Skip to main content

जापान सरकारले कोरोना भाइरस संक्रामण रोकथाम गर्न विधालय र भेला सबैमा रोक लगाउँदै बिदेशीलाई भिसा नवीकरण म्याद थप


जापान सरकार स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयले जापानमा फैलिरहेको कोरोनाभाइरस संक्रामण रोकथाम (COVID-19 Infection Prevention Measures) गर्न विभिन्न कदमहरु चालेको छ। सरकारी तथा सम्बन्धित मेडियाहरुले यस बारे टेलिभिजन, पत्रपत्रिका, होमपेज आदिमा प्रचार प्रसार गरिसकेको छ।

Ø  सबै बिधालय, क्याम्पस तथा बालबालिकाको डेकेयर सेन्टर बिदा
Ø  ठूला तथा साना सबै खाले भेलालाई रोकथाम
Ø  संभावित बिरामीको जाँच सेवालाई द्रुत गति दिइने
Ø  सरकारी तथा प्राईबेट अस्पतालको सबैको सहयोगबाट उपचार केन्द्रहरु संचालन गर्ने
Ø  संक्रामण भएको देशहरुबाट आउँने बिदेशीहरुलाई प्रवेशमा कडा‌‌ई
Ø  बिदेशबाट भित्रिने मांसहारी खानेकुरामा कडा रेखदेख
Ø  सबैलाई ब्यक्तिगत सरसाफई अपनाउँदै खोकीको शिष्टाचार नियम पालना गर्न अनुरोध
Ø  रोकथामको लागि प्रयोग हुने मास्क, उइल्स एन्टीसेप्टीक औषधीहरु उत्पादनमा जोड आदि।

यस्तो अपत्तीको घडीमा आवश्यक पर्ने मास्क र एन्टिसेप्टीक क्लिनिंग एजेन्टहरु बजारमा पाउन नसक्नुले धेरैलाई असर पारिरहेको छ। कसैले यो मौकालाई फाइदा लिनेगरी बढी मूल्यमा बेच्ने कार्य गरेमा कार्वाही गर्ने सूचना पनि जारी गरिएको छ।  मास्क, एन्टिसेप्टिक एजेन्ट, ट्वाइलेट पेपर आदि देशमै आवश्यक संख्यामा उत्पादन तुरुन्त थालिने कुरा पनि बताइएको छ।

यो कोरोना भाइस पहिलाको भन्दा केही भिन्दै लक्षण भएको
COVID-19 भएको हुनाले रेडिमेड औषधी सबै ठाउँमा उपलब्ध छैन। केही देश र बिश्व स्वास्थ्य संगठनले यसको उपचारमा आवश्यक औषधीको बिकास गरेर उत्पादन गरिरहेको छ। COVID-19 जाँच गर्ने पुरानो बिधि अनुसार तीन घण्टा भन्दा बढी समय लाग्ने गरेको हुनाले संक्रामणकालिन अवस्थामा धेरै संख्या आउँने बिरामीहरुलाई तुरुन्त उपचार सेवा दिन ढिलाई भई बिरामीको मृत्यु संख्या तथा संक्रामण बढ्ने क्रम जारी छ।  भर्खरै जापान भित्रै उपचारसेवामा संलग्न बिज्ञहरुले बिकास गरेको उपचारबिधि अनुसार ३० मिनेट भित्रमा COVID-19 को बिरामी जाँच गर्न सकिने गरी सेवालाई द्रुत गति दिन कदम चालिने समाचारमा उल्लेख गरिको छ।

कोरोना भाईरसको संक्रामण वातावरण, सम्पर्क, स्वासप्रश्वास, सेवन जस्ता माध्यमबाट हुने भएकोले ब्यक्तिगत तहबाटै यस बारे सचेत रहेर प्रभावकारी ढंगले यसको रोकथामको उपाय अपाउँन सके संक्रामणबाट बच्च सकिने संभावना रहन्छ। खास गरी दिर्घरोगी र उमेरपुगेका ब्यक्तिहरु यसको संक्रामणबाट मृत्यु हुने गरेका छन्। त्यसै गरी लामो समय संक्रामणको शिकार भएर तुरुन्त उपचार लिन नसकेका बयस्क ब्यक्तिहरु पनि यसबाट मृत्यु भएका छन्।

यसको साथै हाल जापानमा बसोबास गरी रहेका बिदेशीहरुको भिसा अवधि सकिएर पुन म्याद बढाउँन निवेदन दिनुपर्ने वा नवीकरण गर्नुपर्ने भए एक महिना पछि सम्मको लागि म्याद थप गरिएको सूचना स्यूचून्यूउकोकु जाइरियू कानरीच्यो 出入国(しゅつにゅうこく)在留(ざいりゅう)管理庁(かんりちょう) ले जारी गरेको छ। तर छोटो अवधिका लागि जापानमा रहने अनुमति पाएका र देश फर्कने जुम्भिभिसाको लागि भने यो नियम लागू हुने छैन।


जापान सरकारले जारी गरेको कोरोना भाइस रोकथाम बारे बिस्तृत जानकारी लिन यहाँ जानुहोसः  COVID-19 Infection Prevention Measurement

Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___...

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 म...

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap...

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल...

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) ...


Top