Skip to main content

Posts

Showing posts from October, 2017

दिपावली लक्ष्मी पूजा

卐 लक्ष्मी पूजा आरधना 卐 ============= हे लक्ष्मी माता, म तिमीलाई आज, फूलमाला अगरबत्ती चढाऊँ। नारीलाई यसै गरी,  सम्मान सधै बढाऊँ। म गरीब बहादुरलाई, धन बहादुर बनाऊँ। जय माता लक्ष्मी।

लघुकथा: संवेदनशील मुद्दा

पिपलबोटे कान्छीले बरबोटे साइली विरूद्द गाउँमा उजुरी गरी । गाउँभरीका मान्छेहरू सयौंको संख्यामा भेला भए । पिपल बोटे कान्छीको आरोप बरबोटे साइलीलाई यस्तो थियो -'सामान्य भनाभन भइरहेको थियो । एक्कासी बरबोटे साइलीले पेटिकोट सारेर मलाई उसको गुप्तांग देखाइदिई । बरोबोटे साइलीलाई सजाएँ होस् । न्याए नपाएसम्म म यसलाई त्यसै छोड्ने छैन ।' यसरी ऊ चर्कि चर्कि न्याए माग्न थाली । गाउँलेहरू अचम्ममा परे । ऊनिहरू एक अर्कामा मुखामुख गर्न थाले । अरू वेलाको जस्तै समाज पक्ष विपक्षमा विभाजित भयो । पिपलबोटे कान्छी पक्षकाले बरबोटे साइलीलाई दन्ड गर्नै पर्ने भनेर ठूल्ठूलो आवाजमा बहस गर्न थालेपछि बरबोटे साइली पक्षकाले भने - अरूलाई त्यसै आरोप लगाउन पाइन्छ ? कसरी देखाउँछे बरबोटे साइलीले आफ्नो गुप्तांग आफै ? लाज लाग्दैन त्यसो गर्न ? नहुने कुरा गर्नुहुन्छ ? तपाई देखाउन सक्नुहुन्छ ? कसरी देखाइ ल भन्नुहोस् त ? कसरी देखाई ? विपक्षीले कसरी देखाई कि कसरी देखाई भने पछि पिपलबोटे कान्छीको रिसले पारो तातेर आयो । अब कसरी देखाई भन्नु ? एकछिन संकोच मानी तर विपक्षीले कसरी देखाई भनेर निरन्तर प्रश्न गरिरहे पछि ऊसको दिम


Top