्लेक्स डेलिभरी गर्दा ध्यान दिनुपर्ने कुराहरुः

१)       एपमा प्याकेज रिसिभ गर्ने ठाउँ डेलिभरी स्टेशन सेट गर्ने,

२)       कुन दिन, समय, ब्लकसाइज डेलिभरी गर्ने हो सेट गरी राख्ने,

३)       केही घण्टा अघि (स्टेसन अनुसार बुझ्न जरुरी) सेट गरे अनुसार एप डेलिभरी अफर चेक गरी कन्मफर्म गर्ने।

४)      कन्मफर्म रुट एपमा चेक गरी डेलिभरीको लागि तयार हुने,

५)      डेलिभरी चेकइन टाइम भन्दा १५ मिनेट अघि नै स्टेशन पुग्ने,

६)       खटिएका फ्लेक्स मार्शल (गाइड) को निर्देशन अनुसार रुट भएको ठाउँमा गाडी पार्क गर्ने।

७)      प्रत्येक पटक ड्राइभर लाईसेन्स चेक, अल्कोहल टेस्ट गरीसकेपछि रुट स्लिप लिने।

८)      रुट स्लिप पाइसकेपछि डिस्प्याच रोलबक्स भित्र भएको ब्यागको QR Code, Flex Delivery app  ले scan गरी रिसिब गर्ने र Over प्याकेज एक एक गरी स्क्यान गरी गाडीमा राख्ने।

९)       यसरी प्याकेज स्क्यान गर्दा स्मार्टफोनमा डेलिभरी गर्नको लागि नाभिगेसन म्यापमा स्थान तथा नम्बर देखिने छ, जसलाई सानो मेमो गरी टाँस्ने र नाभिगेसन अर्डर अनुसार गाडी भित्र राखेमा सजिलो हुनेछ।

१०)   गाडी भित्र अट्न नसक्ने प्याकेज डेलिभरी समय प्रायोरिटीको आधारमा क्यूबआउँट गरी छोड्न सकिने छ। यसको लागि खटिएका Pro Driver or Amazon Staff सँग अनुमति लिनुपर्नेछ।यसरी नअटी स्टेसनमा छाडिएको सामानको डेलिभरी नम्बर नोट गरी राखे सजिलो हुनेछ।

११)    डेलिभरी स्टार्ट गरीसक्दा नाभिगेसनले नम्बर अर्डर अनुसारको घर ठेगानामा लैजानेछ।। त्यस प्याकेजको ठेगाना आफैले नपढे पनि आमा नाभिको एआईले यसमा ठूलो भुमिका खेलेको हुन्छ।

१२)    ग्राहक निर्देशन अनुसार कहाँ कसरी प्याकेज राख्ने हो एपले देखाउने भएको हुनाले पालना गरी डेलिभरी सम्पन्न गर्न एपले प्याकेजको QR Code स्क्यान गरी राखेको तस्वीर पनि खिचेर पठाउँनुपर्नेछ।

१३)    निर्देशन अनुसार वा अरु कुनै कारणले डेलिभरी हुन नसकेको प्याकेज बारे एपबाटै कारण खुलाई प्याकेजमा डेलिभरी सिल टाँसी मिति र समय उल्लेख गर्नुपर्ने हुन्छ।

१४)   डेलिभरी हुन नसकेको प्याकेज सोही दिनको अन्तमा स्टेशन फिर्ता लैजानुपर्ने हुन्छ।

 

お届け設定指示 डेलिभरी गर्ने तरिका बारे निर्देशन सेटींग

अर्डरको समय सामान कसरी बुझ्ने हो भन्ने तय ग्राहकले आफैले गरेको हुन्छ। डेलिभरीको समय यो निर्देशन एपमा देखापर्ने छ । यसलाई मानेर डेलिभरी गर्ने तरिका अपनाउँनु ड्राइभरको जिम्मेवारी हुनेछ। यदि ग्राहक आफै वा घरका सदस्यले सामान बुझ्ने हो भने “置き配を利用しないओकिहाइ ओ रियोसिनाई” भनेर देखिने छ जस अनुसार मान्छको उपस्थितमा मात्र सामान डेलिभरी गर्नुपर्नेछ।

ग्राहकको उपस्थित बिना सामान डेलिभरी गर्ने निर्देशनलाई “ओकिहाई置き配” पनि भनिन्छ।

   玄関
ग्राहकको दैलोमा लगेर राख्ने

   自転車かご
साइकलको क्यारियर बक्समा राख्ने

   車庫
मोटरगाडी ग्यारेजमा राख्ने

   ガㇲメーターボックス
ग्याँस मिटर बक्समा राख्ने

   配達ボックス
ग्राहक आफैले ब्यवस्था गरेको डेलिभरी बक्समा राख्ने

   宅配ボックス
आमाजोन वा कुनै बिशेष होमडेलिभरी सेवाले ब्यबस्था गरेको ताकुहाइ लकर बक्समा निर्देशन अनुसार पासवार्डले खोलेर राख्ने।

   建物内受付/管理人
बिल्डिंग घर भित्र उपस्थित चेक-इन वा ब्यवस्थापनमा खटिएका ब्यक्तिलाई दिने

   ご近所の方
छिमेकीलाई दिने


Flex Delivery Tips

तल उल्लेख गरिएको डेलिभरी टिप्पस सजिलो गरी सामान डेलिभरी सम्पन्न गरेर ग्राहकलाई सन्तुष्ट पार्ने उदेश्यले लिइनेछ।

१)       ओकिहाई डेलिभरी गर्दा ग्राहकले निर्देशन गरिएको समय भित्र र ठाउँमा गरिन्छ।यसमा कुनै समस्या परे ग्राहकलाई डोरबेल, टेलिफोन, मेसेज माध्यमबाट सम्पर्क गरी थप जानकारी लिइनेछ।

२)       डेलिभरीको समय कुनै समस्या भएमा डेलिभरी सपोर्ट सेन्टरमा सम्पर्क गर्नुपर्नेछ।

३)       डेलिभरी सम्पन्न हुन नसकेको सामान एपमा कारण खुलाई उल्लेख गरेको “फुजाइह्यो” पत्र लेखेर ग्राहकको पोष्टबक्समा जानकारी दिनुपर्नेछ।

४)      जिकाङ्गसिटेई “डेलिभरी समय निर्देसन” भएका सामान डेलिभरी गर्दा समयलाई पालना गर्नुपर्नेछ।

५)      गर्न नहुने कुरा - हाइटाच्चु बक्स वा मेलबक्स भित्र नपस्ने नअठ्ने सामान बलपूर्वक राख्नु हुदैन।

६)       गर्न नहुने कुरा – ओकिहाइ निर्देशित गरिएको ठाउँ बाहेक अन्य ठाउँमा सामान राख्नु हुदैन।

७)       कुनै कारणले ठेगाना थाहा नभएमा सिलमा उल्लेख भएको ड्राईभर नम्बर र प्याकेज ट्राकिंग नम्बर लिंकबाट प्याकेज बारे थाहा पाउँन सकिनेछ।

८)       कामोचस्या भित्र सामान लोड गरीसकेपछि पछाडिबाट आउँने ट्राफिक भ्यूउँ हेर्नबुझ्न गाह्रो हुने भएकोले  Backend Mirror Camera सहितको Drive recorder जरुरी देखिन्छ।

९)       नाभिगेसनलाई छरितो र सेफ्टी बनाउँन मोबाईल एपको आमानाभि अलवा १० इन्च ट्याबलेटबाट गुगल नाभिगेसन चलाउँदा डेलिभरी सजिलो हुनेछ।

१०)      ड्राईभलाई सेफ्टी र नियमित बनाउँन हेण्डफ्री फोनकल राख्नुहोस्।

११)      आफुलाई आवश्यक सामान गाडीभित्र राखेर डेलिभरी सेवाका लागि जानुहोस।

१२)       दोस्रो ब्यक्तिलाई गाडीमा राखेर डेलिभरी गर्न मनाही छ।

१३)      Flex Delivery मा QR Code (Package or Cart container) ले सो सामान बारे महत्वपूर्ण जानकारीको डेटा उपलब्ध गराउँने छ।

१४)      बिना कारण सामान लस एवं डेमेजबाट जोगिन लोकेसन रिसिब प्याकेज संख्या एकिन गर्न सक्नुपर्छ र क्येरफुल भएर हेण्डलिंग गर्न सक्नुपर्छ।

१५)       डेलिभरी स्टेशनमा सामान बुझ्न जान ढिलो हुने संभावना भए कारण सहित पूर्व जानकारी दिनुस्। यदि आफ्नो वशमा नभएको कारण भए एडिसनल चेन-इन टाइम बढाइदिने संभावना हुन्छ।

१६)   चेक-इन टाइम एपमा उल्लेख भएको डेलिभरी शुरु हुने टाइम भन्दा १५ मिनेट अघि देखि शुरु हुनेछ। यदि केही मिनेट चेक-इन टाइम ढिलो हुनपुगे, एपमा चेक-इन गर्ने QR Code Reader को स्टाटस बुझ्नुहोस्।यदि एक्टिभ भए उपस्थित डेलिभरी स्टाफसँग सल्लाह गरेर रुट रिसिभ गर्न सक्नुहुनेछ।

१७)    यदि आवश्यक भन्दा धेरै अघि चेक-इन गर्न स्टेशन पुगेमा आफु अघि समय तालिका भएका ड्राइभरलाई पहिले चेक-इन गराउँन तपाईलाई साइडमा वेटींग गराउँने छन् जसलाई जापानीज भाषामा टाइकी (待機) भनिन्छ।

१८)    डेलिभरी सफलता अनुपात配空率(hai-kan-ritsu): delivery completion ratio) ९५% वा सो भन्दा माथि भएका फ्लेक्स ड्राईभरलाई आमाजोनले बिशेष रिवार्ड दिनेछ। यस्ता ड्राइभरको एप प्रिफरेन्स सेटींगमा पनि सुविधाजनक अप्सनहरु थपिनेछ।


डेलिभरीको प्रवाह (हाइटाचुनो नागारे 配達の流れ) 

ग्राहकको लोकेसनमा पुग्ने

 

ò  साधरण डेलिभरी

ò  ग्राहक वा घरपरिवारलाई डेलिभरी दिने

ò  सामान राखिडेलिभरी(ओकीहाई)

ò  ग्राहकले निर्देशनगरेको ठाउँमा सामान राख्ने

ò  फोटो लिने

ò  अनुपस्थिति भए

ò  राख्ने ठाउँ सही नभए

ò  मेलबक्स वा टाकुहाई बक्स

ò  टाकुहाई बक्सः फुजाईह्यो पत्रमा लक नम्बर र पिन लेखेर मेलबक्समा राख्ने

ò  मेलबक्स वा टाकुहाई बक्समा राख्न नमिलेमा

ò  ग्राहकलाई सम्पर्क गर्ने

ò  बैकल्पिक डेलिभरी तरिका र ठाउँ बारे सोधपुछ गर्ने

ò  टेलिफोन सम्पर्क नभए

ò  ग्राहकलाई मेसेज टेकस्ट गरी सम्पर्क गर्ने

ò  बैकल्पिक डेलिभरी तरिका र ठाउँ बारे सोधपुछ गर्ने

ò  सम्पर्क गर्दा उत्तर नपाए

ò  सम्पर्क गर्दा उत्तर नपाए

ò  साधरण डेलिभरीः एपमा हाइटाचु हुन नसकेको सम्पन्न गर्ने विधि

ò  ठिक कारण छनौट गर्ने

(यदि बिजनेस हावर बाहेक भए सो समय उल्लेख गर्ने)

ò  ओकीहाई डेलिभरीः एपमा हाइटाचु सम्पन्न हुन नसकेको सम्पन्न गर्ने विधि

ò  ओकीहाईः निर्देशन गरेको स्थानमा राख्ने ठाउँ नभएको

ò  ओकीहाईः निर्देशित स्थान सुरक्षित नभएको कारण

ò  फुजाईह्यो लेखेर मेलबक्समा राख्ने

ò  फुजाईह्यो लेखेर मेलबक्समा राख्ने


セルフチェックシート (दैनिक आफैले चेक गर्ने सिट)

1.        天候情報はご覧いただけましたか?
(मौसमको जानकारी लिनु भयो?)

2.        交通情報はご覧いただけますでしょうか?
(सडक ट्राफिक बारे जानकारी लिनु भयो?)

3.        ヘッドライトはお忘れないですか?
(गाडीको हेडलाइट चेक गर्न बिर्सनु त भएको छैन?)

4.       靴の状態は安全ですか?
(जुत्ताको अवस्था सुरक्षित छ?)

5.       体調に異常はありませんか?
(शारिरीक स्वास्थमा कुनै खराब त छैन?)

6.       車両に異常はありませんか?
(गाडीको अवस्थामा गडबडी त छैन?)

7.        KYT動画は視聴されましたか?
(संभावित दुर्घटना बारे तालिम भिडियो हेर्नु भयो?)

8.      スタッフからSafety tips をお聞きになりましたか?
( (स्टाफबाट सुरक्षाबारे सुझाव सुन्नु भयो?)

Q. 安全上、不安に感じることはないですか?
प्रश्नः सुरक्षा बारे आफुलाई शंका लागेको बाँकी कुरा छ ?


Sort Assist Label (SAL):
आमाजोनको फ्लेक्स डेलिभरी गरिने सबै प्याकेजमा पहेलो, हरियो, पिंक आदि कुनै एक कलर भएको लेवेल टाँसिएका हुन्छन्। यसमा सोर्टिंग “जोन-लाईन” लाई अल्फाबेट जस्तै  A, जोन-लाइन भित्रको र्याक-लाइन क्रमश नम्बर जस्तै 7 लाई A7, त्यस A7 नम्बरको र्याक-लाइन भित्र प्याकेज स्टो गरीने कोठा तल देखि माथिको कोठालाई अल्फाबेट जस्तै 1C, 2C, 3C, 4C ले प्रतिनिधित्व गर्ने गरी विभाजन गरिएको हुन्छ। यो उदाहरणमा सोर्टिंग डेस्टिनेसन कन्टेनर  A7-1C हुनेछ। प्राय जसो एउटा कन्टेनर  कोडमा एउटै ठेगाना भएको वा नजिकको ठेगाना भएको प्याकेज स्टो हुने गर्छ भनेर बुझेमा डेलिभरी ड्राइभरलाई सजिलो पर्छ।साधरणतया र्याकको कोठालाई तला अनुसारको नम्बर सहित A, B, C, D, E, G, H, J जनाउँने गरिन्छ। जस्तै A15-4J, C10-3E, D25-2A, B25-1G आदि आमाजोन प्याकेजमा देखिने सोर्टिंग लेवेल हुन। प्राय जसो आमाजोनमा “ब्याग” लाई कन्टेनर भनेर प्रयोग गरिन्छ। SAL को रंग ड्राईभरलाई अर्थजनक नभए पनि ड्राईभर एड नम्बर, मिति, सोर्टिंग कोड आदिले डेलिभरीको लागि हेर्नसाथ छोटो संकेत दिने गर्छ।

 


SLAM

स्लामलाई अंग्रेजीमा Simultaneous Localization And MappingScan Label Apply Manifest दुबै तरिकाले बुझिने गरिन्छ। सामानको वजन, डेलिभरी एड्रेस, मिति, समय, ट्राकिंग नम्बर आदि जानकारी दिने डिजिटल मेमो र अर्डर डेटासँग लिंक भएको QR Code प्रिन्ट भएको लेवेललाई स्लाम भनिन्छ। Autonomous Shipment and Delivery को लागि स्लाम लेवेलले महत्वपूर्ण भूमिका निभाएको हुन्छ। प्याकेजमा प्रिन्ट भएको उल्लेखित जानकारी मेमोले डेलिभरी सेन्टर, ड्राईभर र ग्राहक सबैलाई प्याकेकको बारेमा भिजुवल तथा डिजिटल दुबै तरिकाले जानकारी दिने गर्छ।


सारांश

दोहोरो ब्यबसाय गर्नेलाई थप अवसर भएकोले नियमित काम नगरेपनि हप्तामा केही दिन र केही समयका लागि मात्र आमाजोन फ्लेक्स डेलिभरी गर्नेहरुमा घरमा बालबच्चा हेर्ने आमा, रिटायर्ड ब्यक्ति, पार्ट टाइम काम गर्ने ब्यक्ति आदि दोस्रो ब्यवसायको रुपमा काम गर्ने ब्यक्ति हुनेगरेका छन्। नियमित डेलिभरी सेवा सही ढंगले सम्पन्न गरी विश्वास कमाएका फ्लेक्स डेलिभरी ड्राईभरले Amazon Rewards point पाउँने छन्।   Amazon Rewards पाएका ब्यक्तिले क्यास ब्याक पाउने, आमाजोन किनमेलमा छुट पाउँने, फ्लेक्स डेलिभरी सेटअप गर्दा आफुलाई सजिलो हुनेगरी एप प्रिफरेन्स सेट गर्न पाइने, इन्सुरेन्स तथा मेन्टिनेन्समा सहुलियत समेत पाउँन सकिने कुरा उल्लेख छ। उमेर, लिंग, भाषा आदि बिनाभेद २० किलो सम्म सामान कार्टमा राखेर नजिकै हिड्न सक्ने तथा गाडी चलाउँन सक्ने ब्यक्तिको लागि आमाजोन फ्लेक्स डेलिभरी एउटा पूर्ण बिजनेस पार्टनरसीपको अवसर हुने कुरामा दुईमत भएन। यस बारे बढी जानकारी लिन आमाजोन जापानको फ्लेक्स साइटमा जानुहोला ।

https://flex.amazon.co.jp/

 

Amazon Flex Delivery गर्नको लागि प्रयोग हुने जापानीज बिजनेस भाषा

1.        受付(Uke-tsuke): check-in

2.        免許証(menkyo-syo): driving license

3.        アルコールテスト(aruko-ru tesuto): alcohol test (legal driving ban for 0.15mg and above)

4.       引っ掛る(hikka-karu): stuck in, caught in (eg. by alcohol test)

5.       注意事項(chui-jikou): alert notice and information

6.       交通安全(koutsu-anzen): traffic safety, road safety

7.        貨物軽(かもつけい): cargo light van

8.       案内(an-nai): guidance

9.       ナビ(nabi): navigation

10.    受け取り(uketori): goods receiving

11.      返却(henkyaku): return item

12.     宅配便(takuhai-bin): home delivery service

13.     配達(haitatsu): delivery

14.     発送(hassou): item dispatch for delivery

15.     便送(yussou): item dispatch by Japanpost

16.     未配達(mi-haitatsu): before delivery or delivery planning waiting

17.     配達済み(haitatsu-zumi): delivery completed

18.     キャンセル(kyanseru): Cancel or plan aborted

19.     時間指定(jikan-sitei): delivery time instruction

20.   お客様(okyaku-sama):customer

21.     商材(syozai): commodity

22.    荷物(nimotsu): item

23.    オバーサイズ(Ova-saizu): oversize

24.    メール便(me-ru bin): mail item

25.    飲料(in-ryou): beverage, drink item

26.    箱型(hako-gata): box shape item

27.    割れ物(ware-mono): glass item, fragile item

28.    重量物(juuryou-butsu): heavy item (15kg and above)

29.    梱包(kompou): packaging

30.   包装(housou): package wrapping or concealment from outside, covering

31.     ラベル(label): sorting label

32.    待機(taiki)waiting

33.    破損(hason): damaged item

34.    液漏れ(eki-more): liquid leakage

35.    レスキュー(reskyu-): rescue, a paid waiting for delivery supportive role, may ask to follow other delivery driver at difficulties.

36.    ルート(ru-to): route name or number of package delivery area

37.    積み込み(tsumi-komi): loading in van

38.    キューブアウト(cube out): left package due to full-loading

39.    ロールボックス(roru boksu): package container, roll box

40.   カート(kato): Cart (a light carrier)

41.     バッグ(bagu): Bag

42.    畳む(tatamu): fold

43.    所在不明(syozai-fumei): lost item

44.   配送指示(置き配含む: haitsu-siji(oki-hai-fukumu): delivery instructions (including delivery without personal attendance)

45.    手渡し(te-watasi): hand delivery

46.   置き配(oki-hai): delivery at instructed place without owner presence

47.    郵便置け(yu-bin oke): like Japan post mailbox delivery

48.    ロッカー(rokka-): locker, delivery box at main-door (mansion and apartment)

49.    玄関(genkan): main door

50.   (mado): window

51.     自転車かご(jiten-sya-kago): bicycle carrier box

52.    小屋(koya): small utility hut

53.    車庫(syako): garage

54.    配達ボックス(haitatsu-bokusu): designated delivery box

55.    ガス・水道・電気メーターボックス(gasu-suidou-denki me-ta bokusu): Gas, water supply, electricity meter box

56. 置き配を利用しない(oki-hai wo goryo sinai): don’t deliver without personal attendance

57. ご近所の方(go-kinzo-no-kata): neighbour

58. 設定なし(settei nasi): without instruction set up

59.    留守宅(rusu-taku): home where family out or absence

60.   不在(fuzai): not at home

61.     不在票(fuzai-hyo): attempted delivery notice slip

62.    アクセスの問題(akusesu-no-mondai): access trouble

63.    住所不明(jiyusyo-fumei): address unknown

64.   未配(mi-hai): undelivered item (not good for driver)

65.    誤配(go-hai): miss delivery (delivery at wrong address)

66.    早配(so-hai): delivery before designated date and time

67.    遅配(chi-hai): late or delayed delivery

68.    再配達(sai-hai-tatsu): redelivery, delivery repetition

69.    配空率(hai-kan-ritsu): delivery completion ratio

70.   もち戻り(mochi-modori): returned items

71.     RPS: Return package to station

72.    トラッキングID(Tracking ID): amazon order delivery tracking item with unique number starting with DA…………

73.    アマゾンの宅配便です(amazon no takuhai-bin desu: This is home delivery service from Amazon)

74.      KYT: Kiken Yochi Training(危険予知トレーニング) Danger Prediction Training 

 

Amazon ご不在連絡票 (आमाजोन गोफुजाँई रेनराकुह्यो)

आमाजोन फ्लेक्स डेलिभरी समय घरमा सामान बुझ्ने मान्छे नहुँदा सामान डेलिभरी गर्न असंभव हुने गर्छ। खासगरी ओकीहाई मञ्जुरी नगरी मान्छेले हातमा बुझ्ने गरी अर्डर डेलिभरी लिने ग्राहकको लागि यो नियम लागू हुने गर्छ।यो सेटींग गरेका ग्राहक डेलिभरीको समय घरमा नभए तलको नमूना अनुसार गोफुजाँई रेनराकुह्यो स्लिपमा ग्राहकको नाम, मिति, समय, सामानको ट्राकिंग आईडी लेखि उल्लेखित कारण मध्येबाट छनौट गर्नुपर्ने हुन्छ। कतिपय खान्जी नजान्ने ड्राईभरको लागि नाम लेख्न भने संभव नहोला तर पनि खाली ठाउँ छाडे समाना डेलिभरी प्रयास भएको बारे जानकारी दिन सकिने छ। यसरी गोफुजाई रेनराकुह्यो लेखेर कस्टमरको घरदैलोमा भएको यूउबिन पोस्ट भित्र राखेर जानकारी दिनुपर्छ। सामानमा पनि साइहाइटाचु स्टिकर लेवेल 再配達ステッカーラベル)टाँसेर डेलिभरी प्रयास भएको रेकर्ड जनाउँन मिति, समय लेख्न आवश्यक छ। रेकर्डमा तीन पटक सम्म डेलिभरी एटेमप्ट भईसकेको सामान “Aged item” हुनेभएकाले डेलिभरी इस्टेसनको क्वालिटी एस्सुरेन्स (QA : Quality Assurance) टिमले जाँचबुझ गरेर अर्को तहको कार्वाही चलाउँने छ। 

   गोफुजाई नो टामे मोचिखाएरीमासिता (मान्छे घरमा नभएकोले सामान फिर्ता लगे)

   टाकुहाइ बोकुस्स नि आकि गा नाकात्टा टामे मोचिखाएरीमासिता (डेलिभरी बक्स भरीएको कारण सामान राख्न नसकि फिर्ता लगे)

   ओनामाए नो खाकूनिंग गा डेकिनाकत्टा टामे मोचिखाएरिमासिता (बुझ्ने ग्राहकको नाम नमिलेको कारण सामान फिर्ता लगे)

   ज्युरोबुच्चु नो टामे टाकुहाइबोकुस्सु ए तोडोकेसेसुँ मोचिखाएरिमासिता (गह्रौ सामान भएको कारण डेलिभरी बाकस सम्म पुर्याउँन नसकि फिर्ता लगे)

   गोसेट्टेई नो बास्यो नि ओकेनाकत्ता टामे  मोचिखाएरिमासिता (निर्देशित ठाउँमा राख्न नमिलेको कारण फिर्ता लगे)

   टाकुहाइबोकुस्सु नि ओकेसिमासिता, बोकुस्सु बाँन्गोउ....., आन्सो बान्गोउ...... ( डेलिभरी बाकसमा राखेको छु जसको नम्बर..... पासवार्ड नम्बर.......)

   सोनाता.............. ( अन्य कारण.....)



आमाजोन फ्लेक्स डेलिभरी बारे भिडियो अनुभव तथा जानकारी








※ Disclaimer नोटः  
यो प्रस्तुती मेरो ब्यक्तिगत अनुभव सँगै समयानुसार आमाजोन फ्लेक्स डेलिभरी बारे जापानमा बसोबास गर्ने इच्छुक जाइरियू सिकाकु
(在留資格)भएका नेपाली बन्धुहरु बिच जानकारी दिने प्रयास हुनेछ। माथि उल्लेखित कुराहरु लोकेसन वा समायानुसार गर्ने गराउँने तरिकामा फेरबदल वा अपडेट हुन सक्ने भएको हुनाले यसलाई पूर्व मानसिक तयारी (Mind makeup) को हिसाबले मात्र लिनुहोला।


Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 मिलीलीटर पानीमा चाहिने मात्रामा साइट्रिक एसिड मिश्रण गर्नुहोस्।   F ラムネのびんに

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) भनिन्छ। त्यसैले जा

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल दरमा फ्लाइट itinerary द


Top