Skip to main content

Posts

Showing posts from March, 2019

जड्याँको सकारात्मक पक्ष

हे भगवान, अर्को जन्ममा मलाई भलै ३२ भन्दा कम दाँत दिनु तर कलेजो ३२ वटै कोटा पुरा गरिदिनु ताकि जति सके रक्सी पिए पनि मेरो कलेजो नगलोस्। केही दिन अघि लाइसेन्स नवीकरणको लागि नजिकको सिटी प्रहरी ट्राफिक अफिस हाजिर भए। सबै टेस्ट सकेपछि लाइसेन्स बनाउँन लाग्ने समय अवधि आधाघण्टा जति ट्राफिक तथा सडक नियम बारे घटनाको भिजुवल उदाहरण सहित शिक्षा दिने कक्षामा पसे। मादक पदार्थ लगायत औषधी सेवन गरेर ड्राइभिंग गर्न मनाही छ र यसो गरी दुर्घटना भएमा सबै क्षति निजले ब्योहोर्न पर्ने, कडा कानूनी सजाय हुने कुरो पनि दोहोर्याए। तर अचम्मको कुरो त्यहाँ कडा रक्सीको गन्ध ह्वारह्वार्ती आईरहेको थियो। मेरो पछाडि एकजना ५ दशक नाघेका मान्छेले मानौ यो कुरालाई खिल्ली उडाइरहेको भान हुन्थ्यो। मैले यो कुरालाई पनि सकारात्मक ढंगले लिने प्रयत्न गरे। मानौं ति ब्यक्ति जापानको जाडोमा लाग्ने इनफ्लुएन्जा माहामारीका अल्कोहल सेनिटाइजर हुन जसले संक्रामक रोग सर्नबाट रोकथाम गरोस्। 😊

Blood Pressure & Fever Record Monitoring Graph

" स्वास्थ्य नै धन हो भने जस्तै समय नै पैसा हो" केही बर्ष पहिले बच्चालाई इनफ्लुएन्जाले सताउँदा उनको दैनिक ज्वरो नापेर औषधी सेवन गर्ने, टाउको तथा बढी तापक्रमक बढ्ने घाँटी, कोख, छातीमा पानीपेटी लगाउँने कामलाई नियमसंगत गर्ने उदेश्यले ज्वरो नाप्ने डिजिटल  थर्मामिटरको रेकर्ड जोखेर मोनिटरींग झलक्क छिटो बुझ्ने हिसाबले ज्वरो मापन मोनिटरींग ग्राफ बनाउँने अवसर पाए। यसलाई गुणस्तरीय बनाउँन जापानीज अस्पतालका केही रेकर्डहरुलाई पनि आधार बनाएको थिए। यसरी नै आफैलाई पनि उमेरको साथ समय समय ब्लडप्रेसर बढ्ला जस्तो अनुभव हुन थालेकाले डाक्टरसग सल्लाह गरे। उनले पनि सके सम्म बिहान उठ्न अघि र सुत्न अघि प्रेसर नापेर केही महिना अवलोकन गर्ने सल्लाह दिए।  प्रेसर डिभाइससंगै पाइने नमूना प्रेसर रेकर्ड मोनिटरींग ग्राफ पाकेट साइजको हुने भएकोले दैनिक लेख्न र हेर्न अप्ठ्यारो थियो । यसैलाई आधार बनाएर ए फोर साइजमा प्रेसर रेकर्ड मोनिटरींग ग्राफ बिकास गरे। मैले आफै तयार पारेको यि दुईवटा स्वास्थ्य अवलोकन सम्बन्धी ग्राफिकल फारमहरु: (बिरामीको ब्यक्तिगत ज्वरो अवलोकन ग्राफ र ब्लडप्रेसर अवलोकन ग्राफ) यहाँहरुलाई


Top