Skip to main content

Posts

Showing posts from February, 2025

अन्तिम संस्कार: बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर

🙏 हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली🙏 हाम्रो पूजनिय बुबा स्वर्गीय इन्द्र बहादुर पोख्रेलमगर बि.सं. २०८१ साल ४ महिना ११ गते (AD2024-7-26) शुक्रबार विहान सबेरै ३:१५ बजे तिर आफ्नो पार्थीव शरिर त्यागेर अनन्त्य स्वर्गबास हुनुभएको थियो। केही दिन अघि उपचारको क्रममा धरान बिपि मेमोरियल अस्पतालमा उपचारत हुदै गर्दा स्वंय बुबाको अन्तिम ईच्छाले चाहे अनुसार खटिएका डाक्टर एवं परिवारका सदस्यहरुको राय सल्लाहले बिहिबार बेलुकी आफ्नै दमक निवासमा फर्किनु भएको थियो। मुत्यु हुँदा रातको समय घरमा आमा, दिदीभिनाजु, बुनुनातिनी थिए भने बुनुनातिनीले बुबाको प्राण गइसकेको कुरा पहिले बिहान ३:३० बजेतिर थाहा पाएकी थिइन।   नागरिकताको रेकर्डलाई आधार मान्ने हो भने बुबाको जन्म २००० साल चैत्र २५ गते (1944-4-06) भएको हुँदा ८१ बर्षको उमेरमा मृत्यु भएको देखिन्छ। बुबा एक दशक पहिले देखि उच्च रक्तचाप एवं मुटु सम्बन्धि उपचारको लागि औषधी सेवनरत हुनु भएको थियो। वहाँलाई केही बर्ष पहिले काठमाण्डौको टिचिङ्ग अस्पतालमा सम्पन्न सम्पूर्ण नियमित स्वास्थ जाँच गर्दा दाहिने पेट भित्र क्यान्सर जस्तो लक्षण देखिएको थियो। यसका लागि चितवन क...


Top