🙏 हार्दिक श्रद्धाञ्जली! 🙏 तिम्रो दिवंगत चिर आत्मालाई शान्ति मिलोस्!! मलेसियाको कानून अनुसार चालकले रोडमा लापरबाहीपूर्ण ड्राईभिंग गरेर मान्छे मार्ने अपराध गरे बढीमा बीसहजार रिन्जिट जरिवाना सहित बढीमा दश बर्ष जेल सजाय लाग्छ तर लागूपदार्थ कारोवार तथा सेवन, हत्या र बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गर्छ। त्यसैले म्याट रेमपिट जस्ता अपराधिक गतिबिधिले राति रोड डरलाग्दो छ। पिडित “रोसन” को हुन? मान बहादुरको झापा, दमक नगरपालिका, गोलाटारको गाउँले घरमा पहिला जस्तै उज्यालो वातावरण रहेन। तीन दिदी बहिनी पछि जन्मेका एक मात्र बंश डोर्याउँने २३ बर्षे छोरा अरु नेपाली यूवायूवती झै परदेश मलेसियामा गएर केही धन कमाएपछि घर बसाल्ने सपना बोकेका रोसन मगर पोख्रेल (पासपोर्टको नाम टप बहादुर मगर, उमेर २९ बर्ष) नेपाली एजेन्ट Montage Overseas Pvt Sinamangal, P.O.Box 2618, Kathmandu, Nepal, Company License no: 798/065/066 को दमक शाखा मार्फत मलेसिया पुगेर स्थानीय चाइनिज मलेसियन एजेन्ट मार्फत कामुन्तिङ्ग, पेराक भन्ने ठाउँमा कम्पनीमा काम गर्दथे। तर दुर्भाग्यवंश फेब...