Skip to main content

इनफ्लुएन्जा (सिजनल विन्टर फ्लु) रोकथाम खोप

Photo: influenza related news

नर्सले कतिखेर सूईलगाई दिइन पत्तै पाइन, पछि मात्र पाखुरामा औषधीको चहलपहल महशुस भो।

 

बालककालमा लिएको रोग रोकथामका खोपहरु बाहेक पहिलो पटक उमेर पुगीसकेपछि लिन पुगेको इनफ्लुएन्जा (सिजनल विन्टर फ्लु) खोपले शरिरमा केही रियाक्सन देखाउँला कि भन्ने डर थियो। त्यसमा पनि कोरियामा यस सम्बन्धि भएको घटनाले मनमा केही डरत्रास पलाएको थियो। तर १६ घण्टा बितीसक्दा पनि कुनै नराम्रो असर देखिएन। कोभिड प्रकोपका केही मिल्दोजुल्दो लक्षणहरुलाई पनि यस खोपको इमुनोफ्याक्टरले रोकथाम गर्न सक्ने भएकोले यो महामारीमा झुक्किनबाट जोगिन सकिन्छ भन्ने बिश्वास रहेको छ। यसको ब्यवस्थापन भने कार्यरत Amazon Japan ले गरेको छ। आमाजोनले आफ्नो वर्कफोर्सलाई कोभिड लगायत सिजनल फ्लु लाग्नबाट रोकथाम गर्न कडाई नियम लागू गर्नको साथै सेनिटाइजेसनमा धेरै खर्च लगानी गरेको छ।

 

💉इनफ्लुएन्जा भ्याक्सिन लिने ब्यक्तिहरुले होसियार रहनुपर्ने कुराहरुः

⚠️ खोप लिएको ३० मिनेटपछि पुरै शरिर चिलाउँने, श्वासप्रश्वासमा अप्ठ्यारो वा शारिरीक स्वास्थ स्थितिमा कुनै परिवर्तन आएमा होसियार रहनुपर्नेछ।

⚠️  खोप सुई लगाएको भाग मोल्ने, कन्याउँने जस्तो काम गर्नु हुदैन।

⚠️  खोप लगाएको दिन धेरै शरिरीक अभ्यास तथा रक्सीसेवन नगर्ने।

⚠️  ज्वरो नआएमा साधरण त नुहाउँन सकिनेछ । तर सुई लगाएको भागमा भने नचलाई हलुको तरिकाले साबुनपानी बगाउँने सम्म गर्नुहोला।

⚠️ सुई लगाएको भाग रातो भएर सुनिने र पाके जस्तो पनि हुन सक्नेछ। यि लक्षणको साथै हलुको ज्वरो आउँने वा शरिर केही चिसो जस्तो महशुस हुने र शारिरमा शिथिलता ल्याउँने संभावना पनि रहन्छ। धैरै हदसम्म २ देखि ३ दिन सम्ममा यि लक्षणहरु हटिसक्ने छन्।

⚠️  तर, खोप लगाएको धेरै दिन सम्म ज्वरो, उल्टी तथा पेट खराब, श्वासप्रश्वासमा कठिनाई जस्तो शारिरीक अस्वास्थताका लक्षणहरु रहेमा खोप लिएको सम्बन्धित अस्पतालमा तुरुन्त सम्पर्क राख्नुपर्नेछ या नजिक उपलब्ध डाक्टरी सेवा लिन तुरुन्त जानुपर्ने छ।

⚠️  यसको अलवा कुनै चिन्ता भएमा सम्बन्धित अस्पतालमा सोधपुछ तथा सल्लाह गर्न सक्नुहुनेछ।

 हाल संसारमा इनफ्लुएन्जा रोकथाम खोप आवश्यक सबैलाई उपलब्ध गराउँन नसकिने भएको कारण जापान सरकारले प्राथमिकताको आधारहरु तोकेको छ। पहिलो प्राथमिकतामा बालबालिका, उमेरपुगेका ज्येष्ठ नागरिक, दिर्घरोगी परेका छन्। अस्पतालमा कार्यरत ब्यक्तिहरु, आकस्मिक सेवामा खट्ने एम्बुलेन्स, दमकलका कर्मचारीहरु, बिशेष कार्यमा खट्ने प्रहरी तथा सेनाका जवानहरु दोस्रो प्राथमिकतामा परेका छन्। यसको अलवा ठूला तथा मझौंला कम्पनीहरुले आ-आफ्नो वर्कफोर्स बिच यो संक्रामण नहोस भनेर खोपको ब्यवस्थापन गर्ने गरेका छन्।


インフルエンザ予防(よぼう:prevention)接種(せっしゅ:vaccine)を受けられた(うけられた:recipient)(かた:person)

接種(せっしゅ)(:after)30分は 全身(ぜんしん:whole body)のかゆみや息苦しさ(いきぐるしさ:breathing difficulties)など 体調(たいちょう:body health)の変化(へんか:changes)に注意(ちゅうい: be careful)してくたさい。

注射(ちゅうしゃ:injection)部位(ぶい:part or place of injection)は揉んだり(もんだり:rubbing) 掻き(かき:scratching)むしらないようにしてください。

接種(せっしゅ) 当日(とうじつ: the very day) 激しい(はげしい: extreme)運動(うんどう:excercise)や飲酒(いんしゅ: alcohol drinking)を避けてく(さけてください:refrain from)ださ い。

発熱(はつねつ:Fever)がなければ入浴(にゅうよく:to bathe)していただいてもかまいません。

たたし 注射(ちゅうしゃ)部位(ぶい)は軽く(かるく:lightly)流す(ながす:wash)程度(ていど:standard of amount or degree)にしてください。

注射(ちゅうしゃ)部位(ぶい)が赤く(あかく:red)腫れたり(はれたり:swelling) 痛んだり(いたんだり: damaging)することがあります。

また、 微熱(びねつ:light fever)や寒気(さむけ:coldness) たるさ(sluggish)(など:etc.)が出る(でる)ことがあります。

多く(おおく)の場合(ばあい)2~3(にち)で治まります(おさまります)

ただし、 接種後(せっしゅご)数日(すうじつ:many days)のうちに高熱(こうねつ:high fever)や痙攣(けいれん:convulsion; cramp; spasm) 呼吸困難(こきゅうこんなん:repiratory difficulties)(など)の異常(いじょう:abnormality)を感じた(かんじた)場合(ばあい) 下記(かき)セントラルグループ(せんとらるぐるーぷ)へ連絡(れんらく)するか、 速やか(すみやか as soon as)に医師(いし:doctor)の診察(しんさつ:check up)を受けて(うけて)ください。

その他(そのほか:besides) (なに)かご心配(ごしんぱい:worry )なことがありましたら、 下記(かき)にご相談(ごそうだん:consultation)ください。

 

#インフルエンザ予防 #InfluenzaVaccine #खोप  #Covid19



Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 मिलीलीटर पानीमा चाहिने मात्रामा साइट्रिक एसिड मिश्रण गर्नुहोस्।   F ラムネのびんに

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) भनिन्छ। त्यसैले जा

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल दरमा फ्लाइट itinerary द


Top