Skip to main content

अन्तिम संस्कार: बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर

🙏हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली🙏

हाम्रो पूजनिय बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर बि.सं. २०८१ साल ४ महिना ११ गते (AD2024-7-26) शुक्रबार विहान सबेरै ३:१५ बजे तिर आफ्नो पार्थीव शरिर त्यागेर अनन्त्य स्वर्गबास हुनुभएको थियो। केही दिन अघि उपचारको क्रममा धरान बिपि मेमोरियल अस्पतालमा उपचारत हुदै गर्दा स्वंय बुबाको अन्तिम ईच्छाले चाहे अनुसार खटिएका डाक्टर एवं परिवारका सदस्यहरुको राय सल्लाहले बिहिबार बेलुकी आफ्नै दमक निवासमा फर्किनु भएको थियो। मुत्यु हुँदा रातको समय घरमा आमा, दिदीभिनाजु, बुनुनातिनी थिए भने बुनुनातिनीले बुबाको प्राण गइसकेको कुरा पहिले बिहान ३:३० बजेतिर थाहा पाएकी थिइन।  

नागरिकताको रेकर्डलाई आधार मान्ने हो भने बुबाको जन्म २००० साल चैत्र २५ गते (1944-4-06) भएको हुँदा ८१ बर्षको उमेरमा मृत्यु भएको देखिन्छ। बुबा एक दशक पहिले देखि उच्च रक्तचाप एवं मुटु सम्बन्धि उपचारको लागि औषधी सेवनरत हुनु भएको थियो। वहाँलाई केही बर्ष पहिले काठमाण्डौको टिचिङ्ग अस्पतालमा सम्पन्न सम्पूर्ण नियमित स्वास्थ जाँच गर्दा दाहिने पेट भित्र क्यान्सर जस्तो लक्षण देखिएको थियो। यसका लागि चितवन क्यान्सर अस्पताल र बिर्तामोड बिएमडी अस्पतालको निगरानीमा औषधी सेवनरत रहनुभएको थियो। अन्तिम समय सम्म दाहिने पेट फुलिने र गुद्धारबाट रगत बग्ने जस्ता ठूलो समस्याहरुबाट पिडित रहनु भएको देखिन्छ।

बुबाको पार्थिव शरिरलाई त्यही दिन दिउँसो पवित्र नदी कन्काईमाईमा दाहसंस्कार गरिएको थियो। गोलाटार, ताराबारी, दमक, पथरी, उर्लाबारी वरिपरिका छरछिमेक इष्टमित्र करिब २०० जना जतिले मलामी सहभागी जनाउँनुभएको देखिन्छ। उक्त दिनबाट १२ औं दिन मंगलबारका दिन जुराएर क्रियाकामकाज गरि चोखिने पूजा गरिएको थियो। यस दुखत कार्यको शुरुका दिन देखि खटिनु भएका पुरेत भट्टराई बाजेलाई दानदक्षिणा सहित पारिश्रमिक दिइएको थियो। कामको लागि खटिनु भएको नातेदार, चेलाचेलीलाई एकसरो कपडा दिएर चोख्याउँने काम भएको थियो। यस अन्तिम पुण्य कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने नातेदार इष्टमित्र लगायत शुरु देखि अन्तिम दिन सम्म काजक्रियामा बस्ने परिवारजनलाई आत्मासाथ दिने समूह एवं ब्यक्ति बर्गहरु प्रति आभार प्रकट गर्दछु।

यस मार्मिक क्षणको भिडियो तथा फोटो खिचेर हामीलाई उपलब्ध गराउँनु हुने भाई यूमेश पुलामीलाई धन्यबाद छ।





Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___...

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 म...

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap...

जीवन्त रहनुपर्ने सामुदायिक भाषा संस्कृति जनजीवनलाई संग्रहालय भवन भित्र सिमित गर्ने?

  पटक्की झोर्ले / मेझोर यहाँ मेरो सानो बिचार शेयर गर्दैछु। केही दिन यता फेसबुकमा शेयर भइरहेको  "काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने" भन्ने शिर्षक प्रति मेरो ध्यानाकर्षण भएको छ। यस प्रस्तावित कार्यको लागि मगर संघको होमेपेज  https://nepalmagarassociation.org.np/archives/996  मार्फत मुक्तिनाथ बिकास बैंकमा सहयोग रकम जम्मा गर्नुपर्ने सूचना आव्हान गर्दै दाता सदस्यहरुलाई सहयोग रकम पिरामिडको आधारमा प्रशंसा गरिने योजना पनि देखाईएको छ। काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने info@nepalmagarassociation.org.np. +977 1-5218337. Kalanki, Kathmandu, Bagmati nepalmagarassociation.org.np पहिलो पटक सुन्दा यो बिषय मगर समुदायको लागि निकै गरौवमय जस्तो लागेता पनि राष्ट्रले विभुतिको रुपमा उच्च सम्मान सहित संरक्षण गर्नु पर्ने बिषयमा संग्राहलयको नाममा परापूर्वकाल देखि अहिले सम्मको सिंगो मगर समुदायको संस्कृति, भाषा भेषभुषा, जनजीवन आदिलाई सिम...

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल...


Top