Skip to main content

Posts

Showing posts from November, 2019

जापानमा चालकले मोबाइलफोन प्रयोग नियम उल्लङ्घन गरेमा साविक दण्ड सजाय भन्दा तीन गुणा बढी हुने

हालसालैको सडक यातयात घटनाक्रमलाई समेटर नयाँ सडक ट्राफिक नियम जारी गरिदैछ। यो नियम सन् 2019 डिसेम्बर 1 तारिक देखि लागूहुने कुरा नेशनल पुलिस एजेन्सीले सर्वसाधरणको सूचनाको लागि सार्वजनिक गरेको छ। खास गरीकन ड्राइभिंग गर्दा बढ्दो मोबाईल तथा नाभिगेसन, टिभि आदि प्रोटेबल डिभाइसको जताभावि प्रयोगले गर्दा बढी रहेको दुर्घटनाले धेरैको जिउधन नोक्सान गरेको तथ्यलाई बिचार गरेर ड्राईभरको ध्यान सडक ड्राभिंगतर्फ एकत्रित गर्न बनेको पुरानो नियमलाई अझ शसक्त कडा र ब्यवहारिक बनाईएको छ। पुरानो नियममा नियम उल्लङ्घन वापत ब्यवस्था भएको हलुको सजाय र सामान्य जरिवानालाई बढाएर ठूला ट्रक बस, साधरण कार, मोटरसाइकल, गेन्चुकी बाइक बर्गीकरण गरी नियम उल्लङ्घन को मूल्यांकन अनुसार सजाय तथा जरिवाना लागू गरिने भएकोछ। दुर्घटना हुने खतरा भएमाः नयाँ नियमानुसार यदि गाडी चलाई रहेको समय मोबाईल फोन या यस किसिमको डिभाईसको लापरवाहीपूर्ण प्रयोगले गर्दा सडकमा खतरा उत्पन्न हुने अवस्था देखिएमा वा दुर्घटना भएमा नियम उल्लङ्घन गर्ने चालकलाई १ बर्ष सम्म जेल सजाय वा ३० मान सम्म जरिवाना लाग्नेछ वा दुबै दण्ड हुनेछ।   यो सजाय पाउँने...

क्योटो शिष्टाचार नियम (Kyoto Etiquette)

Photos: Kyoto City '&  Kyototourism.org कुनै पनि देशको भ्रमण गर्न अघि आफ्नो गन्तब्य र काम अनुसार त्यहाँको जानकारी राख्नु अति आवश्यक हुन्छ। यस बारे पूर्व तयारी रहन सकिएन भने "कुकुरले नपाउँने दुःख पाइन्छ" भने झै स्थिति पैदा हुन बेर छैन। अझ जापानको कुरा गर्दा नेपालीपनसंग केही कुरा मिल्ला जस्तो देखिए पनि धेरै कुरामा अपत्यारीलो ढंगले फरक छ। नेपालमा धेरै जसो बहुभाषिक भएर पनि बहुरुपी अनुहारले मात्र होइन, धेरै ठाउँ एवं जातजाति अनुसार चालचलनको स्तरियतामा खाँचो छ त त्यसमा एक रुपता पनि छैन। तसर्थ जापान आउँन अघि यहाँको आधारभूत जानकारी लिएर पूर्व तयारी अपनाउँन सके,  बिना झंझट आफ्नो सभ्यताको प्रकट गर्न सकिन्छ। आफ्नो सानातिना गल्तिले अन्य ब्यक्तिलाई हुन सक्ने दुःख र त्यसबाट उत्पन्न हुन सक्ने ट्रबुलबाट बच्च यि शिष्टाचार/म्यानरलाई पालना गर्नै पर्छ। धेरै बिदेशी पाहुनाहरु बढी भ्रमण हुने जापानको पुरानो राजधानी क्योटोसिटीले यस बारे केही आधारभूत शिष्टाचार तथा म्यानरको नियम उल्लेख गरेर बनाएको शब्द चित्र (Info-graphic) यहाँ देखाइएको छ।  यस पोस्टरमा जापानीज ...

Visit Nepal 2020

Visit Nepal 2020 Official Site

ब्यक्तिगत सूचनाको गोपनियताः ब्यक्तिको नैसर्गिक हक अधिकार

Photo:  https://rightsinfo.org/ No one shall be subjected to arbitrary interference with his privacy, family, home or correspondence, nor to attacks upon his honor and reputation. Everyone has the right to the protection of the law against such interference or attacks. – UN: Universal Human Rights Declaration संयुक्त राष्ट्रसंघ, मानवअधिकार बिश्वब्यापी घोषणापत्रको आर्टिकल १२ ले ब्यक्तिगत सूचना एवं जानकारी गोप्य गरी पाउँने अधिकार सामान्य मानिस सबैलाई ग्यारेन्टी गरेको छ। यसैलाई आधार मानेर सदस्य राष्ट्रहरुले कुनै पनि ब्यक्ति कानूनत अपराध नठहरिए सम्म उसको सबै ब्यक्तिगत सूचनालाई गोप्य राख्‍न र हानी नोक्सनी हुने गरी प्रयोग गर्नबाट अन्य ब्यक्ति वा संस्थालाई पनि बन्देज तथा रोकथाम गर्ने उदेश्यले कानून एवं नियम निर्माण गरी कार्यन्वयन गरेको हुनुपर्छ। त्यसैले एउटा ब्यक्ति वा नागरिकले आफ्नो ब्यक्तिगत सूनचा गोप्य गरी पाउँने अधिकार नैसर्गिक हक बन्न पुगेको छ। सामान्यतया बेखबर गाउँलेहरु निस्फिक्री आफुसंग नमिल्ने ब्यक्तिको खेदो गर्छन्। कतिपयले परिवार सबैलाई जोखिममा मोल्ने हिसाब...


Top