Skip to main content

हलुवाबेद



जापानीज भाषा सिकाउँने गुरुले खाकी सारु-कानीको कथा सुनाए। हिरागानाबाट लेखिएको यो कथा भर्खरै जापानीज भाषा सिक्‍न शुरु गरेका हाम्रा लागि एकै प्रयासमा दुबै हातमा लड्डुको सट्टा हलुवाबेद परेको थियो। हामीले त्यस दिन यो कथाको पात्र सारु (बाँदर) र कानी (गंगटो) बनेर मञ्‍चन पनि गरेका थियौं। नाटकमा प्रयोग भएका आकि (शरद ऋतु)समय खान ठिक हुने खाकी (हलुवाबेद) खाजा स्वरुप सहभागीले खाए। गोचुस्योसमा– कानीसान।



निष्ठुरी अदुरदर्शी बाँदरले आफ्नै साथीलाई दिएको धोका र चोटको मर्मले मलाई गंगटो प्रति दया जागेर आयो। बाँदर मान्छेको बिकासक्रममा नजिकको जनावर भएर पनि कथाबस्तुमा भने धेरै जसो ठाउँमा भिलेनको रुपमा प्रस्तुत गरिन्छ। त्यसैले मान्छेले अनैतिक चकचके ब्यबहार देखायो भने “बाँदर” जस्तो भनेर गाली गर्ने चलन संसारको कुनाकुना सम्म पनि चल्दोरहेछ। अब यहाँ नेपालमा जंगली रुपमा फल्नेगरेका हलुवाबेदका बोटबिरुवाहरुको बिऊ पनि नहुने गरी मास्‍ने मान्छेहरुलाई बाँदर भनेर सम्बोधन गरी राख्‍न पर्दैन।



नेपालमा छदाँ बिरलै मात्रमा जंगली हलुवाबेद खाने गरिन्थ्यो। जापानमा भने "खाकी" शरद ऋतु शुरु हुनासाथ थरी थरीका ठाउँ ठाउँबाट बजारमा आइपुग्छ। प्राकृतिक देन भएता पनि कृत्रिम मानविय सीप बुद्धि तथा मिहेनत लगाएर फलाएको हलुवाबेदको स्वाद महको भन्दा कम गुलियो हुदैन। रंग आकार प्रकार स्वाद र गेडा भएको नभएको आदि हिसाबले खाकीले स्थानिय उपभोक्ता बिच मूल्य र मान्यता पाएको देखिन्छ। तर अरु फलफूलको तुलनामा खाकीको मूल्य साधरणत सस्तै पर्न आउँछ।


चीन, कोरिया, जापानमा प्राकृतिक रुपमा फल्ने हलुवाबेदले यहाँको परम्परागत संस्कृतिमा निकै ठूलो प्रभाव पारेको छ। हलुवाबेद प्राकृतिक रुपमै अति गुलियो फल भएकोले धेरैको मन जित्न सफल भएकै होला डिजर्ट देखी खाजा सम्म खाइने गरिन्छ। यसलाई सुकाएर पछि सम्म खानको लागि जोगाउँन पनि सकिन्छ। चीन, जापान, कोरियाका धेरै जनमानसमा हलुवाबेदका बारेमा कथा रटुक्काहरु पनि सुनिन्छ। हलुवाबेदलाई आधुनिक बायोटेक्‍नोलोजी प्रयोग गरेर बिऊ रहित बिकासे ठूला, गुलियो, बढी फल उत्पादन हुने गरी खेती गरेको पाइन्छ। नेपालमा भने हलुवाबेद मात्र होइन, धेरै जसो प्राकृतिक रुपमा पाइने फलफूलहरुको बिऊ पनि पाउँन नसक्‍ने गरी नाश हुने अवस्थामा छ। एशिया बाहिर स्पेन, ब्राजिल, अमेरिका पनि हलुवाबेदको खेति गरिन्छ।



कार्बोहाइड्रेड, सुगर, भिटामिन ए, सी, म्याग्नेसियम, पोटासियम, फोसफोरस, क्यालिसियम प्रचुर मात्रमा पाइने यो फल धेरै जसो देशहरुमा डिजर्ट र सलादको रुपमा बढी प्रयोग हुन्छ। प्राकृतिक रुपमै सुगरको मात्रा बढी पाइने भएकोले सुगर समस्याबाट पिडितले भने हलुवाबेद सिमित मात्रमा खानुपर्छ। नपाकेको फल तितो तर्रो हुने भएकोले खान लायक हुदैन। संसारमा सबै भन्दा बढी हलुवाबेद उत्पानद गर्ने देश चीन हो। हलुवाबेदको मूल्य गुणस्तर र समय अनुसार फरक फरक पर्छ। तरपनि अरु फलफूलको तुलनामा हलुवाबेदको मूल्य साधरणत सस्तै पर्न आउँछ।

कथाको सारांश
प्राय साना नानीहरुलाई सुनाइने नैतिक एवं ब्यवहारीक शिक्षा प्रदय सारु-कानी दन्ते कथाले तत्काल फाईइदाको लागि मात्र होइन, पछि आउँने भविष्य सम्मको लागि सोचेर सबै एक आपसमा परिपुरक भएर काम गर्नुपर्छ - भन्ने मेसेज दिन खोजेको छ। कानीसानको जस्तो बुद्धि र मिहेनत। सारुको जस्तो रूख चढेर काम गर्नसक्ने सीप क्षमता । फुटेर होइन, जुटेर एक भएर काम गर्न सके मात्र कार्यमा सफल हुन सकिन्छ । सारुले जस्तो आफै मात्र सोचेर अरुलाई दुःख  दिए, समाजका सबैले तिनलाई जस्तो शिक्षा दिएर दायारामा ल्याउँनु पर्छ - भन्ने मान्यता यहाँको समाजिक परिपाटीमा अझै पनि जीवित रहेको छ।



#カキ #persimmon  #हलुवाबेद

सारु कानी गाच्सेन - पुरा कथा (युउट्यूब भिडियो) 



For English version story:

शब्दवालीः

  • खाकी 柿 ( हलुवाबेद)
  • आकी 秋 (शरद ऋतु)
  • सारु 猿 (बाँदर)
  • कानी かに (गंगटो)
  • गोचुस्योसमा  ごちそうさま (भोजनको लागि धन्यबाद)
  • सान さん (जी, हजुर)
  • हाची 蜂 (माहुरी) 
  • कुरी 栗 (ठूलो कटुस) 
  • उसु うす (ओखललाई मान्छेको रुपमा लिएको) 
  • उसीनो फुन 牛のふん (गाईको गोबर) 
  • गाच्सेन 合戦 (लडाई)
  • हिरागाना  ひらがな (जापानीज सरल अक्षरका बर्णमाला अक्षर) 
  • फुरिगाना 振り仮名 (कातागाना वा हिरागाना अक्षरले लेखिने चिनिया अक्षर खाञ्‍जी को सरल शब्दहरु)

Comments

यो पनि हेर्नुस्ः

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___

सक्कली जापानीज रामुने आफैले सजिलै बनाउँनुस 簡単オリジナルラムネ

   गर्मी मौसमको प्यास मेट्ने  रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ।   यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ।  सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो।   材料 सामाग्री ( १ बोटलको लागि ) l   ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l   重曹 खानेसोडाः 1.5 g l   粉砂糖 धुलो चीनीः 11 g l   クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l   मनपर्ने फलफूलको रस, मिन्ट l   水 पिउने पानी     簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस्   F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्।   F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 मिलीलीटर पानीमा चाहिने मात्रामा साइट्रिक एसिड मिश्रण गर्नुहोस्।   F ラムネのびんに

花まつりー हानामाचुरी

  #हानामाचुरी (#花まつり)ढकमक्क फूल फुल्ने "बसन्त ऋतु" जापानीमा भन्दा 春(Haru) यामको अप्रिल ८ महिनामा पर्छ।  शान्तिको ज्योति फैलाउने गौतमबुद्धलाई आदर सम्मान गर्न सांकेतिक रुपमा यो दिनलाई "बुद्ध जयन्ती" भनेर मानिएको हुनुपर्छ। यो समय साकुरा, ट्यूलिप, कमल धेरै जसो विभिन्न थरी फूलहरुले जापानको डाडाकाडाँ नै ढकमक्क हुनेगर्छ। हानामाचुरी शब्द आफैले "फूलहरुको पर्व"  भनेर अर्थ लाग्ने भएकोले होला यो समय विशेष पार्क गार्डेनहरुमा साकुरा लगायत विभिन्न खाले फूलहरु प्रर्दशन गरिने इभेन्ट पनि आयोजना हुने गर्छ। प्रकृतिले लिने नव स्वरुपले झै यो समय जापानमा नयाँ कुराको थालनी गर्ने चलन छ। विधालय कलेजको भयाँ भर्ना सेसन देखि ब्यापार ब्यबसायको हिसाब अवधि पनि यही महिनाबाट शुरु गरिन्छ।साकुरा(桜) फूलको मनोरञ्जन लिदै फूल हेर्न भनि गरिने ईभेन्ट कार्यक्रमलाई भने "हानामी (#花見)"  भनिन्छ। झण्डै उस्तै सुनिने गरम बिदा एवं बिशेष इभेन्टको समय आयोजना गरिने "फायरवर्क" लाई भने "हानावी( #花火)" भनिने गरिन्छ। जापानको #बुद्धजयन्ती बारे विशेष जानकारी लिन यहाँ जानुस ः  全日本仏教会(Jap

जापानी प्रहरीले पक्राउ गरे के गर्ने ?

  मलाई प्रहरीले पक्राउ गर्ला - भनि एक सामान्य ब्यक्तिले सोचेको हुदैन। तर बद्लिदो घडीपल्लासँगै आइलाग्ने परिस्थितिको परिवन्धले धेरैलाई अछुतो राख्न सक्दैन। भलै संयमित भएमा यि घटना टार्न सकिने संभावना पनि होला। बिदेशमा झन आफ्नो खुट्टा कतिको कमजोर ठाउँमा परेको छ – भन्ने वास्तविकता धेरैलाई थाहै हुदैन। केही समय यता नेपालीको आगमन संख्या ह्वात्त बढ्ने क्रममा जापान प्रहरीले पक्राउगरी हिरासत थुनामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रति दिन बढ्दो छ। यहाँको भाषा संस्कृतिको गहिराई बुझ्न नसकेर होस वा नियम कानूनको पालना गर्नबाट चुकेर होस – प्रहरीको फन्दामा परिने संभावना धेरैलाई रहन्छ।   औषधी खाएर निको बन्न खोज्नु भन्दा रोग लाग्नबाट जोगिनु बुद्धिमत्ता हो – भने झै प्रहरीले पक्राउ गरेर हिरासतमा राखी जोखिमपूर्ण कार्वाहीमा परिनु भन्दा   पक्राउ परिने संभावित कारणहरुबाट संयमित भएर जोगिनु ठूलो कुरा हो।   ताईहो सुरुः जापानीज भाषामा पक्राउ गर्नुलाई ताइहो ( 逮捕 :Arrest) , हिरासतमा राखिनुलाई कोर्यूउ ( 勾留 :Detention) र लागेको आरोप उपर कानूनी कार्वाही गरिनुलाई किसो ( 起訴 :Prosecution) भनिन्छ। त्यसैले जा

बोर्डिंगपास बिना उड्न नपाउँदा

  सकसको पृष्ठभूमी ३ बर्ष यता कोरोनाको महामारीले विश्वमा धेरैको ज्यान मात्र लिएन। सर्वसाधरण सबैलाई वरिपरी हिडडुल गर्न देखि टाडा उडेर जान पनि बन्देज लगायो। २ महिना   अघि मात्र तीन पटक कोरोना बिरुद्ध भ्याक्सिन लिइसकेको प्रमाणपत्र “भ्याक्सिन पासपोर्ट” भए मास्क सहित उड्न सकिने नियमले विश्वमा हवाईयात्रा सजिलो हुदै जाने महशुस हुन थाले पछि मैले पनि तुरुन्त दशै तिहार ताका पार्ने गरी अनलाईन तथा फोन मार्फत फ्लाइट टिकट हण्ट शुरु गरे।   धेरै जसो एयरलाइन्सको नियमित फ्लाइट अझ शुरु नभइसकेको अवस्थामा आफुले चाहेको दिन समय तथा सरदरमा टिकट पाउँन मुश्किल थियो। नेपाल जाने ध्वाजावाहक नेपाल एयरलाइन्सको २ महिना अघिको बुकिंग पनि १७ मान भन्दा घटीमा पाउँन सकेको थिइन।     अनलाइन बिजनेसको युग कोरोना महामारीले अनलाइन बिजनेसको उचाई संसारमा बढेको यो समय सम्बन्धित एयरलाइन्स भन्दा पनि ए आई सर्च प्रविधि प्रयोग गरी केही भएपनि सरल दरमा विश्वभर बुकिंग टिकटिंग सेवा उपलब्ध गराउँने Skyscanner.net, Trip.com, Trivago, Skygate अनलाइन ट्राभरल एजेन्सी मेरो लागि आँखाको तारो बन्यो। यस मध्ये अझ केही सरल दरमा फ्लाइट itinerary द


Top