बिश्वब्यापी रुपमा कोरोनाभाइरस (कोभिड-19) संक्रामणको कारण धेरैको ज्यान गइसकेको यो माहामारी अवस्थामा जापान सरकारले पनि यसबाट प्रभावित केही मुलुकहरु झै संक्रामण स्थिति बढ्दै गइरहेको प्रिफेक्चरहरु लगायतका सीटीहरुमा “ईस्टेट अफ इमरजेन्सी डिक्ल्यरेसन 「新型コロナウイルス感染予防の為に緊急事態宣言」 ” घोषणा गरेको छ। पहिलो चरणमा टोक्यो, साइतामा, कानागावा, चिवा, होग्यो, ओसाका, फुकुओकामा लागू गरिएकोमा, कोरोनाबाट संक्रामिक बिरामीहरु बढ्न थाले पछि आइची र क्योउटो प्रिफेक्चरहरुमा यो नियम थप लागू गरिएको छ। जापान सरकारले लागू गरेको यो “लकडाउन” अन्य देशमा झै कडा भने छैन। खास गरी भारत र नेपालका अधिकारीहरुले कोरोना रोग रोकथामको निहुँमा जनतामाथि “करफू” नै लागू गरेको जस्तो समाचार आउँने गरेको छ। जापानमा भने कोरोना रोग संक्रामण हुनबाट बच्ने “नैतिक एवं ब्याबहारिक नियम” सरह हुने कुरा सुसूचित गरेका छन्। कसैले नियम उलंङ्गघन गरेर विराए पनि शुरु मै कानूनत कडा सजाय नदिइने भन्ने कुरा उल्लेख गरिएको छ। कोभिड-19 को यो भयावह स्थितिले धेरै देशहरुमा साना देखि ठुल्ठूला बिजनेसहरु सुस्त भइरहेका वा बन्दै गर्नुपरेको छ। दैनिक ...