Skip to main content

जापानको बोनेनकाई तथा नोमिकाईले बिकास गरेको नोमिनिकेसन कल्चर र सडकबाँस

Yahoo News 写真:アフロ

जापानीजहरु झट्ट संगत गर्दा होस् वा पाहुनालाई स्वागत गर्दाको समय होस; कलात्मक रुपमा निकै सभ्य तरिकाले पेश हुने गर्दछन्। तर यो पाटो भनेको तालिम प्राप्त ब्यवसायिक पक्ष हो जसलाई “ओमोतेनासी(おもてなし:Hospitality)” पनि भनिन्छ। अन्य मुलुकमा जस्तै जब २० बर्ष उमेर पुगेर सेजिनशिकी गरिन्छ, त्यसपछि बयस्क सरह जिम्मेवारी सहित खानपिन र उठबस देखि लिएर कानूनी रुपमा सबल भएको ठहरिन्छ। भनिन्छ सकारात्मक कुराहरु गर्न र सिक्न निकै मिहेनत गर्नुपर्छ जबकी नकारात्मक बानी-ब्यहोराहरु देखासेखीबाटै शुरु गरी लतमा परिणत हुन्छ। धेरैले पहिले लुकी लुकी खाने गरेका जाँडरक्सी चुरोट पनि २० बर्ष उमेर पुगेपछि खुलेआम अभिभावकले थाहा पाउँने गरी खाने गर्छन्। कानुनी रुपमा चुरोट तथा मादकपदार्थ आफैले किनमेल गरेर उपभोग गर्न जोकोही स्वतन्त्र हुन्छन्।

नेपाली तथा एसियन मंगोलियन आदिवासीहरुले जस्तै धेरै जसो प्राकृतिक पूजारी रहेका जापानीजहरुको आधारभूत बिश्वास पुर्खाहरुलाई देवीदेवताको रुपमा पूजा गरिने “जिनज्या (神社:Shinto Shrine)” मा अडेको हुन्छ। त्यसपछि धार्मिक रुपमा भित्रि आत्मालाई शुद्धपार्न होस वा मर्दापर्दा कर्मकाण्ड गर्नहोस् “ओटेरा (お寺:Buddhist Temple)” मा “निचिरेन बुद्ध” को धर्मपथलाई अँगालेको पाइन्छ। यहाँ बुद्ध धर्मले जाँडरक्सी र चुरोट जस्तो नकारात्मक कुरालाई प्रोत्साहन गर्दैन तर प्राकृतिक पूजारीले पुर्खा तथा प्राकृतिक शक्तिलाई खुसी राख्न यि कुराहरु चढाएर आफैले पनि प्रसादको रुपम ग्रहण गर्ने चलन धेरै समाजमा पाइन्छ। यसरी खान पल्केर लत लागेका मानिसहरु प्राय जसो पछि गएर चुरोट खाने र जड्याँ हुनेगर्छन्। साथीभाईको लहैलहैमा लागेर बानी बस्नेहरु पनि धेरै हुन्छन्।

जापानमा औधोगिक बिकाससंगै धेरै कुराहरु परिवर्तन हुदैजाँदा खाने पिउँने कुराले पनि बिकास पायो। कम्पनीले आफ्ना कामदारहरुलाई प्रफुल्लित पार्न बर्षको अन्तमा बोनस सहित “बोनेनकाई (忘年会: Year End Party)” राख्ने चलन चल्यो। यसको अलवा समय समय एउटै विभाग वा समूहमा काम गर्ने हाकिम, सहकर्मीहरु बिच अनौपचारिक सल्लाह गर्न खानपिन पार्टी हुने परिपाटीले बिकास पायो। अल्कोहलको सेवनले ब्यक्तिमा डरत्रास र लाजसरम ब्यक्ति अनुसार केही हराउँने भएकोले निर्धक्क आफ्नो बिचार आदान-प्रदान गर्न सकिन्छ भन्ने बिश्वासकको कारण जापानका "रेस्टुरेन्ट र बार" मा कम्पनीका कामदारहरुको अनौपचारिक सामूहिक भेटघाट बढ्यो। हाकिमलाई खुशी पार्न होस् वा सहकर्मीसंग मित्रता बढाउँन होस्, यो मौंका धेरैको लागि “वर्किंग एथिक्स(Working Ethics)” रुपमा बिकास हुदैंगयो।

FNN News:飲みニケーション

केही कम्पनीका समूहले दावी गरे अनुसार वर्किंग एथिक्सको रुपमा चलेको अनौपचारिक सामूहिक पार्टी जसलाई “नोमिकाई(飲み会:Drinking Party)” भनिन्छ – को कारण धेरै नयाँ काम गर्ने शैली र सीप-टेक्नोलोजीको अवधारणाले जन्मपाएको छ। अनौपचारिक भेटघाटले काम गर्ने सहकर्मीहरु र हाकीमहरु बिचको दुरीलाई कम गरी कमिनिकेसनलाई सहजता दिन मद्दत पुगेको छ। FNN को सर्भेक्षण अनुसार औसत ४५.५% भन्दा केही बढी सहभागीले नोमिकाईले सहकर्मी बिचको कम्यूनिकेसनलाई सजिलो बनाएको  दावी गरेका छन्। त्यसैले यो तरिकालाई जापानी शब्द नोमु (飲む) र अंग्रेजी शब्द कम्यूनिकेसन (communication) दुबै मिलाइएर बनेको संयुक्त नयाँ शब्द “नोमिनीकेसन(飲みニケーション:Nominication)” ले पनि प्रचलित छ। FNN को सर्भेक्षण अनुसार जापानका कम्पनी कर्मचारीहरु २०-२९ बर्ष उमेर समूहका महिनामा १.९३ पटक, ३०-३९ बर्ष उमेर समूहका महिनामा १.४१ पटक, ४०-४९ बर्ष उमेर समूहका महिनामा १.१६ पटक, ५०-५९ बर्ष उमेर समूहका महिनामा ०.७१ पटक सम्म नोमिनीकेसनमा सहभागि हुने गरेकाछन्।
 
FNN News:飲みニケーション
मादकपदार्थ आफैमा नराम्रो होइन। आवश्यकता अनुसार सुरक्षित तवरले सेवन गरेको अल्कोहलले केही फाइदा नै गर्छ। तर यसको गुण निकोटिन झैं लत लाग्ने भएको हुनाले यसलाई हेक्का नराखी जताभावी सेवन गर्ने बानी ब्यहोराले दिनानु शरिर, समाज र आर्थीक रुपमा सेवन गर्ने ब्यक्ति कमजोर हुदै जान्छ। सकारात्मक रुपमा लिएको नोमिनिकेसनले नकरात्मक बाटो लिन पुग्दा उल्टै सहकर्मी र हाकीम बिच नेगटिभ मनभावना पैदा भई आफ्नो क्यारियरलाई नै असर पुग्न सक्छ। आफ्नो शरिरले थाम्न नसक्ने गरी मादक पदार्थ पिएर वा कसैले पिलाएर उत्तेजनाले हुने सडक दुर्घटना, झैझगडा तथा मृत्युले ब्यक्तिलाई मात्र होइन, अरु दोस्रो तथा तेस्रो ब्यक्तिलाई पनि असर पारीरहेको हुन्छ।  जापानमा मात्र होइन, संसारभर मापसे ड्राइभिंग (飲酒運転:Drunk Driving) बन्देज गरिएको छ। मापासे ड्राईभिंग गरेर दुर्घटना भए, सबै क्षतिपूर्ती वीमाले नब्यहोर्ने भएकोले ब्यक्ति उपर ठूलो धनको भार पर्न जान्छ जुन धेरैको लागि जीवनकालसम्म कठोर सजाय बन्न पुग्छ।

जापानको कानूनले २० बर्षपुगेपछि मात्र मादकपदार्थ सेवन गर्ने अनुमति दिन्छ । ड्राईभरलाई मात्र होइन मादकपदार्थ दिने तथा करकाप गर्ने ब्यक्तिलाई पनि कानूनत कार्वाही गरिन्छ। मापसे गाडी देखि साईकल चालक सम्मलाई लागु हुन्छ र दुर्घटना भए वीमाले क्षतिपूर्ती नतिर्ने भएकोले ब्यक्ति उपर उठ्न नसक्ने गरी आर्थिक भार पर्न जान्छ। तर यति भएरपनि जापानका धेरै ठाउँमा २४औं घण्टा उमेर पुगेकाले खुलेआम मादकपदार्थ किनमेल गर्न पाउँने सुविधा छ।

जापानमा यि कल्चरले प्रभावपारेको नकरात्मक पक्षहरु पनि धेरै देखिएका छन्। साथीभाईको लहैलहैमा लागेर असक्त हुनेगरी नोमिनिकेसन गर्नाले कोही बिच बाटोमै होस गुमाउँन पुगेर महर्त्वपूर्ण डकुमेन्ट गुमाउँने, लुटपाट हुने, ट्रेन तथा बस भित्रै सुतेर दुःख दिने, सडकमा लडेर सुत्ने जस्ता अमर्यादिद असभ्य घटनाहरु देखिएको छ। कतिपयले मादकपदार्थको प्रभावमा परेर मापसे ड्राइभिंग गर्न पुग्दा धेरैको ज्यान अकालमा जानेगेरको छ। जापानमा मापसे गाडी ड्राईभिंगलाई मात्र होइन साइकल र सडक बटुवालाई पनि दुर्घटनाको जिम्मेवारी बहन गराईने भएकोले मादकपदार्थ सेवन गरेर सडकमा साईकल चलाउँन, हिडडुल गर्न गैरकानूनी ठहरिन्छ। बढ्दो यि असभ्य घटनालाई निरुत्साहित पार्न जापानका केही सिटी अपिसहरुले सडकमा जताभवी सुत्ने「路上寝: Street Sleeping ब्यक्तिहरुको फोटो तथा भिडियो सार्वजनिक गर्ने नियम ल्याएका छन्।



अब अलिकति पनि मनमा हेक्का भएकाहरुले जापानमा मादकपदार्थ पिएर जताभावी नहोस् भनेर सतर्क रहनेछन्। कसैलाई भोलि जड्याँ बनेर नांगै सडकबाँस 「路上寝: Street Sleepingगरेको फोटो भिडियो भाइरल हुनु छ र?

Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 मिलीलीटर पानीमा चाहिने मात्रामा साइट्रिक एसिड मिश्रण गर्नुहोस्।   F ラムネのびんに

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) भनिन्छ। त्यसैले जा

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल दरमा फ्लाइट itinerary द


Top