पिपलबोटे कान्छीले बरबोटे साइली विरूद्द गाउँमा उजुरी गरी । गाउँभरीका मान्छेहरू सयौंको संख्यामा भेला भए । पिपल बोटे कान्छीको आरोप बरबोटे साइलीलाई यस्तो थियो -'सामान्य भनाभन भइरहेको थियो । एक्कासी बरबोटे साइलीले पेटिकोट सारेर मलाई उसको गुप्तांग देखाइदिई । बरोबोटे साइलीलाई सजाएँ होस् । न्याए नपाएसम्म म यसलाई त्यसै छोड्ने छैन ।' यसरी ऊ चर्कि चर्कि न्याए माग्न थाली ।
गाउँलेहरू अचम्ममा परे । ऊनिहरू एक अर्कामा मुखामुख गर्न थाले ।
अरू वेलाको जस्तै समाज पक्ष विपक्षमा विभाजित भयो ।
पिपलबोटे कान्छी पक्षकाले बरबोटे साइलीलाई दन्ड गर्नै पर्ने भनेर ठूल्ठूलो आवाजमा बहस गर्न थालेपछि बरबोटे साइली पक्षकाले भने - अरूलाई त्यसै आरोप लगाउन पाइन्छ ? कसरी देखाउँछे बरबोटे साइलीले आफ्नो गुप्तांग आफै ? लाज लाग्दैन त्यसो गर्न ? नहुने कुरा गर्नुहुन्छ ? तपाई देखाउन सक्नुहुन्छ ? कसरी देखाइ ल भन्नुहोस् त ? कसरी देखाई ?
विपक्षीले कसरी देखाई कि कसरी देखाई भने पछि पिपलबोटे कान्छीको रिसले पारो तातेर आयो । अब कसरी देखाई भन्नु ? एकछिन संकोच मानी तर विपक्षीले कसरी देखाई भनेर निरन्तर प्रश्न गरिरहे पछि ऊसको दिमागले ठाऊँ छोड्यो । ऊ बरबोटे साइलीले उसलाई गुप्तांग देखाएको दृष्यमा पुगी । त्यसपछि पिपलबोटे कान्छीले सारा समाजको अघि ठीक बरबोटे साइलीले उसलाई देखाए जसरी नै आफ्नो पेटिकोट सारेर यी यसरी देखाई l सारा समाजले मुन्टो निहुर्यायो । लाजले सबैले आँखा छोपे ।
त्यसपछि गाउँको ठूलोबडो मान्छेले पिपलबोटे कान्छीलाई हकार्दै भन्यो - 'तँलाई छौंडा, उसले त तँलाई मात्र देखाई होला । तर तैंले त सारा गाऊँलेलाई देखाइस् । कारबाही उस्लाई होइन तँलाई हुन्छ अब ।'
यसरी पिपलबोटे कान्छीले आफूले बोलाएको समाजबाट आफै लज्जित र दण्डित हुनुपर्यो ।
👉अहीले निशान र बुद्दलाई आधार बनाएर दुबै पक्षका एक दुई झ्यासहरूले जातिय सद्भाव भड्काउने हिसाबले लेखेका गन्धे स्टाटसहरू आफ्नो वालमा प्रश्नको रूपमा सेयर गरेर अरू मान्छेहरू पनि पिपलबोटे कान्छी हुन खोज्दैछन् । समाजमा नराम्रो असर पार्ने गलत कुरालाई इग्नोर गर्न सिकौं । पुरै वेवास्ता गरौं । आफ्नो फ्रेन्ड लिस्टमा भए ती कसिंगरहरूलाई टिपेर फालौं । तर ऊनिहरूका कुरालाई महत्व दिंदै सेयर नगरौं ।
स्रोतः नीरा शर्मा, फेसबुक

Comments
Post a Comment
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।