Skip to main content

युवायूवती बयस्क समारोह






नेपालमा पनि युवा यूवती बयस्क समारोह एक राष्ट्रिय दिवस हुनुपर्छ।

युवा यूवती भनेका देशको सूर्य
, तारा, जुन, दियो, बत्ती आदि प्रकाश दिने जस्तै मात्र नभएर हिरामोती पनि हुन। उनीहरु देशका भविष्यका कर्णधार दाजु दिदी, आमा बुबा, हजूरबा हजूरआमा सबै हुन।  डाक्टर हुन, इन्जिनियर हुन, कालिगढ हुन, नेता हुन, प्रधानमन्त्रि एवं राष्ट्रपति पनि हुन। यो कुरा धेरैले बुझेसुझेका छन्।

तर बुझेर पनि नबुझे झैं गर्ने, देखेर पनि नदेखे झैं गर्ने, सुनेर पनि नसुने झैं गर्ने देशका जिम्मेवार अधिकारीहरु, नेतृत्वबर्ग र सरकार मानौं यिनीहरु निक्को स्राइनका तीन बुद्धिमानी बाँदरहरु मिजारु, किकाजारु, युवाजारु
हुन जसले आफ्नो फाइदाको लागि उल्टो हर्कत देखाउँछ।

देश बिदेश लगायत जापानमा बर्षेनी क्यालेण्डरमा सार्वजनिक रुपमा बयस्क समारोह उल्लेख गरेर देश
, प्रदेश, सीटी, गाउँघर सबै तहमा २० बर्ष पुगेका नव युवा यूवतीहरुलाई सही मार्गदर्शन दिन “युवायूवती बयस्क दिवस” आयोजना गर्ने गरिन्छ। यसलाई अंग्रेजीमा Coming of Age Day र जापानीमा 成人の日(सेइजिन नो हि) पनि भनिन्छ। यसरी सिंगो राष्ट्रले उर्जाशील उमेरका नव युवा यूवतीहरुलाई उत्प्रेरणा सहित मार्गदर्शन प्रदान गर्नु ब्यक्तिको लागि मात्र होइन, सिंगो राष्ट्रका लागि पनि पहिलो ठूलो महत्वपूर्ण लगानी हुने कुरामा कसैले नकार्न सक्दैन।

कुनै पनि कार्य सही ढंगले सम्पन्न गर्न
Time, Person, Material जस्ता मुख्य स्रोतहरुको (TPM management) कौशलतापूर्वक ब्यवस्थापन हुन अति आवश्यक छ। युवा यूवती भनेका देशका लागि यि तीनै आधारभूत स्रोतहरुको पनि आधार हुन जसको अपुगले देशको अस्तित्व नै नामेट रहने संभावना रहन्छ। त्यसैले होला बिकास सम्पन्न देशहरुमा यो कुराले औपचारिक तथा ब्यवहारीक मान्यता पाउँदा पनि बिकासोन्मुख देशका युवा यूवतीहरु भने यो अवसरबाट बञ्चित रहनु परेकोछ।


नेपालको यही स्थितिलाई तिखो आलोचना गर्दै सचेत हाँस्यकलाकार (कमेडियन) मनोज गजुरेल भन्छन् – “नेपाल मे पानी, नानी और जवानी रह नही पाई!” उनको यो हसाउँने शब्दसंगै नेपालबाट बर्षेनी धेरै युवायूवातीहरु रोजगारको सिलसिलामा ताँति लागेर बिदेश पलायन हुने वास्तविकताले मुटु च्वाँस्स छुन्छ। ब्यवहारीक सीप, सही मार्गदर्शन र अवसर पाउँनुबाट बञ्चित नेपाली युवा युवतीहरुले राष्ट्रलाई धेरै योगदान दिन नसक्नुमा यो एउटा मुख्य कारण हो।

 देश अनुसार १८ बर्ष देखि २० बर्ष उमेर पुगेका नवयुवा नवयूवतीहरु कानूनी तथा सामाजिक रुपमा बयस्क भएको मान्यता पाउँने गर्छन्। आफुलाई नेतृत्व दिने राजनीतिक निर्वाचनको समय भोट दिने अधिकार देखि सम्पत्ति आफ्नो नाममा जोड्ने बेच्ने अधिकार पनि पूर्ण रुपमा प्राप्त हुन्छ। कतिपय आफ्ना अभिभावकबाट अलग भएर एकल जीवन यापान गर्न लागिपर्ने गर्छन्। यो उमेर पुगेका ब्यक्तिलाई कानूनत अभिभावकको संरक्षण आवश्यक पर्दैन। कतिपय ब्यक्तिहरु अन्य सामान्य ब्यक्ती सरह निर्धक्क मादक पदार्थ र धुम्म्रपान किनमेल र सेवन गर्न थाल्छन्। ज्ञातरहोस्, प्रत्येक अधिकारसंगै निश्चित जिम्मेवारी पनि सगै आउँने गर्छ। यो उमेर समूहका ब्यक्तिहरु कानूनत आफुले गरेको अपराध उपर आफै पूर्ण रुपमा जवादेही हुने छन्।

#बयस्कसमारोह  #बयस्कदिवस  #ComingOfAgeDay #AdultDay, #AdultCeremony  #Responsibility  #Rights  #新成人の日   #成人式

नोटः
1.       🙈 मिजारु (SEE-NO-EVIL MONKEY जसले नराम्रो कुरो हेर्दैन),
2.      🙉 किकाजारु (HEAR-NO-EVIL MONKEY जसले नराम्रो कुरो सुन्दैन),
3.      🙊 युवाजारु (SPEAK-NO-EVIL MONKEY जसले नराम्रो कुरा बोल्दैन)

Above photo sources:
1. Adult Ceremony Buzzfeed News

2. Seijin Shiki, Fukuoka City News

Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 मिलीलीटर पानीमा चाहिने मात्रामा साइट्रिक एसिड मिश्रण गर्नुहोस्।   F ラムネのびんに

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) भनिन्छ। त्यसैले जा

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल दरमा फ्लाइट itinerary द


Top