Skip to main content

बोर्डिंगपास बिना उड्न नपाउँदा



 सकसको पृष्ठभूमी

३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना  अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।  धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।  

 

अनलाइन बिजनेसको युग

कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल दरमा फ्लाइट itinerary दिने kiwi.com ले मलाई मात्र होइन धेरैको मन तानेको हुनुपर्छ। यि अनलाइन ट्राभल एजेन्सी बारे बुझ्ने क्रममा कस्टमर फिडब्याक एवं रेटींग पनि सर्च गरे। सोसियल मेडियामा पनि यिनको बारे राम्रा नराम्रा तानाबानाहरु पढेपछि भने पूर्व सतर्कता अपाउँने बिचार गरे। यि मध्ये फ्लाइन्ट क्यान्सेल एवं रिफण्डबारे kiwi.com लाई धेरै पिडित यात्रुहरुले नराम्रो गुनासो संप्रेषण गरेको देखिन्छ। छोरीले पनि यो अनलाइन ट्राभल एजेन्सीको फन्दामा नपर्न सल्लाह दिइन। पहिला पनि सफल कारोबार गरी सकेको अनुभव भइसकेको trip.com सँग यस पटकको नेपाल यात्रा तय गर्ने निधो गरे।

 

Trip.com सँग बुकिंग तथा टिकेटींग

ट्राभल itinerary मा जति यात्रा समय र ट्रान्जिट पोइन्ट बढ्यो उति भाडादर पनि सस्तो देखाउँने गर्छ।  एआई इन्टेलीजेन्स सर्चले पनि एउटै इन्टरनेट एक्सेस पोइन्ट एवं डिभाइसबाट धेरै पटक सर्च गर्न पुगेको खण्डमा त्यसको मूल्य बढाउँदै लैजाने गरेको तथ्य बुझ्न सकिन्छ। नेपालतर्फ जाने टिकट सेप्टेम्बर १८ तारिक नै भएपनि नेपालबाट फर्कने टिकट भने एकदिन पछि हात पार्न सफल भए। नोभेम्बर ८ तारिक थाईस्माईल WE320 फ्लाइट काठमाडौंबाट बैंकक हुदै फिलिपिन्स एयरलाइन्स कनेक्टिंग फ्लाइट PR733 बाट मनिला  र मनिला हुँदै फ्लाइट PR438 बाट नागोया उड्ने itinerary थियो।  दुई भिन्नाभिन्नै एयरलाइन्स सहित ट्रान्जिट पोइन्ट दुई एयरपोर्टमा भएको यो रुटको लागि मैले लगेज वीमा ब्लुरिबन तथा एयर हेल्प वीमा थप गरेर यात्रालाई केही भए पनि कम जोखिम बनाएर ढुक्क हुन खोजेको थिए।

 

जापान फर्कन उड्ने दिन

केही बर्ष पछि बुबाआमा लगायत इष्टमित्रहरुसँग २ हप्ता भेटघाट पछि जापान कर्मथलो परिवारसँग सामेल हुन फर्कने दिन नोभेम्बर ८ तारिक दिन एयरलाइन्सले इ-टिकटमा दिएको सूचना अनुसार लगभग ३० केजी नपुग लगेजको तौल तयार पारेर २ घण्टा अघि एयरपोर्टमा पुगे। थाईस्माईलको काठमाडौं – बैंकक फ्लाइट WE320 दिउँसो १ बजेर ३० मिनेट हुने उडानको लागि ११ बजेर २० मिनेट तिर टिआइए पुग्दा मान्छेको लामो ताती सहितको बजार देख्दा म आफै रनभुल्लमा परे। म एक छिन मानौं पहिला पहिला सिनेमा घर हाउँसफुल हुँदा उत्तेजित दर्शकहरुको भिडले आफुलाई छेके जस्तो भए। कतै म समय पछि त परेको छुइन भनेर घडी हेर्दै लाइनमा उभिनेहरुको फ्लाइट समय एकपछि अर्कोसँग सोध्ने होस बटुले। धेरै जसो ४ घण्टा पछि दुबई र साउदी उड्ने फ्लाइटको लागि लाइनमा उभिएको देखेर “इन्टरनेशनल फ्लाइटको लागि २ घण्टा अघि पुग्नुपर्छ” – भन्ने मेरो बुझाई ब्यर्थ भएको महशुस भयो।  सानो युक्ति लगाउँदै मेरो फ्लाइट छिटो भएकोले लाइनको अघिल्लो पंक्तिमा उभिने इजजात लिए।  यहाँ भने प्रचलित वाक्यंश “नेपाली सधै समय भन्दा पछि पर्छन्” – भन्ने मान्यताले सार्तकता नपाएको ठाने।  

 

एयरपोर्ट सेक्यूरिटी चेक गेट

फ्लाइटको चाप बढ्ने पिक आवर्स (Peak hours) मा पनि टिआईए भित्र छिर्ने यात्रुहरुको लागेज एक्सरे स्क्यान गर्ने सेक्यूरिटी गेट एउटै मात्र संचलानमा ल्याउँनाले एयरपोर्ट भित्र जाने लाइनमा लाग्ने यात्रुहरुको संख्या निकै लामो देखिन्थ्यो। एयरपोर्टको यो हालत बुझेका खाडीमुलुकमा जाने नेपाली कामदारहरु बिहानै देखि लाइनमा लाग्ने गरेको बुझे। एक्कासी बिचार गर्दा बिदेशका अन्तराष्ट्रिय विमानस्थलको सेवासुविधा भन्दा निकै कमी रहेको टिआइए अघिको यो भिडले दैनिक धेरै नेपाली बिदेश यात्रामा जाँदा रहेछन् भन्ने महशुस गराउँन पुग्छ। यसरी हतारमा धेरै यात्रुको लगेज सेक्यूरिटी चेक गर्दा सेक्यूरिटी गुणस्तर ल्याप्स भई हवाई दुर्घटना हुने आशंका पनि गर्न सकिन्छ।

 

थाईस्माइल चेकइन काउण्टर

काठमाडौं – बैंकक फ्लाइट WE320 उडान हुनु भन्दा १ घण्टा ३० मिनेट अघि चेकइन काउण्टर पुगेर मैले मेरो जापान फर्कने रुटको सबै इ-टिकट सहित नेपाली पासपोर्ट, जापानको रेसिडेन्सियल कार्ड पेश गरे।  दुई पिस लगेज प्रति १५ केजी भन्दा कम रहेर पनि जम्मा ३० केजी पुग्न ३ किलो बाँकी थियो जुन एयरलाइन्सको निर्देशन अनुसार तयार पारेको थिए। डकुमेन्ट जाँच गर्ने चेकइन काउण्टरका ब्यक्तिले मलाई प्रत्यक्ष केही भनेन्। पछिबाट आएका राणा थरका ब्यक्तिले मेरो डकुमेन्ट फिर्ता दिदै भने  - “तपाईले बोर्डिंग पास पाउनु हुन्न। तपाईको ट्रान्जिट भिसा छैन।”  मैले यो रुटमा कहिल्यै ट्रान्जिट भिसा लिने नगरेको र आउँदा पनि कुनै सकस बिना आएको कुरो राखे। एयरलाइन्सको होमपेजमा पनि अन्तराष्ट्रिय कनेक्टींग फ्लाइटको लागि २४ घण्टा बिनारोकतोक ट्रान्जिट ट्रान्फर गर्न पाइने कुरा उल्लेख भएको कुरा भने। थाईस्माईलको पार्टनर एलाइन्स बाहेकको एयरलाइन्ससँग कनेक्टींग फ्लाइट भए नेपालीलाई सुवर्णभूमी एयरपोर्टमा अग्रिम ट्रान्जिट भिसा चाहिने कुरा राणा स्टाफले खुलाए। मेरो उड्न पाउँने अधिकार हनन् गर्दा भएको क्षतिपूर्ति सबै ब्यहोर्नु पर्ने चेतावनी दिदै गर्दा यदि उनी सही रहेछन् भने के कति मैले पाउँने त? – भनेर उल्टै प्रति प्रश्न मलाई गरे। म यहाँ सेवाग्रही हु र पिडित छु। बिना पूर्व सूचना एक्कासी अन्तिमघडीमा एयरलाइन्सले एकपक्षिय निर्णय लिएर बोर्डिंगपास दिन इन्कार गर्दा मेरो धन र समय क्षति हुनाको साथै सास्ती ब्यहोर्नु परेको छ। तर तपाँई यसै कामको लागि खटिएको कर्मचारी भएर जुवाडी जस्तो म पिडितसँग बाँजी राख्ने? – भनेर उनको कर्तब्य सुझाइदिए। अचम्मको कुरा kiwi.com बाट जापान जाने itinerary टिकेट बोकेकी एकजना महिला पनि मेरो सामु देखापरिन। उनको पनि कनेक्टींग फ्लाइट फिलिपिन्स एयरलाइन्स नै भएको पाए। एकछिन पछि ति महिला पनि एयरलाइन्सको स्टाफ राणा जस्तै एयरपोर्टबाट कता गायब भइन, थाहा भएन।

 

ट्राभलएजेन्सीलाई तुरुन्त हटलाईन फोन

सिंगापुरको अनलाइन ट्राभल एजेन्सीले ग्राहकलाई अनलाइन आईपी फोन ग्राहक सेवा दिने भएकोले जापान शाखासँग सम्पर्क भयो। यो सबै बेलिबिस्तार मैले जापानी भाषाबाटै रिपोर्ट गरे। तुरुन्त अरु अल्टरनेटीभ हातमा नपर्ने देखेर फर्कने रुटको सबै फ्लाइट क्यान्सेलको लागि अनुरोध गरे। फिलिपिन्स एयरलाइन्स कनेन्टींग फ्लाइटको क्यान्सेल ग्रान्ट हुनासाथ ५५% प्रतिशत रिफण्ड पाउँने तय भयो। तर उड्नै लागेको थाईस्माईलले क्यान्सेल रिफण्ड गर्ला नगर्ला भन्ने तय हुनसकेको थिएन। यसले मेरो टाउँको निकै दुखायो।

 

थाई स्माईल एयरलाइन्सले बैंककमा कनेक्टींग फ्लाइट ट्रान्जिटको लागि ट्रान्जिट भिसा चाहिने भनेर उड्ने समय बोर्डिंग पास दिन इन्कार गरी उड्नबाट बञ्चित गराउँने गरेको घटनाहरु दैनिक देखापर्ने गरेकोछ। सम्बन्धित एयरलाइन्सको होमपेजमा २४ घण्टा बिना रोकतोक ट्राजिट एवं ट्रान्सफर गर्न पाइने भनेर उल्लेख गरेतापनि थाई स्माइल आवद्ध ग्रुप "स्टारएयरलाइन्स" सँग आवद्ध नभएका एयरलाइन्ससँगको कनेक्टींग फ्लाइट भए उड्न चाहिने बोर्डिंगपास नै नदिने गरेको कुरा बुझिन्छ। नेपाली मुलका यात्रीलाई चीनमा जस्तै एराइबलको समय एयरपोर्टमै ट्रान्जिट भिसा दिने प्रावधान नभएको र यो लुपहोल मौका मारेर यात्रीलाई यो बारे पूर्व जानकारी नै नदिइ अन्तिमघडीमा आएर थाई स्माइल काठमाण्डौका कर्मचारीले यात्रीलाई "ओभरबुकिंग" फ्लसआउट (flush out) गराउँने अवसरको रुपमा लिने गरेको देखिन्छ।


जापान उड्ने बैकल्पिक एयरलाइन्सको खोजी

मेरो लामो गफ सुनि रहेका टीआईएका कर्मचारीले बेलुका नारिता जापान उड्ने नेपाल एयरलाइन्समा सिट खोज्दा पाइएला नि भनेर सल्लाहमा उत्रिए। यसै सिलसिलामा नेपाल एयरलाइन्स टिआईए सेल्स अफिसरसँग कुरो गरे। यहाँबाट सबै सिट फुलबुक भएको देखाउँछ, तपाँई न्यूउरोडगेट अफिसमा जानुस भनेर सेल्स महिला अधिकृतले सल्लाह दिइन्। त्यसै बेलुका हंगकंग हुदै ओसाका उड्ने क्याथेप्यासेफिक एयरलान्सको सिट पनि फुल बुकिंग भएको अनलाइनबाट थाहा पाएपछि झिनो आशा सहित नेपाल एयरलाइन्सको न्यूउरोडगेट अफिस पुगे। ४ बजेतिर पुग्दा कार्यालय बन्दै हुनलागेको थियो, जापान जाने त्यस दिनको सिट नभएको जानकारी पाए।

 

थाईस्माईल एयरलाइन्स अफिसमा कमप्लेन

दोस्रो दिन बिहान “पठाऔं बाइक सेवा” मार्फत दरबारमार्गबाट भर्खरै जयनेपाल हल नजिकै सरेको थाईस्माईल अफिसमा पुगेर बोर्डिंगपास इन्कारमा परी उड्न नपाएको वेलिविस्तार सहित यसको हल स्वरुप बिकल्प दिन आग्रह गरे। तर हामीले थाइल्याण्डको हेडअफिससँग यस्तै केस बारे कयौं पटक कुरा राख्यौं तर सुनुवाई भएन भनि उल्टै तपाई आफै यो इमेल मार्तफ कुरा राख्नुहोस भनि इमेल एड्रेस हातमा थमाए।  यसरी बिना पूर्व सूचना एक्कासी दुई महिना अघि कन्फर्म भएको टिकट बिरुद्ध बोर्डिंगपास दिन इन्कार गर्नु सरासर “उपभोक्ता संरक्षण ऐन तथा नियमावली” बिपरित भएको जिकिर गरे। कानूनत नेपाली उपभोक्ता संरक्षण बारे नेपाली कर्मचारी बढी सजक रहनुपर्ने कुरो उठाए। थाईस्माईल एयरलाइन्स  customer.service@thaismileair.com मार्फत घटना उल्लेख गर्दै रिफण्डको लागि इमेल पठाए।

कोरियन एयरलाइन्ससँगै जापान उडे

हिजो बेलुका होटेलमा छिर्नसाथ उड्न नपाएको टाउको दुखाई आफन्तजन सबैमा शेयर गरेर हलुको बने। त्यसै समय अनलाइन मार्फत कोरियन एयरलाइन्समा नोभेम्बर ९ तारिकको लागि केही सिट संभावना रहेको छनक पाए।  यो मौकालाई उम्कन नदिन थाईस्माईललाई उजुरी गरिसकेपछि तुरुन्त पानीपोखरी लाजिम्पाटमा रहेको कोरियन एयरलाइन्समा बुकिंग धर्ना दिन पुगे। बुकिंगमा रहेका केही ब्यक्तिहरुले क्यान्सेल गर्ने निधो भएपछि मैले उड्ने मौका पाए। कोरियन एयरलाइन्सको  काठमाडौं – इन्चियन फ्लाइट KE 696 र इन्चियन – नागोया फ्लाइट KE 741 मार्फत जापान पुग्ने बिकल्प जुर्यो।

 

नेपालीलाई थाईएयरपोर्टमा ट्रान्जिट ट्रान्फर भिषा चाहिने अवस्था

साधरणत देश बिशेषले अग्रिम ट्राजिन्ट भिषा चाहिने भनेर उल्लेख नगरे सम्म अन्तराष्ट्रिय कनेक्टिंग फ्लाइटको लागि २४ घण्टा सम्म  ट्रान्जिट भिसा चाहिदैन। यो नियम सुवर्णभूमी अन्तराष्ट्रिय एयरपोर्टको लागि पनि लागू हुन्छ।  तर यात्रुले ट्रान्जिट एरिया भित्र रहेर कनेक्टींग फ्लाइट बोर्डिंग गर्न आवश्यक छ। यदि कुनै कारणवंश या लगेज कलेक्सनको लागि आफै ट्रान्जिट एरिया छोडेर जानुपर्ने भएमा ट्रान्जिट भिसा आवश्यक पर्ने हुन्छ। कतिपय एयरपोर्टको भौतिक सुविधा कसरी तय भएको छ, यसमा पनि निर्भर गर्ने गर्छ। ट्रान्जिट ट्रान्सफर यात्रीको लागि बिशेष बाटो भएर ब्यागेज कलेक्सन गर्न मिल्ने देखि क्वालालुम्पुर एयरपोर्टमा जस्तै एयरपोर्ट ट्रान्सफरडेस्कलाई अनुरोध गरे चेकइन लगेज कनेक्टिंग फ्लाइटरुटमा पठाउँने जस्तो बिशेष यात्री सेवा सुविधा पनि दिने गरिन्छ। थाईस्माईल एयरलाइन्सको पार्टनर एयरलाइन्ससँग मात्र चेकइन ब्यागेज ट्रान्सफर गरिने सिमित नीतिले गर्दा संझौता नभएको फिलिपिन्स एयरलाइन्ससँग मेरो कनेक्टींग  फ्लाइट भएको कारण यात्री आफैले ब्यागेज कलेन्सन गर्नु पर्ने भएको र पुनः सो लगेज कनेक्टींग फ्लाइट फिलिपिन्स एयरलाइन्ससँग चेकइन गर्न आवश्यक भएको कारणले ट्रान्जिट भिसा चाहिने अवस्था सृजना हुने देखिन्छ। भारत, भुटान लगायत धेरै देशका नागरिकले थाईल्याण्डमा अराईभल भिसा पाउँने भएतापनि अहिले सम्म नेपाली नागरिकले त्यो सुविधाबाट बञ्चित रहनु परेकोले अग्रिम ट्रान्जिट भिसाको अनुमति लिन आवश्यक देखिन्छ। यसरी कनेक्टींग एयरलाइन्स बिच हुने लगेज ट्रान्सफर नीति, एयरपोर्टको सुविधा र देश बिचको इमिग्रेसन संझौता अनुसार अग्रिम वा अराइभल ट्रान्जिट भिसाको आवश्यकता हुने वा नहुने देखिएको कारण  नेपाली नागरिकले कनेक्टींग फ्लाइटको टिकट लिंदा ट्रान्जिट भिसा चाहिने नचाहिने अग्रिम जानकारी पाउँन वा लिन आवश्यक छ। साधरणतया नियमित जहाजबाट यात्रा गर्ने यात्रुवर्ग पनि यस हिडन लुपहोल (hidden loophole) को शिकार बन्नुपर्ने अवस्था सृजना हुन सक्छ। यही जिम्मेवारीबाट छुटकारा पाउँन धेरै जसो अनलाइन ट्राभल एजेन्सीले “ट्रान्जिट ट्रान्सफरको लागि कुनै एयरपोर्टमा ट्रान्जिट भिसा पनि आवश्यक पर्न सक्छ” भनेर बुँदा उल्लेख गरेको पाइन्छ।  

For detail visit: Summary of Countries and Territories entitled for Visa Exemption and Visa on Arrival to Thailand

 

एयर एलाइन्स ग्रुप र मेल सेयरींग कोड

मुख्यतया संसारभरका एयरलाइन्स Star Alliance, One World, Skyteam गरी तीन समूहमा बाँडिएर  बिजनेस गर्नेगरेका छन्। संसारभरका एयरकस्टमरलाई एउटै कम्पनीको एयरलाइन्सले सेवा दिन नसक्ने भएको हुनाले फरक फरक देश या शहर गन्तब्य भएर उड्ने एयरलाइन्स विच ग्रुप मिलेर फ्लाइटकोड सेयरींग गर्दै प्यासेन्जर मेल लिने दिने गर्छन्। भलै टिकट एउटै एयरलाइन्सले जारी गरेको किन नहोस् – गन्तब्य सम्म पुग्नको लागि ट्रान्जिट कनेक्टींग फ्लाइट भने एउटै ग्रुप भित्रको अर्कै एयरलान्सले संचालन गर्ने फ्लाइट कोडसँग सेयरींग पनि हुन सक्छ। तर प्यासेन्जरलाई भने बोर्डिंगपास लिएपछि मात्र थाहा हुन्छ। एयरलाइन्सको आफ्नै ग्रुप बिच फ्लायर प्रोग्राम माइलेज तथा पोइन्ट पनि जोडिन सक्नेछ। ग्रुप भित्र कतिपय साझा सुविधाहरु उपभोग गर्न पाइने भएकोले प्यासेन्जरले बराबर अनुभव गर्न सक्नेछन्। गन्तब्य स्थानसम्म चेकइन गरी बोर्डिंगपाससँगै टिकेट जोडिएको लगेज ट्रान्सफरका लागि पनि प्यासेन्जरको टाउको दुखाँई बन्दैन। विचारणिय तथ्य, यि मुख्य तीन ग्रुप भित्र सदस्यता नभएका केही ठूला एयरलाइन्सहरु पनि छन्।  तरपनि बिजनेस पार्टनरको रुपमा फ्लाइट सेवा सेयरींग गर्न द्धिपक्षिय सम्बन्ध भने हुनेगरेको देखिन्छ। फिलिपिन्स एयरलाइन्सले पनि यो स्टाटसमा ग्राहक सेवा दिने गरेकोछ। ज्ञातरहोस्, कनेक्टींग फ्लाइटको लागि एयरलाइन्सको यो सम्बन्धले प्यासेन्जरलाई निरन्तर एउटै सेवा प्रदान गरी ठूलो राहत महशुस गराउँने गर्छ।


रिफण्ड नीति

एयरलाइन्सको काठमाडौं अफिससँग यो बारे उजुरी गर्दा ठोस बिकल्प सहितको जवाफदेहिता पाउँन सकिएन। थाईस्माइल एयरलाइन्स बैंकक कस्टमर सर्विस इमेल मार्फत उजुरी गर्दा कुनै जवाफ पाउन सकिएको छैन। नेपालको उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ अनुसार अन्तिम घडीमा एयरलाइन्सले एकपक्षिय नीति जबरजस्ती लागू गरेर बिना पूर्व सूचना यात्रुले उड्न पाउँनु पर्ने सेवा सुविधाबाट बञ्चित हुनुपर्ने गरी बोर्डिंगपास दिन इन्कार गरेको कारण क्षतिपूर्ती दिलाई पाउँ भनि उजुरी बबरमहल कार्यालय पठाए। अझ सम्म नेपाल सरकारबाट पनि यो बारे चालिने कदमबारे सुनुवाई भएको छैन। यो घटना बारे फ्लाइट उड्नु भन्दा केही घण्टा अगावै ट्राभलएजेन्सी Trip.com लाई समय मै रिपोर्टींग गर्न संभव भएकोले क्यान्सेल वापत टिकटको ५५% रकम भने फिर्ता हुने कुरा एजेन्सीको ईमेलबाट जानकारी प्राप्त भएको छ ।




घटनाले सिकाएको पाठ

यसरी मैले जस्तै भिन्ना भिन्नै एयरलाइन्सबाट उड्दै धेरै एयरपोर्टमा ट्रान्जिट हुँर्दै कनेक्टींग फ्लाइट टिकट बुकींग गर्दा ट्रान्जिट भिसा चाहिने नचाहिने अवस्था एयरलाइन्सबाट पूर्व जानकारी लिएर तयार हुन आवश्यक छ।  नेपाली नागरीकलाई धेरै जसो देशमा प्रवेश गर्न अग्रिम अनुमति चाहिने भएको कारणले पनि यो पक्ष महत्वपूर्ण देखिन्छ। छिमेकी मुलुकहरु भारत र भुटानका नागरिकहरुको लागि भने थाइल्याण्डमा अराईभल समय भिसा दिने भएकोले एयरलाइन्सको सेल्फ ब्यागेज कलेक्सन नीति लागू गर्दा पनि मार्का पर्ने देखिदैन। बढी जोखिम देखिने फ्लाइट रुटको लागि केही रकम थपेर भएपनि चेकइन लगेज वीमा “ब्लूरिबन” र क्यान्सेलेसन, डिले एयरहेल्प वीमा गर्न सके संभावित जोखिमलाई कम गर्न सकिने कुरा सबैमा जानकारी गराउँन चाहन्छु।  ट्राभल गर्दा आईपर्न सक्ने समस्या तुरुन्त रिपोटिंग गर्न  सकिने सम्बन्धित ट्राभल एजेन्सी तथा हेल्पलाइनको अनलाइन हटलाइन फोन, च्याट, इमेल सेवा बारे ज्ञान हुन जरुरी छ। अन्तत आईकाओ (International Civil Aviation Organization) ले पनि हवाईयात्रुलाई परेको समस्या बारे न्याय पाउँन सम्बन्धित देशको “उपभोक्ता संरक्षण नीति नियम” अनुसार सम्बन्धित निकायमा उजुरी गर्न सल्लाह दिने गरेको कुरा दोहोर्याउँन चाहन्छु।




#थाईस्माइल #ThaiSmileAir #FlightWE320 #WE320 #TransitVisa #ConnectingFlights #AirAlliance #AirTeam #SkyTeam #StarAlliance #OneWorld

Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___...

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 म...

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap...

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) ...


Top