Skip to main content

जापानमा चालकले मोबाइलफोन प्रयोग नियम उल्लङ्घन गरेमा साविक दण्ड सजाय भन्दा तीन गुणा बढी हुने


हालसालैको सडक यातयात घटनाक्रमलाई समेटर नयाँ सडक ट्राफिक नियम जारी गरिदैछ। यो नियम सन् 2019 डिसेम्बर 1 तारिक देखि लागूहुने कुरा नेशनल पुलिस एजेन्सीले सर्वसाधरणको सूचनाको लागि सार्वजनिक गरेको छ। खास गरीकन ड्राइभिंग गर्दा बढ्दो मोबाईल तथा नाभिगेसन, टिभि आदि प्रोटेबल डिभाइसको जताभावि प्रयोगले गर्दा बढी रहेको दुर्घटनाले धेरैको जिउधन नोक्सान गरेको तथ्यलाई बिचार गरेर ड्राईभरको ध्यान सडक ड्राभिंगतर्फ एकत्रित गर्न बनेको पुरानो नियमलाई अझ शसक्त कडा र ब्यवहारिक बनाईएको छ। पुरानो नियममा नियम उल्लङ्घन वापत ब्यवस्था भएको हलुको सजाय र सामान्य जरिवानालाई बढाएर ठूला ट्रक बस, साधरण कार, मोटरसाइकल, गेन्चुकी बाइक बर्गीकरण गरी नियम उल्लङ्घन को मूल्यांकन अनुसार सजाय तथा जरिवाना लागू गरिने भएकोछ।

दुर्घटना हुने खतरा भएमाः
नयाँ नियमानुसार यदि गाडी चलाई रहेको समय मोबाईल फोन या यस किसिमको डिभाईसको लापरवाहीपूर्ण प्रयोगले गर्दा सडकमा खतरा उत्पन्न हुने अवस्था देखिएमा वा दुर्घटना भएमा नियम उल्लङ्घन गर्ने चालकलाई १ बर्ष सम्म जेल सजाय वा ३० मान सम्म जरिवाना लाग्नेछ वा दुबै दण्ड हुनेछ।  यो सजाय पाउँने ड्राइभरको लाईसेन्समा ६ पोइन्ट माइनस हुने भएकोले स्वतः लाईसेन्स खारेज हुनेछ। यो दुर्घटनामा भएको धनजन बिनासको क्षतिपूर्ति भने यो नियम बाहेक छुट्टै नियम कानून अनुसार अदालतले निर्णय गरे अनुसार दण्ड जरिवाना हुनेछ।

नियम उल्लङ्घन मात्र गरेमाः
चालकले गाडी चलाई रहेको समय मोबाइल फोन र यस किसिमको डिभाईस हातमा बोकेर जताभावी प्रयोग गरेको मात्र पनि भेटिएमा ६ महिना सम्म जेल सजाय वा १० मान सम्म जारिवाना वा दुबै दण्ड लाग्नेछ। यो नियम उल्लङ्घन गर्ने ड्राईभरको लाईसेन्समा ३ पोइन्ट घटाईनेछ। यो नियम उल्लङ्घन गर्ने ठूला गाडीको ड्राईभरलाई २ मान ५ हजार,  साधरण गाडीको ड्राइभरको लागि १ मान ८ हजार, मोटरसाईकल ड्राईभरको लागि १ मान ५ हजार, गेन्चुकीबाइक चालकलाई १ मान २ हजार जरिवाना रकम लाग्ने ब्यवस्था गरिएकोछ।

दुर्घटनामा ज्यानै गएमाः
 यदि मोबाईलफोन वा यस किसिमको डिभाईसको लापरवाहीपूर्ण प्रयोगले नियम उल्लङ्घन गर्दै कसैको ज्यान जाने सडक दुर्घटना भएमा त्यस्ता चलाकलाई उपस्थित ट्राफिक प्रहरीले सोही ठाउँ र समयमा तत्काल गाडी चलाउन नपाउँने गरी तुरुन्त अस्थायी ३० दिन सम्मको लागि लाईसेन्स खारेज गर्नेछ।
केही बर्षयता आधुनिकताको नाममा प्राय सबैले प्रयोग गरिरहेको हातले चलाउँने मोबाइलफोन लगायत प्रोटेवल यन्त्रहरुले मान्छेको सभ्यताको बिकासमा सकारात्मक परिवर्तन ल्याउन सफल भएकोछ। तर पनि यसको सही ढंगले प्रयोग गर्नबाट चुक्ता साना देखि ठुला सडक दुर्घटनाहरु पनि बढ्दो क्रममा छ। जापान सरकारले यस किसिमको दुर्घटनालाई दुरुत्साहित गर्न दिन प्रतिदिन कडा नियम बनाउँदै लगेको छ।
ड्राईभिंग लाईसेन्सको रेकर्डकपी, परित्याग र नयाँ जारीमा लचकता
यसै गरी लाईसेन्स कार्ड हराएको बिग्रेको खण्डमा मात्र होइन बसाँई सर्ने क्रममा नाम या ठेगाना परिवर्तन हुँदा पनि नयाँ लाइसेन्स कार्ड प्राप्त गर्न सकिनेछ।

ड्राईभिंग लाइसेन्सको रेकर्ड ब्यक्ति आफैले सम्बन्धित मेशिन मार्फत हेर्न सकिने ब्यवस्था केही बर्षयता उपलब्ध छ। स्वंय आफैले लाईसेन्स त्याग्ने ब्यक्ति देखि लाईसेन्स नवीकरण नगरी जारी मिति सकिएका लाईसेन्सको रेकर्डकपी आवश्यक परेमा पनि  सम्बन्धित अफिसमा गएर निवेदन दिई प्राप्त गर्न सकिनेछ। त्यसै गरी लाइसेन्स परित्याग गर्न प्रिफेक्चर सेफ्टी कमिटीमा दिने गरिएका निवेदन, अब देखि स्थानीय तहको सम्बन्धित सेफ्टी कमिटी मार्फत दिन सकिने गरी परिवर्तन भएको छ।


ながら運転||ANNnewsCH
ご注意: 令和元年12月1日施行しこうスマホながら運転道路どうろ交通こうつほう改正かいせいにより罰則ばっそく強化きょうかします。

ट्राफिक नियम बिज्ञहरुको सफाईः
यस किसिमको लापरवाहीपूर्ण नियम उल्लङ्घन अपराधलाई नियन्त्रण गर्न ब्यवस्थित पुरानो सजाय र जरिवानालाई नयाँ परिमार्जित नियमानुसार भने दोब्बर भन्दा बढी हुने गरी ब्यवस्था गरिएको छ। यो नियमलाई नजिकबाट हेर्ने वकिलका भनाई अनुसार गाडी पुर्णरुपमा रोकिएको अवस्थामा मोबाइलफोन वा यस प्रकारको डिभाइस प्रयोग गर्दा भने यो नियम लागु हुने छैन। वायरलेस हेण्डफ्री मोडमा गरिने फोनलाई पनि यो नियमले छुन सक्ने छैन। तर पनि बाहिरको अवस्था थाहा नपाउँने गरी दुबै कानमा एयरफोन प्रयोग गर्न, लामो समय सम्म हेण्डफ्री फोन गर्न र ठूलो आवाजमा बजाउँन भने पाइने छैन। यसै गरी गाडीमा जडित नाभिगेसन प्यानेल वा टीभि दुई सेकेण्ड भन्दा बढी  हेर्न नपाइने तथा ड्राईभरको ध्यान बिकर्षण हुने खालको कुनैपनि खतरापूर्ण कृयाकलाप ड्राइभिंग समय गर्न नपाइने कुरा उल्लेख गरिको छ।

Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 मिलीलीटर पानीमा चाहिने मात्रामा साइट्रिक एसिड मिश्रण गर्नुहोस्।   F ラムネのびんに

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) भनिन्छ। त्यसैले जा

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल दरमा फ्लाइट itinerary द


Top