Skip to main content

Posts

Showing posts from 2020

इनफ्लुएन्जा (सिजनल विन्टर फ्लु) रोकथाम खोप

Photo: influenza related news नर्सले कतिखेर सूईलगाई दिइन पत्तै पाइन , पछि मात्र पाखुरामा औषधीको चहलपहल महशुस भो।   बालककालमा लिएको रोग रोकथामका खोपहरु बाहेक पहिलो पटक उमेर पुगीसकेपछि लिन पुगेको इनफ्लुएन्जा (सिजनल विन्टर फ्लु) खोपले शरिरमा केही रियाक्सन देखाउँला कि भन्ने डर थियो। त्यसमा पनि कोरियामा यस सम्बन्धि भएको घटनाले मनमा केही डरत्रास पलाएको थियो। तर १६ घण्टा बितीसक्दा पनि कुनै नराम्रो असर देखिएन। कोभिड प्रकोपका केही मिल्दोजुल्दो लक्षणहरुलाई पनि यस खोपको इमुनोफ्याक्टरले रोकथाम गर्न सक्ने भएकोले यो महामारीमा झुक्किनबाट जोगिन सकिन्छ भन्ने बिश्वास रहेको छ। यसको ब्यवस्थापन भने कार्यरत Amazon Japan ले गरेको छ। आमाजोनले आफ्नो वर्कफोर्सलाई कोभिड लगायत सिजनल फ्लु लाग्नबाट रोकथाम गर्न कडाई नियम लागू गर्नको साथै सेनिटाइजेसनमा धेरै खर्च लगानी गरेको छ।   💉 इनफ्लुएन्जा भ्याक्सिन लिने ब्यक्तिहरुले होसियार रहनुपर्ने कुराहरुः ⚠️ खोप लिएको ३० मिनेटपछि पुरै शरिर चिलाउँने , श्वासप्रश्वासमा अप्ठ्यारो वा शारिरीक स्वास्थ स्थितिमा कुनै परिवर्तन आएमा होसियार रहनुपर्नेछ। ⚠️   खो...

आज सेप्टेम्बर १ तारिक । प्रकोप रोकथाम दिवस ।

  प्राकृतिक बिचलनलाई एक्कासी न रोक्न सकिन्छ , न छेक्न सकिन्छ। यो बिकराल अथाह शक्तिको कारणले नै मानव समुदायले भगवान , देवी देवता देखि राक्षस भूतप्रेत जस्तो मनोबैज्ञानिक धारणा राख्दै आएका छन्। त्यसैले यस्तो प्रकोपबाट बच्न पाउँदा भगवानले साथ दिएको ठानिन्छ भने हानीनोक्सानी पुर्याउँदा भूतप्रेत देवी देवता रिसाएको ठानिन्छ।   जापानमा बर्षेनी भुकम्प , सामुन्द्रिक आँधिबेरी(टाइफु) , बाढी , चुनामी जस्ता प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति हुनेगर्छ। यसलाई पूर्णरुपमा रोक्न नसकेपनि हुन सक्ने क्षतिलाई कम गराउँन अग्रिम चेतावानी प्रसारण गर्ने , म्याप तथा मौसम बिज्ञानको जानकारी दिने , शरण बास लिने सुरक्षित केन्द्रहरु तयारी गर्ने गरिन्छ। केन्द्र , प्रिफेक्चर , सिटी , टोल सबै तहबाट यो संयन्त्रलाई परिचलान गरिन्छ। सबै भन्दा ठूलो कुरा यि प्रकोपहरुबाट बच्न ब्यक्ति ब्यक्ति तथा घर घरमा रोकथामका पूर्व तयारी रहने तालिम लिने दिवस हप्ता भरी ठाउँठाउँमा आवश्यकता अनुसार संचालन गरेको पाइन्छ। दमकल विभाग , प्रहरी , सेनाका तालिम प्राप्त प्रशिक्षकहरु यि कामका लागि खटिएका हुन्छन्। ठूल्ठूला कम्पनीमा पनि यसलाई स...

जापानमा बिदेशीका लागि रोजगार तथा बसोबास गाईडबुक

जापानको न्याय तथा रोजगार मन्त्रालयको अग्रसरता र अन्य मन्त्रालयसंग कोअर्डिनेसन गरेर हालै अनलाइन प्रकाशन गरिएको पोर्टल “ A DAILY LIFE SUPPORT PORTAL FOR FOREIGN NATIONALS ( 外国人生活支援ポータルサイト ) “http://www.moj.go.jp/ nyuukokukanri/ kouhou/ nyuukokukanri10_ 00055.html” ले जापानमा अध्यायन र रोगजारको सिलसिलामा बसोबास गर्ने बहुसंख्यक बिदेशीहरुको भाषाहरुमा सूचना दिन खोजेको छ। यसमा भाषागत बिषय भन्दा पनि जापान भित्र आगमन गरेर बसोबास गर्नका लागि के कस्तो औपचारिक तयारी गर्नुपर्छ भन्ने पूर्व सूचना दिने कार्यालयका विधि तथा नियमलाई ब्यवहारिक ढंगले बुझाउँने प्रयास गरिएको छ। जापानमा आउन साथ मलाई पनि केही यस्ता कुराहरुको खड्को महशुस भएको कुरा संझना दिलाउँछ। जापानीज परिवारसंगै बसोबास शुरुवात गर्ने मौका पाएतापनि कतिपय कुराहरु स्वावलम्बी हिसाबले गर्न सकियोस् भन्ने मेरो बिचारलाई यो परिस्थितले धेरै ठेस पुगेको थियो। त्यस्तै भेटघाटको क्रममा भर्खर जापान आएका नेपालीमूलका र अन्य बिदेशीहरुले जापानका औपचारिक तथा ब्यवहारिक बिधि बारे कौतुहलता राख्ने गरेका थिए। जापानका भाषिक तथा सांस्कृतिक बनोवट अन्य धेरै देशहरु...


Top