Skip to main content

म्याट रेमपिट पिडित “स्व. रोसन” भावपूर्ण श्रद्धाञ्जली


🙏 हार्दिक श्रद्धाञ्जली! 🙏
तिम्रो दिवंगत  चिर आत्मालाई शान्ति मिलोस्!!
मलेसियाको कानून अनुसार चालकले रोडमा लापरबाहीपूर्ण ड्राईभिंग गरेर मान्छे मार्ने अपराध गरे बढीमा बीसहजार रिन्जिट जरिवाना सहित बढीमा दश बर्ष जेल सजाय लाग्छ तर लागूपदार्थ कारोवार तथा सेवन, हत्या र बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गर्छ। त्यसैले म्याट रेमपिट जस्ता अपराधिक गतिबिधिले राति रोड डरलाग्दो छ।
पिडित “रोसन” को हुन?
मान बहादुरको झापा, दमक नगरपालिका, गोलाटारको गाउँले घरमा पहिला जस्तै उज्यालो वातावरण रहेन। तीन दिदी बहिनी पछि जन्मेका एक मात्र बंश डोर्याउँने २३ बर्षे छोरा अरु नेपाली यूवायूवती झै परदेश मलेसियामा गएर केही धन कमाएपछि घर बसाल्ने सपना बोकेका रोसन मगर पोख्रेल (पासपोर्टको नाम टप बहादुर मगर, उमेर २९ बर्ष) नेपाली एजेन्ट Montage Overseas Pvt Sinamangal, P.O.Box 2618, Kathmandu, Nepal, Company License no: 798/065/066  को दमक शाखा मार्फत मलेसिया पुगेर स्थानीय चाइनिज मलेसियन एजेन्ट मार्फत कामुन्तिङ्ग, पेराक भन्ने ठाउँमा कम्पनीमा काम गर्दथे। तर दुर्भाग्यवंश फेब्रुवरी 3 तारिक राति उनको सडक दुर्घटना परी मृत्यु भएको दु:खको खबरले घर छरछिमेक सबै शोकले स्तब्ध भए।  

कहाँ कसरी दुर्घटना भयो?
संगै एउटै कम्पनी मार्फत काम गर्ने नेपाली साथिको भनाई अनुसार फेब्रुवरी 2 शनिबार राति दशबजे काम सकेर कोठा फर्केका रोसन रुम पाटर्नरलाई “साथीले पार्टी खान बोलाएको छ” भनि राति ट्याक्सी चढेर
No. 288, Jalan Kamunting, Perak भन्ने ठाउँमा गएको बुझिन्छ। त्यस रोडको वरपर बस्ने केही हल्का परिचय भएका नेपाली साथीहरुसंग बसेर राति अबेर सम्म खानपिन गरेको भनाई छ। बिहानीपख ४:२० वजे तिर अबेर सुत्ने तरखरमा लागेका रोसन बाइकको हल्लाले सुत्न नसकेपछि आफ्नै डेरामा फर्कनका लागि ट्याक्सी बोलाएका थिए। ट्याक्सी बाटो पारी रोकीएको देखेर  उनी अघि जाने अर्का एकजना साथिको पछि आफु पनि जादै गर्दा जलान कामुन्तिङ्ग 4 लेनको रोड क्रस गर्ने क्रममा हेडलाइट नबालेको बाईकको हुलले लडाएर टाउको फुटाएर मारेको भन्ने खानपिनमा संलग्न प्रत्यक्षदर्शीहरुको भनाई छ। यसरी बाइकको हुलले किचेर दुर्घटना भएपछि तिनै साथीहरुले प्रहरीलाई खबर गरेपछि आधाघण्टा भित्रै प्रहरी आएर दुर्घटनाको प्रत्यक्ष जाँचगरी मृतकलाई सेतो कपडाले छोपेको दृश्य राज मोक्तानले फेसबुक मार्फत लाईभ प्रसारण गरेको भिडियोमा पनि देख्न सकिन्छ। 



प्रत्यक्षदर्शीहरुमा संगै खानपिन गर्ने केही साथीहरु र त्यही सडकको वरपर नजिक डेरागरी बस्ने नेपाली राज मोक्तान हुन्। त्यस रात खानपिनमा संलग्न नेपाली साथीहरुको परिचय खुल्न नसकेपनि खानपिन गर्दै गरेको कालोसेतो फोटो भने दमक गोलाटार घर भई हाल मलेसियामा कार्यरत “जिन्दागी ढकाल” भाई मार्फत प्राप्त भएकोले यहाँ राखिएको छ। तर ढकाल भाई आफै भने खानपिनमा उपस्थित थिएनन्।


Party Friend
उक्त दुर्घटना रोड वर रोकेर पर्खिरहेको ट्याक्सी चालकले पनि नजिकबाट देखेको कुरा बुझिन्छ।

दुर्घटना भएको भनिएको रोड
सामान्य नेपालीहरु बिदेशमा केही ठूलो सडक देख्नसाथ हाइवे भन्ने गरे पनि हाइवे वा एक्सप्रेसवे वा टोलरोड बारे बुझ्न जरूरी छ। यि रोडहरुमा उल्लेख गरीएको मोटरगाडी बाहेक अन्य छिर्न नपाउँने भएको कारण पैदल यात्री पनि बाटोमा हिड्न मनाही गरिन्छ। घटना भएको रोड कुनै ठूलो रोड नभइ जलान कामुन्तिंग ४ (दुई-दुई) लेन भएको ट्राफिक लाइट, चौबाटो चोक, जेब्रा क्रसिंग, डिभाइडर भएको मुख्य सडक जस्तो देखिन्छ। सामन्यतया पैदल यात्री ट्राफिक लाइट आफुतिर हरियो भएको समय पेडेस्ट्रेन जोनबाट क्रस गर्ने गरेतापनि ट्राफिक कम भएको समय बिचबाटोबाट पनि बाटो वारपार गर्ने गरेको बुझियो।

Location Address:

Jalan Kamunting

34600 Kamunting
Negeri Perak
Malaysia

सडक दुर्घटना गराउँनेको थिए?
म्याट रेमपिट कोड-नेम मलेसियामा अनैतिक बाइक रेस देखि ड्रग, मारपिट, सडक दुर्घटना गर्ने गराउँने अनैतिक समूहको अपराधिक कृयाकलापसंग सम्बन्ध राख्दछ। गैरकानूनी अनैतिक कृयाकलाप रोक्ने काममा खटिएका स्थानीय प्रहरी र नागरीक समूहसंग पनि समय समय यि समूहको झडप हुनेगरेको समाचार अनलाइन पत्रपत्रिकामा हेर्न पाइन्छ। यि समूहले रातभर बाईकको ठूलो आवाज बनाई हल्ला गरी सडक नियम विपरीत रेस गर्ने क्रममा धेरैको सडक दुर्घटना हुन पुगेको मुद्दा पनि समाचारमा पढ्न पाइन्छ। जापानमा अपराधिक समूह “याकुजा सेन्डिगेट” को सहयोगमा समय समय सक्रिय हुने “बोसोझोक” बाईक र कार समूह जस्तै यिनको संलग्नता मलेसियन तथा अन्तराष्ट्रिय अपराधिक समूहसंग सम्बन्ध रहने गर्दछ।

पिडित – पिडकको अवस्था!
मृत्यु भएका पिडक रोसन मगर नेपाली कामदार भएको र उनी दुई महिना देखि हल्का मलेसियामा नै कामको सिलसिलामा परिचय भएका चौधरी थरका नेपाली कामदारसंग बसोबास गर्ने गरेका थिए। दुर्घटना हुने समय केही अबेर सम्म राति अरु नै बेग्लै समूहका नेपाली कामदारसंग खानपिन गरेको देखिन्छ। उनले त्यस समय केही मादक पदार्थ पनि सेवन गरेका थिए भन्ने भनाई छ।

दुर्घटना स्थलमा उनको शवको प्रकृति देख्नेको भनाई अनुसार टाउको फुटेर रक्ताम्मे अवस्थामा लडेको थियो। हेडलाइट पनि नबालेको पहिले ठोक्किने बाईकले 
लडाएपछि पछि रफ्तारमा आउँने धेरै बाईकले टाउको माथि कुदाएर मृतकको टाउकोको भाग फुटेको अनुमान लगाउँन सकिन्छ। तर प्रहरी रिपोर्ट र हस्पिटलको पोस्ट-मार्टम रिपोर्ट भने आधिकारीक रुपमा बाहिर आएको छैन।  नेपालमा शव पठाउँन अघि कानूनी प्रक्रिया अघि बढाउँन यि आधिकारीक कागजपत्रको मुख्य भूमिका रहनेछ। अहिले सम्म शव कहाँ कसरी राखएको छ भन्ने जानकारी पनि हुन सकेको अवस्था छैन।

बाईक चालकहरु अनैतिक समूह म्याट रेमपिटका सदस्यहरु हुन्। यि समूह भित्र लाइसेन्स नभएका ब्यक्ति देखि पुर्व अपराधिहरु पनि संलग्न हुन्छन्। बाईक लडेर पार्टपुर्जाहरु छरिएको पाइएको र एकजना चालक घाइते भएको हुन सक्ने कुरा दुर्घटना भएपछिको हालत अवलोकन गर्नेहरुको भनाई छ।
अपडेट:
मिति फेब्रुवरी 7, 2019 को पत्र अनुसार मलेसियन एयरलाइन्स MH114 फ्लाइट मार्फत आज फेब्रुवरी 11, 2019 सोमबार राति 10:30 बजे  मलेसियाबाट शव तलको बिवरण अनुसार काठमाण्डौ नेपाल पठाइसकेको जानकारी आएको छ।


मलेसियन कानूनले के भन्छ?
यदि यो अपराधले जालसाझी हत्याको रुप नलिएको खण्डमा मलेसियन ट्रन्सोपोर्ट एक्ट 1987 को सेक्सन 41 (1) को  “लापरवाहीजनक ड्राइभिंगको कारण मृत्यु” भन्ने कानून सक्रिय रहने कुरा कानूनबिदहरुको भनाई छ। यो कानून अनुसार पिडक चालकले धेरै सहुलियत पाउँने देखिन्छ। लापरवाहीजनक ड्राइभिंगको कारण मृत्यु भएमा चालकले 2 देखि 10 बर्ष सम्म जेल सजाय पाउँने र 5 हजार देखि 20 हजार रिन्जिट सम्म हर्जना तिर्नु पर्नेछ। यिनै कारणले पनि मलेसियामा सडक अनैतिक लापरवाहीपूर्ण कृयाकलाप रोक्न नसिएको भनि कानूनबिदहरुबाट कानून संशोधन गर्न माग भईरहेको छ।

तर सबुत प्रमाणको साथ यो लापरवाहीपूर्ण दुर्घटना नभई हत्याको प्रकरण थियो भनि साबित भएमा अपराधिलाई मृत्युदण्ड सजाय हुनेछ।

पिडित रोसन मगरको फेसबुक
Facebook visit link


म्याट रेमपिटले गराएको अन्य दुर्घटनाको दृश्य
Reference Articles:
Wikipedia
Street racing in Malaysia is illegal, as is watching a street race; this is enforced by the Malaysian police. Many streets, roads, highways and expressways in Kuala LumpurPenangJohor Bahru, and other cities or towns in the country have become sites for racing. Among the participants are teenagers driving modified cars or riding motorcycles.
Motorcycle street racers in Malaysia are known in Malay language as Mat Rempit. These Mat Rempit are infamous for their "Superman" stunts and other feats performed on their motorcycles. They are also notorious for their "cilok", a kind of racing in which racers weave in-between moving and stationary traffic at high speed. In addition to doing their stunts and racing around, they have a habit of causing public disorder. They usually travel in large groups and at times raid isolated petrol stations. They can cordon off normal traffic flow to allow their friends race along a predetermined circuit.
Most illegal car racers in Malaysia use modified common cars or bargain performance cars. Some of the commonly used cars include national cars such as the Proton WiraProton SagaProton PerdanaProton SatriaProton Waja, or Japanese cars such as the first-generation Nissan CefiroNissan SilviaMitsubishi Lancer EvolutionSubaru Impreza, the new Nissan GT-RNissan 240SXHonda Integra, and Toyota AE86. High-performance western cars such as Ferrari F430BMW M3 E46, and Porsche Cayman have also been used. Illegal drift racing often takes place on dangerous hill roads such as Bukit TinggiGenting HighlandsCameron Highlands or Teluk Bahang, Penang. Meanwhile, illegal drag racing takes place on expressways such as the Second Link Expressway in Johor Bahru. Illegal racers can be distinguished by their over-modified vehicles which do not follow road regulations in Malaysia.[22]
Meanwhile, on 3 May 2009, the Bukit Aman Traffic Division of the Royal Malaysian Police, together with the Road Transport Department, have once again launched a major integrated operation to crack down on both cars and Mat Rempit motorcycles involved in illegal racing. More than 115 motorcycles were impounded in the major operation which was held simultaneously in Kuala LumpurSelangorPenang and Negeri Sembilan.[23]

News online

PUTRAJAYA: Section 41 of the Road Transport Act 1987 will be reviewed to allow for greater punishments to be imposed on guilty drivers who cause deaths, including introducing a life-long driving ban. Transport Minister Anthony Loke Siew Fook said the maximum imprisonment of 10 years currently imposed was too lax and had no major impact in preventing the offence. "The government view seriously accidents involving deaths and want all parties to give it serious attention. "The maximum sentence is 10 years imprisonment, and in most of the previous cases, the penalties imposed on offenders were less than 10 years jail and without caning ... this should be reviewed including by introducing a life-long driving ban," he told a media conference, here today. Loke said the section which provided for a three-year suspension of the licence for the first offence was also inadequate with the offence committed. He said the ministry would hold further discussions with stakeholders to scrutinise the impact if amendments were made to the section. "While this review is important, it is expected to take a long time because it involves amendments to the act," he added. — Bernama

Mat Rempit Dies, Injures Another Person in Illegal Race


Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___...

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 म...

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap...

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल...

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) ...


Top