Skip to main content

Posts

Showing posts from February, 2020

जापानी भाषा सिकौं

Image:  https://www.japantimes.co.jp/ 失敗 ( しっぱい ) は 成功 ( せいこう ) の 基 ( もと ) : असफलता नै सफलातको सिंढी हो – भन्ने भनाई छ। दैनिक रुपमा मौखित र ब्यावहारिक रुपले जापानीज भाषा बोल्न जति सजिलो महशुस हुन्छ त्यति लेखपढ गर्न सजिलो हुदैन। यसको कारणहरु मध्ये एउटा यो भाषामा भएका न्यूनतम उच्चाहरण आवाजका   प्रकारहरुले गर्दा पनि हो।   कतिपय शब्दहरु फुरिगानाले लेख्दा एउटै फोनेटिक साउण्ड देखिएतापनि समय र परिस्थिति अनुसार त्यसको शाब्दिक अर्थ भने भिन्नाभिन्नै छनक दिने गर्छ। त्यसैले यि शब्दहरुलाई समय परिस्थिति अनुसार छुट्टा छुट्टै खान्जी इमेज क्यारेक्टरले लेख्दा भने छुट्टयाउँन सजिलो पर्छ। यसरी चाइनीज भाषामा चलाइने खान्जीले आधाँउधी लिखित जापानीज शब्दहरु ओगट्ने भएकोले संसारको जटिल भाषाको रुपमा चाइनिज पछि जापानीज भाषालाई पनि लिन सकिन्छ। स्मरणहोस्, जापानीभाषाको खान्जीमा प्रयोग हुने कुन योमी (訓読み:くんよみ) जापानीज भाषाको आफ्नै बिशेष खान्जी उच्चाहरण हो भने, ओन योमी (音読み:おんよみ) उच्चाहरणले चाईनीज खान्जीको मूल आवाजलाई प्रतिनिधित्व गर्दछ। भाषा सूचना अनुसार कुन योमी खान्जीको उच्चाहरण चीनियाँ अक्षरसंग नमिले पनि

सेचुबुन नो हि – पूर्वी सभ्यतामा नयाँ बर्ष पछि फुकु भित्र्याउँने र ओनी बाहिर धपाउँने दिन

Image:  https://japanism.info/setubun-free-sozai-17.html 福は内 (शुभ भाग्यः देवीदेवता घर भित्र आऊ)! 鬼は外 (दुर्भाग्य ल्याउँनेः राक्षस भूत बाहिर जाऊ)!! 福は内 (शुभ भाग्यः देवीदेवता घर भित्र आऊ)!!! बसन्त ऋतु आगमनको सँघारतिर जापानमा मनाईने सेचुबुन नो हि ( 節分の日:せつぶんのひ ) नेपालमा मनाईने माघे संक्रान्तिको लुतो फाल्ने तथा तरुल खाने र नयाँ बर्ष ल्होछार पर्वहरु बिच भौगोलिक र सांस्कृतिक रुपले टाढो भएतापनि यिनको मूलभूत आधारहरु बिच भने एक अर्कामा नजिक पाइन्छ। जाडोयामको उत्तरार्ध बसन्त ऋतुको सँघारमा मनाइने सेचुबुन पर्वले मानव जीनवलाई प्रकृतिसंग जोड्ने गरेको छ। ठिक यस्तै माघे संक्रान्ति पर्वको समयमा पनि सूर्य भूमध्ये रेखा भन्दा दक्षिण दर्फ अन्तिम बिन्दुबाट पुनः भूमध्ये रेखा तर्फ अथवा उत्तरी गोलार्ध तर्फ फर्किने भएकोले चरम गृष्मकालबाट बसन्त ऋतुतिर प्रवेश गर्ने गर्छ। माघे संक्रान्ति र सेचुबुनका दिन र समय फरक पर्नुको कारण चाहि पृथ्वीको गोलार्धमा छुट्टा छुट्टै अवस्थित ठाउँरुमा मनाईने पर्वहरु भएर हो। सेचुबुन को यो दिन बिशेष सिन्टो मन्दिर वा घर दुबैतिर भुटेको सोयाबिन दालले भित्र र बाहिर पर्सिने


Top