कोरोना माहामारी पढ्दा सुन्दा निकै भयावह लाग्ने। अझ इन्फरमेसन टेक्नोलोजीले संसारको छेउकुना सम्म छुन सकेको यो कालमा एउटाले गरेको सानोतिनो कुरा धेरैले तुरुन्त थाहा पाउँन सक्ने भएका छन्। जे कुरामा अति भयो खति हुन्छ भने झै कोरानाको माहामारी खबरलाई अतिरञ्जित पारी आ-आफ्नो फाइदा वा दुश्मनीको हिसाबले वास्तविक तथ्यसंग फरक ढंगका समाचार जानकारी संप्रेषण गर्नेहरुको लर्को पनि देख्न पाइन्छ। दिर्घरुपमा पोजिटिभ कुराले मान्छेलाई फाइदा पार्ने भएता पनि नेगेटीभ कुराले भने क्षणिक उत्तेजनात्मक उर्जा एवं आवेश पैदा गर्ने भएका हुनाले यसको फैलावाटले द्रुत गति पाउँने गरेको छ। यो कुरामा आजभोलिको सोसियल मेडिया लगायत मोबाइल फोनको प्रयोगले निकै ठूलो भूमिका खेलेको छ। यो सिजनल भाइरल फ्लुको कडा रुप हो। चिनियाँ बिज्ञ अनुसार Pangolins भन्ने जंगली जनावरमा यो कोरोना भाईरस प्राकृतिक रुपमा रहने गरेको रहस्य खुलेको छ।चीनमा यो जनावरको मासु औषधीको रुपमा प्रयोग हुने भएकाले होला संक्रामणको एपिसेन्टर बन्न पुग्यो। दादुरा , मलेरीया जस्ता महामारीले मान्छेलाई पहिले समय समयमा सताउँदै आएको तथ्यलाई हिसाब गर्दै बिल गेट्...