जापानीज भाषा सिकाउँने गुरुले खाकी सारु-कानीको कथा सुनाए। हिरागानाबाट लेखिएको यो कथा भर्खरै जापानीज भाषा सिक्न शुरु गरेका हाम्रा लागि एकै प्रयासमा दुबै हातमा लड्डुको सट्टा हलुवाबेद परेको थियो। हामीले त्यस दिन यो कथाको पात्र सारु (बाँदर) र कानी (गंगटो) बनेर मञ्चन पनि गरेका थियौं। नाटकमा प्रयोग भएका आकि (शरद ऋतु)समय खान ठिक हुने खाकी (हलुवाबेद) खाजा स्वरुप सहभागीले खाए। गोचुस्योसमा– कानीसान। निष्ठुरी अदुरदर्शी बाँदरले आफ्नै साथीलाई दिएको धोका र चोटको मर्मले मलाई गंगटो प्रति दया जागेर आयो। बाँदर मान्छेको बिकासक्रममा नजिकको जनावर भएर पनि कथाबस्तुमा भने धेरै जसो ठाउँमा भिलेनको रुपमा प्रस्तुत गरिन्छ। त्यसैले मान्छेले अनैतिक चकचके ब्यबहार देखायो भने “बाँदर” जस्तो भनेर गाली गर्ने चलन संसारको कुनाकुना सम्म पनि चल्दोरहेछ। अब यहाँ नेपालमा जंगली रुपमा फल्नेगरेका हलुवाबेदका बोटबिरुवाहरुको बिऊ पनि नहुने गरी मास्ने मान्छेहरुलाई बाँदर भनेर सम्बोधन गरी राख्न पर्दैन। नेपालमा छदाँ बिरलै मात्रमा जंगली हलुवाबेद खाने गरिन्थ्यो। जापानमा भने "खाकी" शरद ऋतु शुरु हुना