एउटा मुसा किसानको घरमा दुलो बनाएर बसेको रहेछ । एकदिन मुसाले देखेछ कि किसान र उसको पत्निले झोलाबाट केही निकालीरहेको छ , मुसाले सोचेछ केही खानेकुराको सामान होला । उत्सुकतावस नियाल्दा खेरी उसले देख्यो कि त्यो एउटा मुसा मार्ने मुसादानी रहेछ । खतराको महसुस गरेर उसले पछाडी गएर परेवालाई बतायो कि घरमा मुसा मार्ने मेसिन आइसकेसकेको छ । ... परेवाले मजाक उडाउदै भनेछ कि मलाई के को टेन्सन ? म थोरै न त्यसमा फस्छु । निराश मुसाले यो कुरा भालेलाई बतायो । भालेले खिल्ली उडाउदै भनेछ , जा ! भाइ यो मेरो समस्या होइन । फेरि हतास मुसाले गोठ मा गएर खसीलाई गएर यो कुरा बताएछ । र खसी पनि हाँस्दै खिल्ली उडाउन थालेछ , त्यही रातमा मुसा मार्ने त्यो मेसिनमा खटक खटक आवाज आयो । जसमा एउटा विषालु सर्प फसेको रहेछ । अँध्यारोमा मुसा सम्झेर त्यसको पुच्छरलाई किसानको पत्निले निकाल्दा सर्पले उनलाई डस्न पुगेछ । स्वास्थ्य खराब भएपछी किसानले वैधलाई बोलाए , वैधले उनलाई परेवाको सुप पिलाउनको लागि सल्लाह दिए । परेवा अब भाँडामा उम्लिरहेको थियो । खबर सुनेर किसानको कयौ नातेदारहरु पनि भेट्न भनी आए । ...