Photo: https://rightsinfo.org/ |
No one shall be subjected to arbitrary interference with his privacy, family, home or correspondence, nor to attacks upon his honor and reputation. Everyone has the right to the protection of the law against such interference or attacks. – UN: Universal Human Rights Declaration
संयुक्त राष्ट्रसंघ, मानवअधिकार बिश्वब्यापी घोषणापत्रको आर्टिकल १२ ले ब्यक्तिगत सूचना एवं जानकारी गोप्य गरी पाउँने अधिकार सामान्य मानिस सबैलाई ग्यारेन्टी गरेको छ। यसैलाई आधार मानेर सदस्य राष्ट्रहरुले कुनै पनि ब्यक्ति कानूनत अपराध नठहरिए सम्म उसको सबै ब्यक्तिगत सूचनालाई गोप्य राख्न र हानी नोक्सनी हुने गरी प्रयोग गर्नबाट अन्य ब्यक्ति वा संस्थालाई पनि बन्देज तथा रोकथाम गर्ने उदेश्यले कानून एवं नियम निर्माण गरी कार्यन्वयन गरेको हुनुपर्छ। त्यसैले एउटा ब्यक्ति वा नागरिकले आफ्नो ब्यक्तिगत सूनचा गोप्य गरी पाउँने अधिकार नैसर्गिक हक बन्न पुगेको छ।
सामान्यतया बेखबर गाउँलेहरु निस्फिक्री आफुसंग नमिल्ने ब्यक्तिको खेदो गर्छन्। कतिपयले परिवार सबैलाई जोखिममा मोल्ने हिसाबले नराम्रो कुराहरु काट्ने, धम्की दिने र आफै मपाँई स्वभाव देखाउँने पनि गर्छन्। यसै गरी कुनै लोभलालचमा परेर होस वा अपराध नियतले होस, जोखिममा पार्ने गरी ब्यक्तिगत सूचनालाई जताभावी प्रयोग गर्ने वा दोस्रो ब्यक्तिलाई दिने खराब नियतका मान्छेहरु पनि हुन्छन्। तर आफु बेखर छु भन्दैमा अपराध गर्ने छुट कसैलाई पनि छैन।
बढ्दो संचार प्रविधि र इन्टरनेटले सूचना आदान प्रदान सबैको लागि आफ्नै हातमा आएको छ। इन्टरनेट जोडिएको मोबाइलबाट संसार कै कुना कुना सम्म आफुले चाहेको समय र तरिकाले जोडिन सकिने भएको छ। ब्यक्तिगत गोपनियताको सुरक्षाका लागि भने फाइदा संगसंगै जोखिम बढ्दो छ। सबैले बन्दुक बोकेर स्वतन्त्रताको कुरो गर्दा गर्दै आफु बिचमा झगडा भएर एकले अर्कालाई निशाना बनाउँने खतरा जस्तो स्थिति "गोपनियताको सुरक्षा" र सूचना प्रविधि बिच रहेको छ। यहाँ समसामयिक नियम कानून, चेतना र संचार प्रविधिको स्तर संगसगै "गोपनियताको संरक्षण" गर्ने प्रविधिको पनि बिकास हुनुपर्छ।
सोसियल मेडिया फेसबुक, टुइटर, युउट्यूब आदिमा अछुत रहने यो समय सायद कम होलान्। सही ढंगले प्रयोग गर्दा यि प्रविधिले धेरैलाई सबै थरिका आधारभूत ज्ञान तथा सूचना दिने गरेको छ। नयाँ कुरा खोज्ने-सिक्ने देखि लिएर बिर्सेका कुराहरु पुनः जानकारी लिन समेत गुगल, बिंग, याहो जस्ता ठूला सर्च इन्जिनहरुको दैनिक धेरैले दैनिक गर्ने गरेका छन्। तर कतिपय खराब मनासय बोकेका प्रयोगकर्ता एवं सर्भिस प्रोभाइडरले अन्य ब्यक्ति वा संस्थाई प्रतिकुल असर पार्नेगरी सूचना सार्वजनिक गर्न पुग्दा ब्यक्तिगत गोपनियताको सुरक्षा भंग हुन गई प्रतिकुल प्रत्यक्ष अप्रत्यक्ष असर परेको मुख्य समाचार बन्ने गरेको छ।
सन् २०१४ मा यूरोपियन न्यायलयले गुगललाई दिएको "उल्लेख गर्न नपाउँने अधिकार" वा"right to be forgotten" परमादेश अनुसार गुगल र यसको सर्च इन्जिन प्रयोग गर्ने आइटी प्लाटफर्मलाई धेरै असर पार्यो। यसैगरी फेसबुकले ब्यबसायिक नाफाको लागि आफ्ना बढ्दो प्रयोगकर्ताको ब्यक्तिगत सूचना दोस्रो कम्पनीलाई एक्सेस दिने गरेको मुद्दाले समय समय अमेरिका, यूरोप, तथा अन्य राष्ट्रहरुको संसदमा भएका छलफलमा फेसबुक माथि आरोप प्रत्यारोप लाग्ने गरेको छ। आईटी ए आईको नाममा उपभोक्ताहरुको ब्यक्तिगत सूचना, रुची र दिनचर्या आदि गोप्य ढंगले बटुलेर ब्यापार बढाउँने नीति पनि आफैमा गोपनियताको हनन् कृयाकलाप जस्तै हुन्।
आईटी (IT : Information Technology) प्रविधिले सूचना डाटाबेसमा ल्याएको कृत्रिम विवेक (AI: Artificial Intelligence) बिकासले मानव यन्त्रलाई झनै बुद्धिमत्ता बनाउँदै गएको छ। हामीले दैनिक वेबपेज तथा एप मार्तफ इनपुट गेरका शब्द वा प्रतिक्रियाहरुलाई AI प्रोग्राम कोडींगद्वारा सर्भरको डेटाबेसमा स्टोर गरिन्छ। यसको जलन्त उदाहरणमा Google "hi google", Windows "Cortana", iOS "Siri", Amazon "Alexa" लाई लिन सकिन्छ। यिनले भाषा समेत बुझ्न थालेको हुनाले अनलाइन ट्रान्सलेसन प्रविधिलाई पनि सजिलो बनाएको छ। तर यसको प्रयोग अनियमित तरिकाले हुन पुग्दा ब्यक्तिगत गोपनियता भंग हुने, ब्यक्तिगत अधिकार माथि खतरा बढ्ने र सूक्ष्म ब्यापार प्रतिस्पर्धाले Search Engine Results Pages (SERP) लाई नै गलत ढंगले प्रस्तुत गरिने घटनाहरु देखिन थालेको छ।
इन्टरनेटद्धार भिडियो तथा फोटो शेयरींगको शुरुवातसंगै अपराधीक मानसिकता भएका ब्यक्तिहरुले ब्लाकमेल, रिभेन्ज, डिपफेक गरेर अरुलाई दुःख दिने गरेका छन्। कतिपय पिडितहरुले ति कुराहरुबाट आफुलाई परेको पिडा सहन नसकेर आत्माहत्या गर्ने गरेको समाचार धेरै आउँने गरेकोछ। आफ्नै पहिलेको श्रीमान वा ब्याँईफ्रेन्डसंग पछि कुरो नमिल्दा पहिला दुबैको सहमतिमा मिलेर खिचेका बेडसिन फोटो तथा भिडियो सार्वजनिक हुन पुग्दा धेरै महिलाहरुले आफ्नो सामाजिक सम्मान गुमाउँन पुगेका छन्।
प्रविधिको बिकाससंगै अपराधी कृयाकलापले पनि डिपफेक लिन थालेको कुरा केही बर्ष अघिबाट सार्वजनिक हुन पुगेको छ। फोटो मात्र नभएर भिडियोमा समेत दुरुस्त ब्यक्तिको क्लोनको रुपमा समावेश गर्न सकिने यो प्रविधिको शिकार राष्ट्रपति देखि नेता, नायिका, नायक पनि भएका छन्। भिडियो ग्राफीसंगै अडियो पनि दुरुस्त उत्पादन गर्न सकिने यो प्रविधिको गैर जिम्मेवारीपूर्ण प्रयोगले डिपफेक (#DeepFake) स्क्याण्डललाई प्रसय मिलेको छ।
छत्र मगर
chhatra_magar@hotmail.com
यस बारे सम्बन्धित स्रोतहरुः
Comments
Post a Comment
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।