Skip to main content

Posts

Showing posts from November, 2020

इनफ्लुएन्जा (सिजनल विन्टर फ्लु) रोकथाम खोप

Photo: influenza related news नर्सले कतिखेर सूईलगाई दिइन पत्तै पाइन , पछि मात्र पाखुरामा औषधीको चहलपहल महशुस भो।   बालककालमा लिएको रोग रोकथामका खोपहरु बाहेक पहिलो पटक उमेर पुगीसकेपछि लिन पुगेको इनफ्लुएन्जा (सिजनल विन्टर फ्लु) खोपले शरिरमा केही रियाक्सन देखाउँला कि भन्ने डर थियो। त्यसमा पनि कोरियामा यस सम्बन्धि भएको घटनाले मनमा केही डरत्रास पलाएको थियो। तर १६ घण्टा बितीसक्दा पनि कुनै नराम्रो असर देखिएन। कोभिड प्रकोपका केही मिल्दोजुल्दो लक्षणहरुलाई पनि यस खोपको इमुनोफ्याक्टरले रोकथाम गर्न सक्ने भएकोले यो महामारीमा झुक्किनबाट जोगिन सकिन्छ भन्ने बिश्वास रहेको छ। यसको ब्यवस्थापन भने कार्यरत Amazon Japan ले गरेको छ। आमाजोनले आफ्नो वर्कफोर्सलाई कोभिड लगायत सिजनल फ्लु लाग्नबाट रोकथाम गर्न कडाई नियम लागू गर्नको साथै सेनिटाइजेसनमा धेरै खर्च लगानी गरेको छ।   💉 इनफ्लुएन्जा भ्याक्सिन लिने ब्यक्तिहरुले होसियार रहनुपर्ने कुराहरुः ⚠️ खोप लिएको ३० मिनेटपछि पुरै शरिर चिलाउँने , श्वासप्रश्वासमा अप्ठ्यारो वा शारिरीक स्वास्थ स्थितिमा कुनै परिवर्तन आएमा होसियार रहनुपर्नेछ। ⚠️   खोप सुई लगाएको भ


Top