Skip to main content

बिश्व लैंगिक समानताको सूचांङ्क २०२० मा नेपाल १०१औं स्थानमा



Mind the 100 Year Gap भन्ने मुल नाराका साथ वर्ल्ड इकोनोमिक फोरमले जारी गरेको The Global Gender Gap Index Ranking 2020 (बिश्व लैंगिक समानताको सूचांङ्क २०२०) रिपोर्ट अनुसार नेपालमा महिलाको स्थान १०१औं मा परेको छ। सूचक स्तर हिसाब गर्दा अपनाइने मुख्य चार गतिबिधिहरु मध्ये नेपालका महिलाको स्थान आर्थिक गतिबिधि सम्बन्धि अवसरमा १०१, शैक्षित सफलतामा १३३, राजनीतिक शसक्तिकरणमा ५९ र स्वास्थ्य तथा बचाउँमा १३१ रहेको छ। बिश्वको १५० भन्दा बढी सूचित देशहरु मध्ये १०१औं स्थानमा आइपुग्दा नेपालमा महिलाहरुको औसत सहभागिताको सूचांङ्क 0.680 अंक देखिएको छ जो बिश्वको औसत सूचांङ्क ६९% (0.690) अंकसंग मिल्दोजुल्दो छ। यो तथ्यले के बुझाउँछ भने नेपाल अविकसित मुलुक भएतापनि करिब ३२% प्रतिशत जति लैंगिक भेदभाव बिधमान रहेको छ जसमा महिलाहरु पिडित रहेका छन्।

बिश्वको आर्थिक गतिबिधि सम्बन्धि अवसरमा महिलाको सहभागिता ५८% (0.580) अंकले पाइएकोमा नेपालमा भने १०१औं स्थानमा रहेर 0.632 अंकले सहभागिता जनाएको देखिएको छ जुन बिश्वब्यापी औसत भन्दा केही राम्रो देखिन्छ। नेपालमा अझपनि करिब ३७% को हाराहारीमा आर्थिक गतिबिधि सम्बन्धि अवसरमा महिला माथि लैगिंक भेदभाव रहेको देखिन्छ।

राजनैतिक क्षेत्रमा नेपालका महिला ५९औं स्थान रहेर 0.227 अंकले अघि रहेको देखिन्छ जुन बिश्वमा औसत २५%(0.250) अंकले राजनीतिक नेतृत्वमा महिलाको सहभागिता देखिए सरह करिब नजिक देखिएको छ। तर पनि सूचांङ्कले राजनैतिक क्षेत्रमा बिश्वब्यापी रुपमा महिलाहरुको नेतृत्वदायी सहभागीता ७५% दरले खड्केको तथ्य उजागर गरेको छ। यो क्षेत्रमा नेपालमा करिब ७७% ले लैगिंक भेदभाव रहेकोछ।

शैक्षित सफलतामा बिश्वको औसत ९६% (0.960) लैगिंक समानता रहेकोमा नेपाल १३३औं स्थान पाएर 0.895 अंक ल्याएको छ। यो सूचांङ्कले अझै पनि शिक्षा क्षेत्रमा लैंगिक भेदभाव करिब १०% रहेको जानकारी गराउँछ।

नेपालले स्वास्थ्य तथा बचाउँमा १३१औं स्थान पाएर 0.966 अंक ल्याएको छ जुन बिश्वको औसत स्तर ९७% को हाराहारीमा पर्दछ। देशभित्रको स्वास्थ्य सेवा कमजोर भएतापनि लैगिंक समानतामा भने भेदभाव न्यून रहेको कुरा यसले बताउँछ।

यो लैंगिक समानताको सूचांङ्क पूर्णाङ्क १ अंकले त्यो देशमा लैगिक समानता रहेको जनाउँछ भने अपुगले सो अनुसार भेदभाव रहेको खुलाउँछ। यो परिणामले गरिब राष्ट्र र धनी राष्ट्रबिच पाउँने सेवा सुविधाको तुलना भने गर्दैन। त्यसैले जापानको लैंगिक समानतामा ठूलो फरक भएर महिलाहरु त्यहाँको पुरुषको दाँजोमा पछाडि परेपनि उनीहरुको जिवनस्तर लैंगिक समानताको सूचांङ्कमा अघि देखिने राष्ट्रहरुमा बस्ने महिलाहरु भन्दा  राम्रो स्तरको हुनसक्छ।

बर्षेनी धेरै जसो यूरोपियन देशहरु टपटेन स्थानमा देखिए तापनि यसपाली दक्षिण अमेरीका, प्यासिफिक ओसेनिया र अफ्रिकाबाट एक एक देशहरु अग्रस्थानमा पुगेका छन्। टपटेनमा आइसल्याण्ड १, नर्वे २, फिनल्याण्ड ३, स्वीडेन ४,  निकारागुवा ५, न्यूजिल्याण्ड ६, आयरल्याण्ड ७, स्पेन ८, रुवान्डा ९ र जर्मनी १० स्थानमा परेका छन्।

बिकसित देशहरु मध्ये जापान १२१औं स्थानमा महिलाहरुलाई कडा सारिया इस्लामिक कानूनले बाँध्ने खाडी मुलुकहरुसँगै पाउँनुले जापानमा पनि महिलाहरु राजनीतिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रहरुमा त्यहाँको पुरुषहरुको दाँजोमा निकै पिडित रहेका छन् भन्ने पुष्ठी गरेको छ। त्यसैले संसदमा महिलाहरुको आधाउधी सहाभागिता बनाऔं *議席(ぎせき)半分(はんぶん)女性(じょせい)* भन्ने नारा सहित समय समय लैंगिक समानताबारे क्याम्पेन जुलुस हुने गर्दछ।

#GenderGap2020 #GGGR2020


छत्र मगर
chhatra_magar@hotmail.com

Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 मिलीलीटर पानीमा चाहिने मात्रामा साइट्रिक एसिड मिश्रण गर्नुहोस्।   F ラムネのびんに

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) भनिन्छ। त्यसैले जा

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल दरमा फ्लाइट itinerary द


Top